सारनाथ
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
सारनाथ | |
|---|---|
ऐतिहासिक शहर | |
धामेख स्तूप, सारनाथ | |
| निर्देशाङ्क: २५°२२′५२″N ८३°०१′१७″E / 25.3811°N 83.0214°E | |
| देश | |
| राज्य | उत्तर प्रदेश |
| जिल्ला | वाराणसी |
| भाषाहरू | |
| • आधिकारिक | हिन्दी |
| समय क्षेत्र | युटिसी+५:३० (IST) |
| तीर्थयात्रा |
| बौद्ध धार्मिक स्थल |
|---|
सारनाथ, काशी अथवा वाराणसीबाट १० किलोमिटर पूर्वोत्तरमा अवस्थित प्रमुख बौद्ध तीर्थस्थल हो। ज्ञान प्राप्ति पश्चात भगवान बुद्धले आफ्नो पहिलो उपदेश यहि स्थानमा दिनुभएको थियो जसलाई "धर्म चक्र प्रवर्तन"को नामले चिनिन्छ र जो बौद्ध मतको प्रचार-प्रसारको शुरूवात थियो। यो स्थान बौद्ध धर्मका चार प्रमुख तीर्थस्थलहरू मध्येको एक हो (अन्य तीन हुन्: लुम्बिनी, बोधगया र कुशीनगर)। यस सँहै सारनाथलाई जैन धर्म एवं हिन्दू धर्ममा पनि महत्त्व प्राप्त छ। जैन ग्रन्थहरूमा यस स्थानलाई 'सिंहपुर' भनिएको छ र मानिन्छ कि जैन धर्मका एघारौँ तीर्थंकर श्रेयांसनाथको जन्म यहीँबाट केही दूरीमा भएको थियो। यहाँ सारङ्गनाथ महादेवको मन्दिर पनि छ जहाँ साउनको महिनामा हिन्दूहरूको मेला लाग्ने गर्दछ।
सारनाथमा अशोकको चतुर्मुख सिंहस्तम्भ, भगवान बुद्धको मन्दिर, धामेख स्तूप, चौखण्डी स्तूप, राजकीय सङ्ग्रहालय, जैन मन्दिर, चीनी मन्दिर, मूलंगधकुटी तथा नवीन विहार इत्यादि दर्शनीय छन्। भारतको राष्ट्रीय चिह्न यहीँको अशोक स्तम्भको मुकुटको द्विविमीय अनुकृति हो। मुहम्मद गोरीले सारनाथका पूजा स्थलहरूलाई नष्ट गरिदिएको थियो। सन् १९०५ मा पुरातत्व विभागले यहाँ उत्खननको काम शुरू गर्यो। त्यसै समयमा बौद्ध धर्मका अनुयायीहरू र इतिहासका विद्वानहरूको ध्यान यस स्थानमा गयो। वर्तमानमा सारनाथ एक तीर्थ स्थल र पर्यटन स्थलको रूपमा लगातार वृद्धिको तर्फ अग्रसर छ।