नारायण खड्का
नारायण खड्का | |
---|---|
सहरी विकास मन्त्री | |
कार्यकाल २५ फेब्रुअरी, २०१४[१] – ??? | |
प्रधानमन्त्री | सुशील कोइराला |
व्यक्तिगत विवरण | |
जन्म | २० मार्च, १९४९ भोजपुर जिल्ला, नेपाल |
अभिभावक(हरू) | पिता:चित्रबहादुर खड्का, माता: धर्मकुमारी खड्का |
डा. नारायण खड्का भूतपूर्व सहरी विकास मन्त्री हुन् । उदयपुर, क्षेत्र नं.१ बाट संविधानसभामा निर्वाचित नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुनुहुन्छ। उहाँले पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सल्लाहकार तथा सहयोगी र राष्ट्रिय योजना आयोगका उपाध्यक्षको जिम्मेदारी सम्हालिसक्नुभएको छ। भोजपुरमा जन्मेका डा.खड्काले विद्यार्थी राजनीति मार्फत २०२३ सालमा राजनीतिक यात्रा शुरु गर्नुभएको हो। यस क्रममा विराटनगर र काठमाडौंमा उहाँ पटक पटक पक्राउ पर्नुभएको छ।
पुना, भारतबाट अर्थशास्त्रमा पी-एच्. डी. गर्नुभएका डा. खड्काको विशेष रुचि अध्ययन र समाजसेवामा छ। पत्रपत्रिकामा उहाँका राजनीति र अर्थनीति सँग सम्बद्ध विश्लेषणात्मका लेखहरू प्रकाशित हुँदैआएका छन्। जनता सँगको निकट सम्बन्धले आफूलाई संविधानसभामा विजयी बनाएको बताउने डा. खड्का संविधानसभामा देशको आर्थिक विकास, बेरोजगारी उन्मूलन तथा सङ्घिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने मुद्दा प्रमुखतासाथ उठाउने बताउनुहुन्छ। [२]