अशोक स्तम्भ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अशोक स्तम्भ

अशोक स्तम्भ मौर्य सम्राट अशोकद्वारा संसारको विभिन्न भागमा राखिएका प्रसिद्ध स्मारकहरू हुन्। सबै भन्दा प्रसिद्ध अशोक स्तम्भ नेपालको लुम्बिनीमा रहेको अशोक स्तम्भ हो। यो लुम्बिनीको कपिलवस्तु जिल्लामा पर्दछ [१]। यो पुरानो स्तम्भ हो।यस स्थलमा धेरै धर्मावलम्बीहरू आउने गर्दछन्।[२]यो स्तम्भ ६ मिटर अग्लो छ।[३]

अशोक स्तम्भमा रहेको शिलालेखले लुम्बिनीमा नै भगवान् गौतम बुद्धको जन्म भएको किटान गरेको छ। लुम्बिनीको मायादेवी मन्दिरसँग रहेको यस स्तम्भले नै लुम्बिनीलाई सिद्धार्थ गौतम बुद्धको जन्म स्थलको रूपमा प्रमाणिकरण गरेको छ।


इतिहास[सम्पादन गर्ने]

प्रधानमन्त्री वीरशमशेरले भगवान् बुद्ध सम्बन्धी ऐतिहासिक, संस्कृतिस्थलको अन्वेषण उत्खननका लागि अनुमति दिएपछि जर्मन नागरिक एलोवस एनटन फुइररको नेतृत्वको टोली लुम्बिनी अशोक स्तम्भ भएको चारकोशे झाडीमा निरीक्षण गर्न आइपुगे । वीरशमशेरको आदेश अनुसार जनरल खड्ग केही सैनिक जवान सहित लुम्बिनीमा आइपुगे । त्यस समयमा नाप नक्सा, मानचित्र, केही उपलब्ध नभएकोले कठिन अवस्था थियो । खड्ग शमशेर त्यहाँ पुगेर अशोक स्तम्भको केही भाग देखे । उत्खननका क्रममा अशोक स्तम्भमा पाँच लाइन लेखिएका ब्राह्मी लिपी पनि देखापर्यो । यसरी लुम्बिनी स्तम्भ पुनः पत्ता लगाउने श्रेय जनरल खड्गलाई जान्छ । डिसेम्बर १, १८९६ मा भएको यो एक शनसनीपूर्ण महत्वपूर्ण घटना थियो । एनटन फ्युररले चाहि ब्राह्मी लिपी पढी बुद्धको जन्मस्थल यही हो भनेर किटान गरे ।

अशोक स्तम्भ पुनः पत्ता लगाउने श्रेय जनरल खड्ग शमशेर राणालाई जान्छ । खड्गशमशेरको निष्काशन नभएको भए लुम्बिनी पत्ता लाग्ने सम्भावना थिएन भनिन्छ । जनरल खड्ग अङ्ग्रेजी भाषाको दख्खल भएको व्यक्ति थिए भन्ने कुरा इलाहाबादबाट निस्किने अङ्ग्रेजी दैनिक दि पाएनियर पत्रिकाको तीन अङ्कमा लगातार सन् १९०४ मा प्रकाशित भएको उनको लेखबाट प्रमाणित हुन्छ । बुद्धको जन्मस्थल पुनः पत्ता लागेपछि संसारभ रिका बौद्धमार्गीले हर्षित भई महाराज वीरशमशेरको आफ्नो नेपालभित्र अन्वेषण एवम् उत्खनन् गर्न दिएकोमा प्रशंसा गरे । त्यसपछि डा. एनटन फ्यूरर को लुम्बिनी उद्यान र अन्य कपिलवस्तु स्थलगत भ्रमण गरे अन्वेषण कार्यको प्रतिवेदन प्रकाशनमा आयो । उनीपछि बाबु पूर्णचन्द्र मुखर्जीले सन् १८९९ मा भ्रमण गरी लुम्बिनीको अन्वेषण र उत्खनन् गरी सन् १९०१ मा भारतीय पुरातत्व सर्वेक्षणको प्रतिवेदन प्रकाशनमा ल्याए ।

नेपालमा २००७ प्रजातन्त्र आएपछि विश्वबौद्ध भातृत्व सङ्घको चतुर्थ विश्व बौद्ध सम्मेलन वि.सं. २०१३ कात्तिक ३० गते देखि मार्ग ६ गतेसम्म काठमाडौं र लुम्बिनीमा भएको थियो । तत्कालीन राजा श्री ५ महेन्द्रबाट त्यस सम्मेलनको उद्घाटन भएको हो । भारतका डा. भीमराव अम्बेडकर, चीनको भिक्षु चाउपुचु, श्रीलङ्का बौद्ध विधान एवम् कुटनीतिज्ञ डा. गुणलाल पियसेना र मलाला शेखर पनि उपस्थित थिए । जब बुद्धजन्मस्थल लुम्बिनी उद्यान पुनः पत्ता लाग्यो सन् १९८६ डिसेम्बर १ मा संसारभरि एउटा उत्साह र हर्षको तरङ्ग आयो । विभिन्न देशका बौद्ध धर्मावलम्बी र अरू मानिस तीर्थाटन गर्न लुम्बिनी आउन थाले ।

लुम्बिनी विकासको योजनाबद्ध विकास गरी अहिले अवस्थामा पुर्याउन संयुक्त राष्ट्र सङ्घका महासचिव, युनेस्को नेपाल सरकार, सम्बन्धित सरकारी निकाय, मित्र राष्ट्रका सरकार तथा गैरसरकारी संस्थाको ठूलो सहयोग र संरक्षण रहेको छ ।

चित्र दिर्घा[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "बुद्धको राज्य कपिलबस्तु र प्रर्यटकिय सम्भावना", सेप्टेम्बर ११ २०१७, अन्तिम पहुँच सेप्टेम्बर ११ २०१७ 
  2. "https://www.thelongestwayhome.com/travel-guides/nepal/ashokan-pillar-lumbini-nepal.html#fold", Sept११,२०१७, अन्तिम पहुँच Sept ११.२०१७ 
  3. "https://www.thelongestwayhome.com/travel-guides/nepal/ashokan-pillar-lumbini-nepal.html#fold", ९th Sept,२०१७, अन्तिम पहुँच ९th Sept,२०१७ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]