सामग्रीमा जानुहोस्

दुसान्बे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(दुसान्वेबाट अनुप्रेषित)
दुसान्बे
Душанбе
दुसान्बेको आधिकारिक छाप
देश Tajikistan
सरकार
 • मेयरRustam Emomali
क्षेत्रफल
 • नगर१२४.६ किमी (४८.१ वर्ग माइल)
उन्नतांश
७०६ मिटर (२३१६ फिट)
जनसङ्ख्या
 (2014)[१]
 • नगर७७८,५००
 • घनत्व६२००/किमी (१६०००/वर्ग माइल)
 • महानगर
१ ०५१ २००
समय क्षेत्रयुटिसी+5 (Tajikistan Time)
 • ग्रीष्म (डिएसटी)युटिसी+5 (Tajikistan Time)
वेबसाइटwww.dushanbe.tj

दुसान्बे (अङ्ग्रेजी: Dushanbe ताजिक: Душанбе, Duşanbe) ताजिकिस्तानको राजधानी तथा ठुलो सहर हो। ताजिक भाषामा दुसान्वेको अर्थ सोमबार हुन्छ।[२][३] यो शहरको नाम दुसान्बे रहन गएको कारण यस शहरको विकास यहाँ सोमबार लाग्ने बजारको कारण रहेको छ। सन् १९२९ सम्म यो शहरको नाम दुशाम्बे (रूसी: Дюшамбе, Dyushambe) थियो र सन् १९२९ देखि १९६१ सम्म स्टालिनवाद (ताजिक: Сталинобод, Stalinobod) रहेको थियो। सन् २०१४ सम्म दुसान्वेको जनसङ्ख्या ७७८,५०० थियो।

दुई खोला भारजोभ तथा कोभारनिहोनको बिचमा अबस्थित यो सहर ताजकिस्तानको राजधानी हो। यस शहरमा ५औँ शताब्दीको विभिन्न पुरातत्व महत्त्व भएको भगवनाशेष भेटिएता पनि २०औँ शताब्दीसम्म यो सहर एउटा गाउँ मात्र रहेको भनाई छ।

दुसान्बे गाउँ पहिलो पटक उल्लेख सन् १६७६ मा एउटा लेखमा भएको थियो। यो एउटा सडकसँग रहेको ठुलो बजार जहाँ हरेक सोमबार बजार लाग्ने गर्दथ्यो। त्यसैले यस दुसान्बे नाम दुसान्बे बजारबाट आएको हो, जसको पर्सियन भाषामा अर्थ सोमबारको बजार भन्ने हुन्छ। यस गाउमा ५०० परिवार तथा ८००० जनसङ्ख्या रहेको मान्यता छ।

दुसान्बेमा गर्मीयाममा गर्मि र सुख्खा तथा जाडोयाममा सामान्य जाडो हुने गर्दछ। यसको औषत वार्षिक वर्षायाम ५०० मिलिमिटर रहेको छ।

हवाई यातायात

[सम्पादन गर्नुहोस्]

ताजिक एयरको केन्द्रीय कार्यालय दुसान्बे विमानस्थलमा रहेको छ। यस्तै गरी सोमोन एयरको पनि केन्द्रीय कार्यालय दुसान्वेमा रहेको छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Population of the Republic of Tajikistan as of 1 January, State Statistical Committee, Dushanbe, 2012 (रुसी)
  2. Dushanbe in Persian language वेब्याक मेसिन अभिलेखिकरण ३१ जनवरी २०१६ मिति
  3. D. Saimaddinov, S. D. Kholmatova, and S. Karimov, Tajik-Russian Dictionary, Academy of Sciences of the Republic of Tajikistan, Rudaki Institute of Language and Literature, Scientific Center for Persian-Tajik Culture, Dushanbe, 2006.

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]