भियनटियान
भियनटियान | |
---|---|
माथिबाट घडीको दिशामा: थाट लुवाङको मन्दिर, हाव फरा केउ, थाट ड्याम, थाट लुवाङ चैत्य, मेकोङ नदि किनार, पटससाय, वाट सि साकेत माथिबाट घडीको दिशामा: थाट लुवाङको मन्दिर, हाव फरा केउ, थाट ड्याम, थाट लुवाङ चैत्य, मेकोङ नदि किनार, पटससाय, वाट सि साकेत | |
देश | ![]() |
Settled | ९औ शताब्दी[१] |
क्षेत्रफल | |
• जम्मा | ३९२० किमी२ (१,५१० वर्ग माइल) |
उन्नतांश | १७४ मिटर (५७० फिट) |
जनसङ्ख्या (2013 est) | |
• जम्मा | ७८३,००० |
• घनत्व | २००/किमी२ (५२०/वर्ग माइल) |
भियनटियान (/vjɛnˈtjɑːn/; फ्रान्सेली उच्चारण: [vjɛ̃ˈtjan]; लाओ: ວຽງຈັນ, Viang chan, IPA: [wíəŋ tɕàn]) लाओसको राजधानी तथा ठूलो शहर हो भने यो शहर मेकोङ्ग नदीको किनारमा बसेको छ । वर्मिज घुसपेठको डरले भियनटियान सन् १५६३ मा देशको राजधानी बनेको थियो तर पछि थाई सायमिजहरूले यस शहरमा लुटपाट गरेका थिए ।[२] भियनटियान फ्रेन्च शासनको दौरान प्रसाशनिक राजधानी रहेको थियो तर हाल यस शहरको आर्थिक बृद्धिले गर्दा यो अहिले लाओसको आर्थिक केन्द्र रहेको छ ।
भियनटियान लाओसको मुख्य धरोहरहरू रहेको शहर हो । साथै यहाँ प्रमुख बुद्धका चैत्यहरू पनि रहेको छ । सन् २०१५ मा यस शहरको अनुमानित जनसङ्ख्या ७ लाख ६० हजार रहेको छ । यस शहरमा २५ औँ दक्षिणपूर्वी एसियाली खेल सन् २००९ डिसेम्बरमा आयोजना गरिएको थियो ।
भूगोल तथा मौसम[सम्पादन गर्ने]
भूगोल[सम्पादन गर्ने]
भियनटियान मेकोंग नदिनको घुमाउमा रहेको छ जुन यो र थाइल्याण्डको बिचमा बोर्डरको रूपमा रहेको छ ।
मौसम[सम्पादन गर्ने]
भियनटियानमा ट्रपिकल सभाना मौसम र वर्षा तथा सुख्खा मौसम रहेको छ । भियनटियानमा सुख्खा याम नोभेम्बर देखि मार्चसम्म रहने गर्दछ । अप्रिल देखि सात महिनाको लागि भियानटियानमा वर्षायाम शुरू हुन्छ ।
भियनटियानको मौसम जानकारी | |||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
महिना | जनवरी | फेब्रुअरी | मार्च | अप्रिल | मे | जुन | जुलाई | अगस्ट | सेप्टेम्बर | अक्टोबर | नोभेम्बर | डिसेम्बर | वर्ष |
अधिकतम °से (°फे) रेकर्ड | ३५٫६ (९६) |
३७٫८ (१००) |
४०٫० (१०४) |
४१٫१ (१०६) |
३८٫९ (१०२) |
३७٫८ (१००) |
३६٫१ (९७) |
३७٫२ (९९) |
३८٫९ (१०२) |
३८٫९ (१०२) |
३४٫४ (९४) |
३३٫४ (९२) |
४१٫१ (१०६) |
अधिकतम °से (°फे) औसत | २८٫४ (८३) |
३०٫३ (८७) |
३३٫० (९१) |
३४٫३ (९४) |
३३٫० (९१) |
३१٫९ (८९) |
३१٫३ (८८) |
३०٫८ (८७) |
३०٫९ (८८) |
३०٫८ (८७) |
२९٫८ (८६) |
२८٫१ (८३) |
३१٫१ (८८) |
न्यूनतम °से (°फे) औसत | १६٫४ (६२) |
१८٫५ (६५) |
२१٫५ (७१) |
२३٫८ (७५) |
२४٫६ (७६) |
२४٫९ (७७) |
२४٫७ (७६) |
२४٫६ (७६) |
२४٫१ (७५) |
२२٫९ (७३) |
१९٫३ (६७) |
१६٫७ (६२) |
२१٫८ (७१) |
न्यूनतम °से (°फे) रेकर्ड | ०٫० (३२) |
७٫६ (४६) |
१२٫१ (५४) |
१७٫१ (६३) |
२०٫० (६८) |
२१٫१ (७०) |
२१٫२ (७०) |
२१٫१ (७०) |
२१٫२ (७०) |
१२٫९ (५५) |
८٫९ (४८) |
५٫० (४१) |
०٫० (३२) |
औसत वर्षा मीमी (इञ्च) | ७٫५ (०٫३) |
१३٫० (०٫५१) |
३३٫७ (१٫३३) |
८४٫९ (३٫३४) |
२४५٫८ (९٫६८) |
२७९٫८ (११٫०२) |
२७२٫३ (१०٫७२) |
३३४٫६ (१३٫१७) |
२९७٫३ (११٫७) |
७८٫० (३٫०७) |
११٫१ (०٫४४) |
२٫५ (०٫१) |
१,६६०٫५ (६५٫३७) |
वर्षा दैनिक औसत | १ | २ | ४ | ८ | १५ | १८ | २० | २१ | १७ | ९ | २ | १ | ११८ |
औसत आर्द्रता (%) | ७० | ६८ | ६६ | ६९ | ७८ | ८२ | ८२ | ८४ | ८३ | ७८ | ७२ | ७० | ७५ |
मासिक औसत सौर्य प्रकाश अवधि | २५४٫४ | २१४٫३ | २१६٫८ | २२६٫३ | २०७٫१ | १५२٫९ | १४८٫६ | १३७٫१ | १३७٫७ | २४७٫७ | २३४٫३ | २५७٫५ | २,४३४٫७ |
स्रोत #१: World Meteorological Organization,[३] Deutscher Wetterdienst (extremes 1907–1990)[४] | |||||||||||||
स्रोत #२: NOAA (sun and humidity)[५] |
अर्थतन्त्र[सम्पादन गर्ने]
भियनटियान लाओसको अर्थतन्त्रको मुख्य परिचालन गर्ने शहर हो । हालैको वर्षहरूमा यो शहरमा बिदेशी लगानीको कारण उच्च आर्थिक बृद्धि देखिएको छ । सन् २०११ मा स्टक एक्सचेञ्जको शुरूवात दक्षिण कोरियाको सहकार्यमा दुई सूचिकृत कम्पनीको शेयरबाट भएको थियो ।
पर्यटन[सम्पादन गर्ने]
सानो शहर भएता पनि राजधानीमा मुख्य पर्यटकहरूको आवागमन बढि रहेको छ । यो शहरमा धेरै मन्दिर तथा बौद्ध धरोहर लगायत फा थात लुवांग लाओसको सबैभन्दा प्रख्यात बुद्ध स्तुपा रहेको छ । यो लाओसको सबैभन्दा महत्त्वपूर्ण राष्ट्रिय सास्कृतिक तथा पर्यटकहरू माध प्रसिद्ध पनि रहेको छ । यो स्तुपा शुरूमा सन् १५६६ मा राजा सेत्थाथिराथले बनाएका थिए र सन् १९५३ मा पुनः निर्माण भएको थियो । सुनको स्तुपा ४५ मिटर अग्लो तथा यसमा भगवान बुद्धको अन्तु रहेको विश्वास रहेको छ ।[६]
यसको साथै अर्को पर्टकिय महत्त्व रहेको स्थान वाट सि मुआंग हो । यो मन्दिर खमेर हिन्दु तीर्थको भग्नावषेश माथि बनाइएको छ र भग्नावशेष अझै पनि अर्डिनेसन हलको पछाडिबाट हेर्न सकिन्छ ।[७] यो सन् १५६३ मा बनाइएको थियो र यसको सुरक्षा स्थानिय बालिका सि को आत्माले गर्दछ भन्ने विश्वास रहेको छ ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ Lonely Planet, "History of Vientiane Province - Lonely Planet Travel Information", अन्तिम पहुँच १८ जुलाई २०१५।
- ↑ "Vientiane", Farlex Encyclopedia, अन्तिम पहुँच २५ Nov २०१०।
- ↑ "World Weather Information Service - Vientiane (1951-2000)", World Meteorological Organization, अन्तिम पहुँच मे १४, २०१०।
- ↑ "Klimatafel von Vientiane (Viangchan) / Laos", Baseline climate means (1961-1990) from stations all over the world (Germanमा), Deutscher Wetterdienst, अन्तिम पहुँच जनवरी २३, २०१६।
- ↑ "Vientiane Climate Normals 1961−1990", National Oceanic and Atmospheric Administration, अन्तिम पहुँच नोभेम्बर २९, २०१३।
- ↑ Lao National Tourism Administration - Tourist Sites in Vientiane Capital वेब्याक मेसिन अभिलेखिकरण जुलाई २३, २०११ मिति
- ↑ "Wat Si Muang", अन्तिम पहुँच १८ जुलाई २०१५।