रेसम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कच्चा रेसम

रेसम प्राकृतिक प्रोटिन फाइबर हो जस मध्य केही कपडा बनाउनको लागि प्रयोग गरिन्छ। रेसमका फाइबरहरु फाइब्रोइन नामक प्रोटिन तत्वबाट बनेका हुन्छन्। उक्त प्रोटिन तत्व केही किराले लार्भा अवस्थामा कोकुन बनाउँदा प्रयोग गर्दछन्।[१] उच्च कोटिका रेसम, बम्बेक्स मोरी नामका रेसम किराका प्रजातिले बनाउँछन्; यसलाई पाल्ने प्रकृियालाई सेरीकल्चर भनिन्छ। रेसमका फाइबरका सुक्ष्म बनोटमा प्रिजम आकार हुने हुँदा यसले आएका प्रकाश लाई विभिन्न कोणमा फेलाउन जाँदा, अद्भुत रङ बन्दछन्।

किरा वर्गमा अन्य किराहरुले पनि रेसम बनाउन सक्ने क्षमता राख्ने भएता पनि मथ (रात्री पुतली) को लार्भा बाट निर्मित रेसम लाई नै बढी प्रयोग गरिएका छन्। अन्य प्रकारका रेसममा पनि अध्ययन अनुसन्धान भने भएका छन्।[२] लार्भा अवस्था पार गरी अर्को अवस्थामा पूर्ण रुपमा विकसित हुदाँ, लार्भाहरुले रेसम निर्माण गरेता पनि, केही किरा जस्तै वेभ-स्पिनर, रेस्पी क्रिकेट जसता किराले भने जीवन अवधी भर नै रेसम तयार गर्दछन्। रेसम बनाउने प्रकृिया अन्य किराहरुमा हिम्नोप्ट्रा (समुहमा पर्ने मौरी, बारुला, कमिला), लेसविङ्स्, मिजेस जस्ता किराहरुमा पनि देखिएका छन्। माकुरामा पनि रेसम बनाउने प्रकृया देखिन्छन्।

इतिहास[सम्पादन गर्नुहोस्]

१२ औँ शताब्दीको चित्रकला, महिला रेसमका कपडा नियाल्दै

विभिन्न प्रकारका जङ्गली रेसम, किम्बु रेसम किरा भन्दा अन्य, चिन, दक्षिण एसिया र युरोपमा पुराना समयमा उत्पादन भएका छन्। त्यस किसिमका उत्पादन कम मात्रामा मात्र हुने र घरेेलु उत्पादन जस्ता नहुने हुन्छन्। प्राकृतिक रेसम बनोट लाई पनि प्रयोगमा ल्याइएका छन्; जस्तै ग्रिस र रोममा माकुराका जालोलाई घाउमा पट्टीका लागि, चित्रकलाका लागि प्रयोग गरिन्थ्यो।

व्यापारिक रेसम पालिएका रेसम किराका प्युपाबाट तयार परिन्छन्। यसलाई प्रजनन गराई रेसमका धागो उत्पादनका लागि तयार पारिएका हुन्छन्। वयस्क निस्कनु पुर्व नै तातो पानीमा डुबाई वा सियोले प्युपालाई घोंची मारिन्छन्। यसो गरे सम्पुर्ण रेसम लाई एउटै धागोका रुपमा तयार गर्न सकिन्छन्। जङ्गली रेसमलाई, घरेलु अवस्था बाट तयार पारेका रेसम भन्दा, विभिन्न रङमा तयार गर्न पनि अफ्ठ्यारा हुने गर्दछन्।

‍‍रेसमका सुरुवातमा प्रयोग गर्ने देश चिन हो। ८,५०० वर्ष अगाडिका चियानबाट पाइएका अवशेष बाट सो कुरा पुष्टि भएका छन् जहाँ माटोमा रेसमका प्रोटिन अवशेषहरु पाइएका थिए। सियानयाङ, हेनानमा सानो बच्चामा रेसमले बेरेको अवशेष रेहेको थियो।

चिन‍[सम्पादन गर्नुहोस्]

चिनियाँ सभ्यतामा राज परिवारमा मात्र रेसमको प्रयोग भए पनि, सो प्रयोग सबै तिर विस्तार भएका हुन्। रेसम उत्पादनको श्रेयका विषयमा भने चिनियाँ रानी लेजु लाई दिइने गरिन्छ। रेसमको माग बढ्दै गयो, र विश्वको औधोगिक काल भन्दा पहिल व्यापारमा सर्वाधिक प्रयोग हुन थालेको थियो।

उत्पादन प्रकृिया[सम्पादन गर्नुहोस्]

रेसमका गुण[सम्पादन गर्नुहोस्]

प्रयोग[सम्पादन गर्नुहोस्]

नेपालमा रेसम खेती[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Silk", The Free Dictionary By Farlex, अन्तिम पहुँच २०१२-०५-२३ 
  2. "Insect silk: one name, many materials", Annual Review of Entomology 55: 171–88, २०१०, डिओआई:10.1146/annurev-ento-112408-085401, पिएमआइडी 19728833