टोक्यो
टोक्यो 東京都 |
|||||
---|---|---|---|---|---|
— मेट्रोपोलिस — | |||||
टोक्यो मेट्रोपोलिस |
|||||
![]() | |||||
|
|||||
राष्ट्रियगान: Tokyo Metropolitan Song (東京都歌 Tokyo Toka )[१] | |||||
जापानमा टोक्योको अवस्थिति | |||||
निर्देशाङ्क: ३५°४१′ उत्तर १३९°४१′ पूर्व / ३५.६८३° उत्तर १३९.६८३° पूर्वनिर्देशाङ्क: ३५°४१′ उत्तर १३९°४१′ पूर्व / ३५.६८३° उत्तर १३९.६८३° पूर्व | |||||
देश | ![]() |
||||
क्षेत्र | कान्तो | ||||
टापु | होन्शू | ||||
सरकार | |||||
- प्रकार | मेट्रोपोलिस | ||||
- राजधानी | टोक्यो[२] | ||||
क्षेत्रफल | |||||
- मेट्रोपोलिस | २,१८७.६६ किमी२ (८४४.७ वर्ग मी) | ||||
- मेट्रो | १३,५७२ किमी२ (५,२४०.२ वर्ग मी) | ||||
क्षेत्र क्रम | ४५औँ | ||||
जनसङ्ख्या (जुलाई ३१, २०१६)[३] | |||||
- मेट्रोपोलिस | १३,६१७,४४५ | ||||
- महानगरीय क्षेत्र | ३७८००००० | ||||
- २३ वार्ड | ८९६७६६५ | ||||
२०१५ अनुमान | |||||
मूलबासी नाम | 江戸っ子 (Edokko), 東京人 (Tokyo-jin), 東京っ子 (Tokyokko), Tokyoite | ||||
समय क्षेत्र | जापान प्रमाणिक समय (युटिसी+९) | ||||
ISO 3166-2 | JP-13 | ||||
पुष्प | सोमेइ-योशिनो चैरी ब्लोसम | ||||
वृक्ष | जिंकगो वृक्ष (Ginkgo biloba) | ||||
पक्षी | श्याम सिरी गल (Larus ridibundus) | ||||
वेबसाइट | metro.tokyo.jp |
टोक्यो (जापानी: 東京, उच्चारणः तोउक्योउ) [४] जापानको राजधानी तथा सबैभन्दा ठुलो सहर हो । यो जापानको होन्शू द्वीपमा रहेको छ र यसको जनसङ्ख्या करिब ८६ लाख छ, जबकि टोक्यो क्षेत्रमा १.२८ करोड र उपनगरीय क्षेत्र मिलाएर यहाँ अनुमानित ३.७ करोड मानिसहरू बसोबास गर्छन्, जुन यस देशको सबैभन्दा धेरै जनसङ्ख्या भएको महानगरीय क्षेत्र हो । टोक्यो लगभग ८० किलोमिटरको क्षेत्रमा फैलिएको छ र यो क्षेत्रफलको दृष्टिकोणबाट पनि विश्वको सबैभन्दा ठुलो नगरीय क्षेत्र हो ।[५]
टोक्यो विश्वको सबैभन्दा विकसित सहरहरू मध्ये एक हो । यो जापानको राजनीतिक, आर्थिक तथा सांस्कृतिक गतिविधिको प्रमुख केन्द्र हुनको साथसाथै विश्वको एक प्रमुख आर्थिक केन्द्र पनि हो । यो विश्वको सबैभन्दा बढी महानगरीय अर्थव्यवस्था पनि हो जसको कुल घरेलु उत्पादन, क्रय शक्तिको आधारमा सन् २००५ मा १,१९१ अरब डलर थियो । न्यूयोर्क तथा लण्डनसँग मिलेर यो विश्व अर्थव्यस्थाको सञ्चालन गर्ने इन्जिन हो र यसलाई अल्फा+ नगरको दर्जा प्राप्त छ । विभिन्न संस्थाद्वारा गरिएको सर्वेक्षणमा टोक्योलाई विश्वको लगातार सबैभन्दा महँगो महानगर भएको गौरव प्राप्त छ ।[६]
विषयसूची
नाम
टोक्योलाई मुख्य रूपमा ईडोको नामले चिनिन्थ्यो, जसको जापानी अर्थ मुहाना हो । सन् १८६८ मा यसलाई जापानको राजधानी बनाइयो र यसको नाम परिवर्तन गरेर टोक्यो (तोउक्योउ: तोउ (पूर्व) + क्योउ (राजधानी)) बनाइयो । प्रारम्भिक आरम्भिक मेइजी कालमा, यस शहरलाई 'तोउकेइ'को नामले पनि चिनिन्थ्यो जुन चीनी भाषामा लेखिएको शब्दको लागि वैकल्पिक उच्चारण थियो । धेरै पुराना अङ्ग्रेजी किताबहरूमा अहिले पनि 'टोकेई' ('Tokei') लेकिएको छ तर अब यो प्रचलनमा छैन र 'टोक्यो' शब्दलाई नै अब प्रयोग गरिन्छ ।
२३ विशेष वार्ड
जनसङ्ख्या
अक्टोबर २००७ सम्म, आधिकारिक अन्तर जनगणनीय अनुमानको आधारमा टोक्योमा करिब १.२७९ करोड मान्छे बसोबास गर्छन्, जसमध्ये ८६.५३ लाख टोक्योको २३ वार्डहरूमा बसोबास गर्ने गर्दछन् । दिउसोको समय यहाँको जनसङ्ख्यामा लगभग २५ लाखले वृद्धि हुन्छ, किनकि कामदार तथा विद्यार्थी आसपासको क्षेत्रदेखि टोक्योमा आउने गर्छन् । यो स्थिति तीन केन्द्रीय वार्डहरू चियोदा, चुओ र मिनातोमा बढी देखिन्छ, जसको २००५ को राष्ट्रीय जनगणनाको अनुसार सामूहिक जनसङ्ख्या, रात्रीको समय ३,२६,००० हुन्थ्यो र दिउँसोको समय बढेर २४ लाख सम्म पुग्थ्यो ।
समस्त प्रिफेक्चरमा २००७ मा १,२७,९०,००० (२३ वडाहरूमा ८६,५३,०००) निवासी थिए, जसमा दिउसो को समय ३० लाखले वृद्धि हुन्थ्यो । टोक्योको अहिलेसम्मको सर्वाधिक जनसङ्ख्या १९६५ को जनगणनामा थियो। त्यस समयमा २३ वार्डहरू को आधिकारिक जनसङ्ख्या ८८,९३,०९४ पुगेको थियो र १९९५को जनगणनामा यो संख्या घटेर ८० लाखभन्दा कम भएको थियो। तर त्यहादेखि मान्छे जग्गाको मुल्य घट्नाको कारणले शहरको भित्री भागमा बस्न थाले ।
२००५ सम्म, टोक्योमा रहने विदेशिहरूमा सबैभन्दा बढी जनसङ्ख्या चीनका नागरिकहरू (१,२३,६६१) को थियो, अनि कोरियाई (१,०६,६९७), फिलिपीनो (३१,०७७), अमेरिकी (१८,८४८), ब्रिटिश (७,६९६), ब्राजीलियाई (५,३००) र फ्रान्सीसी (३,०००) को थियो[७]।
१८८९ को जनगणनाको तथ्य अनुसार टोक्योमा १३,८९,६०० मान्छे अभिलेख गरिएका थिए, जुन त्यस समय जापानमा सर्वाधिक थियो ।
शिक्षा
टोक्योमा धेरै विश्वविद्यालय, जुनियर कलेज तथा वोकेश्नल स्कुल छन् । जापानको धेरै नाम चलेका विश्वविद्यालयहरूमा कतिपय टोक्योमा पनि स्थित छ, जसमा टोक्यो विश्वविद्यालय, हितोत्सूबाशी विश्वविद्यालय, टोक्यो प्रौद्योगिकी संस्थान, वासीदा विश्वविद्यालय तथा कीओ विश्वविद्यालय पर्ने गर्दछन् । सर्वाधिक राष्ट्रिय विश्व विद्यालयहरू मध्ये टोक्योमा निम्नलिखित स्थित छन्:
- ओचानोमिजू विश्वविद्यालय
- वैद्युत-सञ्चार विश्वविद्यालय
- टोक्यो विश्वविद्यालय
- टोक्यो आयुर्विज्ञान तथा दन्त विश्वविद्यालय
- टोक्यो विदेशी शिक्षा विश्वविद्यालय
- टोक्यो समुद्री विज्ञान तथा प्रौद्योगिकी विश्वविद्यालय
- टोक्यो गाकूजेई विश्वविद्यालय
- टोक्यो कला विश्वविद्यालय
- टोक्यो प्रौद्योगिकी संस्थान
- टोक्यों कृषि एवँ प्रौद्योगिकी विश्वविद्यालय
- हितोत्सूबाशी विश्वविद्यालय
पर्यटकीय स्थल
टोक्योको पर्यटकीय स्थलहरू निम्नलिखित छन्:
- शाही महल
- टोक्यो टावर
- असाकुसा श्राइन
- मीजी जिन्गू श्राइन
- अमेयोको
- इन्द्रधनुषी पुल
- तोशोगु मंदिर
- सूमो संग्रहालय
- गिन्जा
- नेशनल म्यूजियम अफ वेस्टर्न आर्ट
शहर दृश्यावली
सन्दर्भ सामग्रीहरू
- ↑ "東京都歌・市歌", Tokyo Metropolitan Government, अन्तिम पहुँच सेप्टेम्बर १७, २०११।
- ↑ 都庁の所在地 Shinjuku is the location of the Tokyo Metropolitan Government Office. But Tokyo is not a "municipality". Therefore, for the sake of convenience, the notation of prefectural is "Tokyo".
- ↑ "平成27年 毎月1日現在の推計", Tokyo Metropolitan Government, अन्तिम पहुँच जनवरी १७, २०१५।
- ↑ "Geography of Tokyo", Tokyo Metropolitan Government।
- ↑ "World Urbanization Prospects: The 2014 Revision Population Database", United Nations, अन्तिम पहुँच अगस्ट १०, २०१४।
- ↑ "GaWC – The World According to GaWC 2008", Lboro.ac.uk, अप्रिल १३, २०१०, अन्तिम पहुँच अक्टोबर २९, २०१०।
- ↑ "टोक्यो सांख्यिकीय वार्षिकपुस्तिका २००५, जनसङ्ख्या", ब्यूरो अफ जनरल अफ्रेयर्स, टोक्यो मेट्रोपलिटन गवर्न्मेन्ट, अन्तिम पहुँच २००७-१०-१४।
यो पनि हेर्नुहोस्
|