विश्व सम्पदा समिति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
युनेस्कोको विश्व सम्पदा समितिको लोगो

विश्व सम्पदा समिति ती महत्त्वपूर्ण स्थलहरूको चयन गर्दछ जसलाई युनेस्कोको विश्व सम्पदा क्षेत्रको रूपमा सूचीवद्ध गर्न सकियोस । यो विश्व सम्पदा सभाको कार्यान्वयनको लागि जिम्मेवार संस्था हो । यस समितिले विश्व धरोहर कोषको प्रयोगलाई परिभाषित गर्नुका साथै राष्ट्र दलहरूको अनुरोधमा वित्तीय सहायताको आवंटन गर्ने गर्दछ । यसको गठन २१ राष्ट्र दलहरू[१] सँग सहकार्यमा हुन्छ, जसको चुनाव राष्ट्र दलहरूको महासभाद्वारा चार वर्षको कार्यकालको लागि हुने गर्छ।[२]

विश्व सम्पदा सभाको नियमानुसार समितिको सदस्य राष्ट्रको कार्यकाल ६ वर्षको लागि हुन्छ, तर कतिपय राष्ट्र दल स्वेच्छाले मात्रै चार वर्षको लागि समितिको सदस्य बन्न स्वीकार गर्छन जसले अन्य अर्को राष्ट्र दलहरू पनि यस समितिको सदस्य बन्न मौका पाउन सकोस ।[२] उदाहरणको लागि, १५औं महासभा (२००५) को लागि निर्वाचित सबै सदस्य राष्ट्रले स्वेच्छाले आफ्नो कार्यकाल ६ वर्षबाट घटाएर ४ वर्ष गर्ने निर्णय गरेको थियो ।[२]

सत्रहरू[सम्पादन गर्नुहोस्]

विश्व सम्पदा समितिले वार्षिक रूपमा एक पटक वर्तमान विश्व सम्पदा क्षेत्रहरूको व्यवस्थापनको लागि छलफल गर्ने गर्दछ र साथै राष्ट्रहरूबाट प्राप्त हुने नामाङ्कन लिने गर्दछ ।[२]

सत्र[३] वर्ष मिति आयोजक शहर राष्ट्र दल
१९७७ २७ जुन–१ जुलाई पेरिस  फ्रान्स
१९७८ ५ सेप्टेम्बर–८ सेप्टेम्बर वासिङ्टन, डी.सी.  संयुक्त राज्य अमेरिका
१९७९ २२ अक्टोबर–२६ अक्टोबर कायरोलुक्सोर  इजिप्ट
१९८० १ सेप्टेम्बर–५ सेप्टेम्बर पेरिस  फ्रान्स
१९८१ २६ अक्टोबर–३० अक्टोबर सिड्नी  अस्ट्रेलिया
१९८२ १३ डिसेम्बर–१७ डिसेम्बर पेरिस  फ्रान्स
१९८३ ५ डिसेम्बर–९ डिसेम्बर फ्लोरेन्स  इटाली
१९८४ २९ अक्टोबर–२ नोभेम्बर ब्युनस आएर्स  अर्जेन्टिना
१९८५ २ डिसेम्बर–६ डिसेम्बर पेरिस  फ्रान्स
१० १९८६ २४ नोभेम्बर–२८ नोभेम्बर पेरिस  फ्रान्स
११ १९८७ ७ डिसेम्बर–११ डिसेम्बर पेरिस  फ्रान्स
१२ १९८८ ५ डिसेम्बर–९ डिसेम्बर ब्रसिलिया  ब्राजिल
१३ १९८९ ११ डिसेम्बर–१५ डिसेम्बर पेरिस  फ्रान्स
१४ १९९० ७ डिसेम्बर–१२ डिसेम्बर बान्फ  क्यानडा
१५ १९९१ ९ डिसेम्बर–१३ डिसेम्बर कार्थेग  ट्युनिसिया
१६ १९९२ ७ डिसेम्बर–१४ डिसेम्बर सन्टा फे  संयुक्त राज्य अमेरिका
१७ १९९३ ६ डिसेम्बर–११ डिसेम्बर कार्टागेना  कोलम्बिया
१८ १९९४ १२ डिसेम्बर–१७ डिसेम्बर फुकेट  थाइल्याण्ड
१९ १९९५ ४ डिसेम्बर–९ डिसेम्बर बर्लिन  जर्मनी
२० १९९६ २ डिसेम्बर–७ डिसेम्बर मेरिडा  मेक्सिको
२१ १९९७ १ डिसेम्बर–६ डिसेम्बर नप्लेस  इटाली
२२ १९९८ ३० नोभेम्बर–५ डिसेम्बर क्योटो  जापान
२३ १९९९ २९ नोभेम्बर–४ डिसेम्बर मर्राकेच  मोरक्को
२४ २००० २७ नोभेम्बर–२ डिसेम्बर केन्स  अस्ट्रेलिया
२५ २००१ ११ डिसेम्बर–१६ डिसेम्बर हेलसिन्की  फिनल्यान्ड
२६ २००२ २४ जुन–२९ जुन बुडापेस्ट  हङ्गेरी
२७ २००३ ३० जुन–५ जुलाई पेरिस  फ्रान्स
२८ २००४ २८ जुन–७ जुलाई सुझाउ  चीन
२९ २००५ १० जुलाई–१७ जुलाई डरबन  दक्षिण अफ्रिका
३० २००६ ८ जुलाई–१६ जुलाई भिलनियस  लिथुआनिया
३१ २००७ २३ जुन–१ जुलाई क्राइस्टचर्च  न्युजिल्यान्ड
३२ २००८ २ जुलाई-१० जुलाई क्युबेक सिटी  क्यानडा
३३ २००९ २२ जुन-३० जुन सेभिल्ले  स्पेन
३४ २०१० २५ जुलाई-३ अगस्ट ब्रसिलिया  ब्राजिल
३५ २०११ १९ जुन-२९ जुन पेरिस  फ्रान्स
३६ २०१२ २५ जुन-५ जुलाई सेन्ट पिटर्सबर्ग ढाँचा:Country data रसिया
३७ २०१३ १७ जुन-२७ जुन नहोम पेन  कम्बोडिया
३८ २०१४ १५ जुन-२५ जुन दोहा  कतार
३९ २०१५ २८ जुन-८ जुलाई बोन  जर्मनी

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. According to the UNESCO World Heritage website, states parties are countries that signed and ratified The World Heritage Convention. As of November 2007, there are a total of 185 state parties.
  2. २.० २.१ २.२ २.३ "The World Heritage Committee", UNESCO World Heritage Site, अन्तिम पहुँच २००६-१०-१४ 
  3. "Sessions", UNESCO World Heritage Site। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]