मष्टो देवता

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

मष्टो देवता कुलपूजालाई देवाली भन्दछन् । मष्टो दुई थरका छन् दुधे मष्टलाई बलि हुँदैन भने अन्य मष्टलाई बलि गरिन्छ। दुधेमष्ट बाहेक अन्य मष्टको कुलपूजामा बोकाको वलि चडाईन्छ ।

कुलधामीले बोका काटेपछि त्यसको खुन पिउदै उफ्रदै नाँच्दै धामीले मण्डव परिक्रमा गर्दै गरेको दृष्य

कुलधामीले बोकाको भोग (रगत) खान्दछन् । बोकालाई काटेर बोका तथा भेडालाई अंगालोमा राखेर आलो पालो रगत पिउदै मुल धामी मण्डल परिक्रमा गर्छन् । सेतो वस्त्रको पहिरन लगाएका १२ भाइ मष्टाका धामीहरु हातमा चौरी गाईको पुच्छर (चम्मर), घण्ट, धजा समाती भाइ मष्टाका नामहरु उच्चारण गर्दै बाजाको तालमा आँगनमा खेल लगाउँदै नाँच्ने गर्दछन् । यही क्रममा पूजा भनेर वलि गरिदै गरेका वोकाहरुको रगत पिउदा तिनको त्यो सेतो वस्त्र रगतले भिजेर रातो हुन्छ । धामीको टाउकोमा वलि गरिएको बोकाको रगत छर्कने गर्दा धामी खुशी हुन्छ । वलिको बोका काट्नेलाइ धामीले धाप दिन्छ । बोका काटेपछि त्यसको खुन पिउदै उफ्रदै नाँच्दै धामीले मण्डव परिक्रमा गर्दै गरेको दृष्य देखिन्छ । वलि गरिएको बोकाको मासु त्यहाँ गएकाहरु प्रसाद भनेर सबै बाँडेर खाने गर्दछन् । यस पूजामा नौ वहिनी मालिका, बाह्भाइ मष्टा अठार डाईनी मसानी भूत पिचासको पूजा हुन्छ । नरवलिको स्थानमा नरवलि नगरेर त्यहाँ नरिवल वलि गर्ने चलन छ । नरिवल मूल देवताको मण्डवको ढोकाम लगेर काट्ने गरिन्छ ।


पुजा हुने समय[सम्पादन गर्ने]

मष्टो[१] पूजा मुख्य तया वैशाख पुर्णिमा, वैशाख चर्तुदशी,जेठ पुर्णिमा, मंसिर पुर्णिमा ,पौष पुर्णिमा र भाद्र अनन्ते चतुर्दशी भाद्र पुर्णिमाको सेरोफेरोमा गर्दछन् । तीन तीन वर्षको अन्तरमा गरिने कुलपुजामा कुलका सबैको जमघट हुने चलन छ । कुलदेवता पूज्ने तान्त्रिक चलन पूरानै देखा पर्दछ ।

मष्टो सम्बन्धमा इतिहासकार[सम्पादन गर्ने]

कर्णाली प्रदेशमा मध्यकालीन डोटी राज्यका लेखक तथा नेपालका इतिहास विभाग निर्देशक डा. राजाराम सुवेदीका अनुसार कुलदेवता, मष्टो, भवानी, वराह, वन्दी गणका देवी देवता पूज्ने सबै खश हुन। आजकाल तागाधारण गर्ने क्षत्रियहरु ठकुरीहरु भारतीय राजपूत भएको दावा गर्दछन् । आजकालका ब्राह्मणहरु कान्यकुञ्ज र गौड देशका सपना देख्छन तर ती सबै खससंस्कृतिबाट पैदा भएका जाति हुन । नेपालका बाइसी चौवीसी राजाहरु र तिनका गुरु पुरोहितहरु पनि सोझै खशसँग सम्बन्धित छन् । प्रा.डा.सूर्यमणि अधिकारी, बाइसे राज्यको इतिहास पृष्ठ २७५ मा उल्लेख भए अनुसार बाइसे राज्यका शासकहरु ठकुरी परिवार आफ्नो पूर्खेउली भारतका राजपूतहरुसँग लगेर जोड्न खोज्दछन् तर उनीहरुको दावी सिद्ध गर्नसक्ने कुनै प्रमाण पाइएको छैन् । यसै पुस्तकको पृष्ठ २७४ मा के उल्लेख छ भने राजसत्ता प्राप्त गरेका खशहरुले पनि आफ्नोलाई ठकुरीको समकक्षमा स्थापित गरिसकेका थिए । खशहरुले राजालाई रिझाएर अथवा ब्राह्मण पूरोहितलाई दान दिएर जनै धारण गर्ने चलन पूर्वकालमा पनि थियो । यद्यपि प्रचलित छ ।[२] | नेपालका प्राय: जातहरु सबै खस हुन । तिनीहरु हिन्दूधर्मको सम्पर्कमा आउनु अघि शुद्र सरहका मतवाली थिए । हिन्दू परम्परामा आवद्ध हुनु अघि जनै लगाउँदैनथे, धामी धर्म मान्दथे बाह् मध्येका कुनै एक मष्टा र नौ भवानी लाई पुज्दथे । खस भनेको ब्राह्मणबाट खसेको भन्ने आजको धारणा पनि सत्य छैन । कारण खसभन्नाले त्यस जाति भित्र ब्राह्मण समेत पर्दछन् । कर्णाली अञ्चलमा अहिले पनि मतवाली क्षेत्री वा खशहरु छँदैछन् जसको थर आजका क्षेत्री, ठकुरी र ब्राह्मणसँग ठ्यामै मिल्दछन । पहिले मध्यकालमा यिनीहरु नै स–साना राज्य (ठकुराई) का राजा भएका वखत राज परिवार जति ठकुरी जाति तथा उनिहरुका भारदारहरु जति क्षेत्री जाति भएर आफुलाई खश जाति भन्दा उच्चकोटीका क्षेत्री ठान्न थालेकाहुन् । [३] इतिहासकार तथा इतिहास खोजकर्ताहरुका यस्ता भनाई छन् | यी भनाईले गर्दा मष्टो देवता कुलदेवता मान्नेहरु पनि आफ्नो कुलदेवता मष्टो होइन् भन्न सक्छन | डोटी क्षेत्रको बोगटान ,डडेल्धुरा बैतडी र दार्चुलामा मष्टा देवताको प्रभाव न्यून छ | भने डोटी सेतीनदी पूर्व, तेलेको लेक उत्तर , अछाम , बझांग ,बाजुरा ,कालिकोट सहित कर्णाली भेगमा मष्टा देवताको बिगबिगी छ | त्यहाँका ठकुरी, ब्राहमण, छेत्री, वैश्य र दलित भनिनेहरुका कुलदेवता विभिन्न नामका मष्टा र मष्टा अन्तर्गतका स्त्रिरूपहरु भेटिन्छन | कुमाऊबाट डोटी प्रवेशगर्ने कार्तिकेयपुरी कत्युरी नरेश वंशजसंग मष्टो देवता सम्बन्धित भेटिदैन तर जुम्ला दुल्लुबाट डोटी पाल राजा बिजय गर्ने जुम्लाको रैका मल्ल राजा का कुलदेवता बिभिना नामका मष्टो र मष्टासंग सम्बन्धित स्त्रिरूपहरु छन् |[४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. नेपाल परिचय (२०५६), प्रकाशक रत्नपुस्तक भण्डार
  2. बाइसे राज्यको इतिहास पृष्ठ २७५
  3. खगेन्द्र निरौला-2 रत्न पुस्तक भण्डार भोटाहिटी काठमाण्डौ द्वारा प्रकाशित प्रथम संस्करण २०४८ को नेपाल परिचय, पेज नं ११९
  4. कर्णाली प्रदेशमा मध्यकालीन डोटी राज्यका लेखक तथा नेपालका इतिहास विभाग निर्देशक

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

नेपालमा वैदिक आर्य र खश आर्य र मगर मंगोल मुलका मान्छेहरु फरक फरक किसिमले आफ्ना कुलदेवताको पुजा (जांत /पर्ब ) मनाउने गर्दछन । हेरौ मस्टो कुलायन भएका खशहरु को पुजन बिधि यस्तो हुन्छ ,भिडियो यहाँ तल किलिक गर्नुहोस ।

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]