सामग्रीमा जानुहोस्

मायादेवी गाउँपालिका, कपिलवस्तु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मायादेवी गाउँपालिका, कपिलवस्तु
सिसहानिया कोट, कपिलवस्तु
सिसहानिया कोट, कपिलवस्तु
मायादेवी गाउँपालिका, कपिलवस्तु मा पर्दछ लुम्बिनी प्रदेश
मायादेवी गाउँपालिका, कपिलवस्तु
लुम्बिनी प्रदेशको नक्सामा मायादेवी गाउँपालिका, कपिलवस्तुको अवस्थिति
मायादेवी गाउँपालिका, कपिलवस्तु मा पर्दछ नेपाल
मायादेवी गाउँपालिका, कपिलवस्तु
मायादेवी गाउँपालिका, कपिलवस्तु (नेपाल)
निर्देशाङ्क: २७°३६′२२″N ८२°४६′२१″E / 27.606153°N 82.772618°E / 27.606153; 82.772618
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाकपिलवस्तु
स्थापित२७ फागुन २०७३
सरकार
 • अध्यक्षबलिउद्दीन मुसलमान (नेपाली काङ्ग्रेस)
 • उपाध्यक्षसरस्वती यादव (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा८८.५३ किमी (३४.१८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा५५,९७२
 • घनत्व६३०/किमी (१६००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-७६
केन्द्रसाविक पकडी गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

मायादेवी गाउँपालिका, कपिलवस्तु कपिलवस्तु जिल्लाका ४ वटा गाउँपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका पकडी, अभिराव, फुलिका, पिपरा, बलुहवा, डुमरा, हरानामपुरबिजुवा गाविसहरू यसमा गाभिएका थिए।

रानी मायादेवीले गौतम बुद्ध भगवानलाई लुम्बिनीमा जन्म दिनुभएकोले गाउँपालिकाको मायादेवी नाम राखिएको स्थानीयहरूको मान्यता छ। मायादेवी गाउँपालिकाको वडा नं. ७ मा पुरातात्विक महत्त्वको करमहवामाकोट छ। त्यस्तै मायादेवी गाउँपालिकाको वडा नं. ५ मा ऐतिहासिक तथा धार्मिक सिसहनियाकोट रहेको छ। गाउँपालिकामा उर्दु भाषाको महिला कलेज रहेको छ। उत्पादनको हिसावले व्यवसायिक बाख्रापालन, गाईपालन, माछापालन तथा गहुँधान जस्ता उत्पादनमा गाउँपालिका पहिलो स्थानमा छ। मायादेवी गाउँपालिकाको उत्पादनले मात्र जिल्लालाई धान्न सक्ने उत्पादनहरू उब्जाउने खुबी राख्दछ।[]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मायादेवी गाउँपालिका, कपिलवस्तुको कुल जनसङ्ख्या ५५,९७२ रहेको छ भने यहाँ ८,४४३ घरधुरी रहेका छन्।[]

भौगोलिक अवस्थिति

[सम्पादन गर्नुहोस्]

मायादेवी गाउँपालिकाको पश्चिम दिशामा यशोधरा गाउँपालिकाकपिलवस्तु नगरपालिका पर्दछन। गाउँपालिकाको पूर्वमा शुद्धोधन गाउँपालिका पर्दछ। मायादेवीको दक्षिण भागमा उत्तर प्रदेश भारतको अलिगढवा पर्दछ भने उत्तर दिशामा बाणगंगा नगरपालिका रहेको छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्‍त्रालय", अन्तिम पहुँच १७ अप्रिल २०२० 
  5. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्‍त्रालय, अन्तिम पहुँच १७ अप्रिल २०२० 


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]