क्योटो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
क्योटो
京都市
नगर
क्योटो शहर
क्योटो सहरको धरोहरहरू
क्योटो सहरको धरोहरहरू
क्योटोको झण्डा
क्योटोको आधिकारिक लोगो
क्योटो महानगरमा क्योटोको अवस्थितिको अवस्थिति
क्योटो महानगरमा क्योटोको अवस्थिति
देश जापान
क्षेत्रकानसाई
पर्फेक्चरक्योटो पर्फेक्चर
सरकार
 • मेयरदाइसाकु कादोकावा
क्षेत्रफल
 • जम्मा८२७.९० किमी (३१९.६५ वर्ग माइल)
जनसङ्ख्या
 (अक्टोबर १, २०१५)
 • जम्मा१,४७४,५७०
 • घनत्व१८००/किमी (४६००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+९ (जापानको प्रमाणिक समय)
- रुखजापानी मेपल आ कस्तुरा
- फूलCamellia, Azalea and Sugar Cherry
फोन नम्बर०७५-२२२-३१११
ठेगाना488 Teramachi-Oike, Nakagyō-ku, Kyōto-shi, Kyōto-fu
604-8571
वेबसाइट

क्योटो (京都市 Kyōto-shi?, pronounced [kʲjoːꜜto.ɕi] ( ); ब्रिटिस: /kɪˈt/, अमेरिकी: /kiˈ-/, वा /ˈkj-/[१]) होन्शु टापुको मध्यमा अवस्थित जापानको एक महानगर हो । क्वामू शासन कालमा यस सहरलाई 'हे यान जो' अर्थात् 'शान्तिको नगर' को संज्ञा दिइएको थियो । ११औँ शताब्दी सम्म क्योटो जापानको राजधानी थियो र आज पनि पश्चिमी प्रदेशको राजधानी हो । यस सहरलाई आधुनिकीकरण तथा यसको पुनर्संरचनाको लागि सन् १८९० मा यस नगरसँगै रहेका बिवा ताललाई लगभग ७ माइल लामो नहरद्वारा बाँधियो र आकर्षक बनाइयो । यो सहरलाई आज पनि हजारौ वर्षको राजधानी भन्ने गरिन्छ ।

विशाल मन्दिरहरू, कलात्मक भवनहरूको लागि क्योटो सम्पूर्ण जापानमा प्रसिद्ध छ । यहाँ रेशमको कपडा, चिनिया माटोको भाडा, खेलौना र अन्य प्रकारका धातुका भाडाकुडाको उद्योग अधिक विकसित छन् । यो जापानमा बौद्ध धर्मको सबैभन्दा ठुलो केन्द्र हो ।

नाम[सम्पादन गर्नुहोस्]

जापानी भाषामा यस सहरलाई क्यो (), मियाको (), वा क्यो नो मियाको (京の都) भनिन्छ । ११औँ शताब्दीमा, यो सहरको नाम चिनिया शब्दको jingdu (京都) राजधानीबाट क्योटो (राजधानी सहर) राखियो ।[२]

इतिहास[सम्पादन गर्नुहोस्]

यद्यपि पुरातात्त्विक प्रमाणहरूले क्योटोमा मानिसको बसोबास पालियलिथिक समय देखि नै शुरू भएको देखाउछ, तर उक्त स्थानमा मानव गतिविधिको बारेमा पत्ता भने ६ औँ शताब्दी भन्दा अघि शिमोगामो श्रिनको पालोको समयको देखिन्छ ।

धार्मिक अवस्था[सम्पादन गर्नुहोस्]

क्योटो, १८९१
क्योटो नगरको दृष्य

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

सन् २०१५ को जापानको जनगणना अनुसार क्योटोको जनसङ्ख्या १४,७४,५७० रहेको छ ।[३] ऐतिहासिक रूपमा क्योटो जापानको सबैभन्दा ठुलो सहर रहेको थियो जसलाई १६औं शताब्दीमा आएर ओसाकाएडो (टोक्यो)ले पछाडी पारे । युद्धको समयमा कोबेनागोया क्रमसः चौथौ र पाँचौ ठुलो सहरसँग यसको व्यापारिक सम्बन्ध रहेको थियो । सन् १९४७ मा यो तेस्रो, सन् १९६० मा पाँचौ, सन् १९९० मा सातौँ र सन् २०१५ मा आएर यो जापानको ९औं ठुलो सहर बन्न पुगेको हो ।

यातायात व्यवस्था[सम्पादन गर्नुहोस्]

क्योटो टावरबाट क्योटो र कारासुमा सडकको दृश्य
क्योटो स्टेसनभित्र

हवाई मार्ग[सम्पादन गर्नुहोस्]

हुनत क्योटोमा कुनै पनि विमानस्थल छैन, तर भ्रमण गर्ने यात्रीहरू कानसाई अन्तर्राष्ट्रिय विमानस्थल तथा ओसाका अन्तर्राष्ट्रिय विमानस्थलबाट यस सहर प्रवेश गर्न सक्छन् । जेआर पश्चिमद्वारा कानसाई विमानस्थल एक्सप्रेस, हारुका सञ्चालित रहेको छ जसले कानसाई विमानस्थलबाट क्योटो स्टेसन ७३ मिनेटमा पुगाउने गर्दछ ।[४]

ओसाका विमानस्थल यातायात बसहरू इतामी विमानस्थल र क्योटो स्टेसन ५० मिनेटमा पुगाउने गर्दछ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Kyoto or Kioto", Collins Dictionary, n.d., अन्तिम पहुँच २४ सेप्टेम्बर २०१४ 
  2. Lowe, John. (2000). Old Kyoto: A short Social History, p. x.
  3. https://www2.city.kyoto.lg.jp/sogo/toukei/Population/index.html][http://www.city.kyoto.lg.jp/sogo/page/0000193102.html
  4. JR-WEST: Travel Information > Access to Kansai Airport वेब्याक मेसिन अभिलेखिकरण २००६-०४-०७ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]