भीम शमशेर जङ्गबहादुर राणा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भीम शमशेर जङ्गबहादुर राणा
नेपालका १४ औँ प्रधानमन्त्री
कार्यकाल
वि.सं. १९८६ मंसिर १२ – वि.सं. १९८९ भाद्र १७
पूर्वाधिकारीचन्द्र शमशेर
उतराधिकारीजुद्ध शमशेर
व्यक्तिगत विवरण
जन्मवि.सं. १९२२ बैशाख ०५
मृत्युवि.सं. १९८९ भाद्र १७
अभिभावकs

भीम शमशेर जङ्गबहादुर राणा (वि.सं १९२२ बैशाख ०५-वि.सं १९८९ भाद्र १७) राणा शासनका छैठौं श्री ३ महाराज तथा नेपालका १४ औँ प्रधानमन्त्री हुन्। प्राइममिनिस्टर काका रणोद्दिप सिंहको हत्यामा उनी पनि संलग्न थिए। खड्गशमशेर, भीम शमशेर र डम्बर शमशेरले रणोद्दिप माथी गोली प्रहार गर्‍का थिए। यिनी थोरै समयमा धेरै शोषण गर्ने शासक हुन्। २९ वर्ष अवधि सम्म प्रधान सेनापति रहेका यिनीलाई बुढा महाराज पनि भनिन्छ।

जन्म[सम्पादन गर्नुहोस्]

उनी आफ्नी माता रानी नन्द कुमारी थापा (गोदार)का पाँचौं र अन्तिम पुत्र हुन् । उनका मावली हजुरबुवा काजी हेमदलसिंह थापा र मामा काजी कर्णेल केशरसिंह थापा हुन् ।

४२ सालको पर्व[सम्पादन गर्नुहोस्]

देवशमशेरको अपदस्त[सम्पादन गर्नुहोस्]

कम्यान्डर इन चिफ[सम्पादन गर्नुहोस्]

देव शमशेरलाई पदच्युत गरेर धनकुटा पठाएपछि चन्द्र शमशेर श्री ३ तथा प्राइममिनिस्टर बने। भीम शमशेर कम्यान्डर इन चिफ (प्रधानसेनापति) बने। उनी नेपाली सेनामा सबैभन्दा लामो समय प्रधानसेनापति बन्ने व्यक्ती हुन्। उनी १९५९ देखि २८ वर्ष सैनिक नेतृत्वमा रहे।

श्री ३ महाराज[सम्पादन गर्नुहोस्]

१९८३ मा चन्द्र शमशेरको निधन भएपछि भीम शमशेर श्री ३ महाराज तथा प्राइममिनिस्टर भएका थिए।

कार्यहरू[सम्पादन गर्नुहोस्]

भीम शमशेरले श्री ३ चन्द्रका जति कार्यहरू गरेनन् तापनि पुगनपुग ३ वर्षमा उनले केही कार्यहरू गरे ।

  • कार्यलय बिहान १० देखि ४ बजे सम्म खुल्ने र शनिबार बिदा गर्ने
  • नेपालमा चाहिने नुन, कपास भन्सार माफ। कपास खेती लाई प्रोत्साहन
  • राजकाज मुद्दा बाहेक अरू मुद्दामा मृत्युदण्ड नदिइने
  • विराटनगर र काठमाडौँमा खानेपानीको व्यवस्था र पाटन, भादगाउँमा केही विद्यालयको स्थापना

शोषण[सम्पादन गर्नुहोस्]

श्री ३ भीमशमशेर अफिमची हुनाले त्यस बेलाका राजदरबारिया कुलतमा चुर्लुम्म डुबेका थिए। आफ्ना विश्वासिला मानिसलाई धनी बनाउने प्रसङ्गमा बाहिरबाट चाँदी झिकाई पैसा ढाल्ने साँचो घरघर पठाउन थाले । नेपालमा गरिबी छँदै थियो अझ थप मुद्रास्फीति पनि बढ्यो र बजारमा भाउ बेसाहा बढ्यो ।[१]

ग्याल्पो काण्ड[सम्पादन गर्नुहोस्]

मुख्य लेख :ग्याल्पो काण्ड

जनजागरण अभियान[सम्पादन गर्नुहोस्]

लाइब्रेरी पर्व[सम्पादन गर्नुहोस्]

लाइब्रेरी पर्वले भीमशमशेरको अनुदार छवि प्रस्तुत गर्छ। खास गरी उनले सार्वजनिक सूचना जारी गरी जनहितका निमित्त सुझाव मागेकामा लक्ष्मीप्रसाद देवकोटा लगायत ४० जनाले नेपालमा सार्वजनिक पुस्तकालय खोल्न पाउनुपर्ने माग राखे। सार्वजनिक पुस्तकालय खोल्छु भन्नेलाई उनले जेलमा कोचे। यस्तो धोखाधडीका कारण पनि उनी इतिहासमा बदनाम छन्।

प्रचण्ड गोरखापर्व[सम्पादन गर्नुहोस्]

भीमशमशेरको प्रधानमन्त्रीकालको दोस्रो वर्षमा राणा शासनका विरुद्ध ठूलो षड्यन्त्र भयो, जसलाई प्रचण्ड गोरखापर्व भनिन्छ । प्रचण्ड गोरखाको उद्देश्य नेपालबाट राणाशासन खत्तम गर्ने थियो । श्री ५ राजेन्द्रका वंशका लक्ष्मण राजाले यस षड्यन्त्रको पोल भीमशमशेरलाई खोलिदिएकाले यसमा सहभागी खण्डमानसिंह बस्न्यात , मैनाबहादुर लगायत सबै गिरफ्तार भए ।

मृत्यु[सम्पादन गर्नुहोस्]

भीमशमशेरको निधन सन् १९३२ सेप्टेम्बर १ (१९८९ भदौ १७) को बेलुकी ९ बजेर ५ मिनेटमा भएको थियो। उनको निधन पित्तथैली सुन्निने कारणबाट भएको हो। नेपालमा उनको निधन शूलबाट भएको भनिन्छ। उनका नातिहरू सुवर्ण र महावीरशमशेरले त चन्द्रशमशेरका पाँच भाइ छोराले धनको बलमा उपचारमा संलग्न डाक्टरमार्फत षड्यन्त्र गरेको भनी मान्छन् भनेर पनि लेखिएको छ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २५९, आइएसबिएन 99933-2-406-X 
  2. खडेरी, सन्तोष (३० वैशाख २०८०), "श्री ३ भीमशमशेरको निधन र मृत्यु प्रमाणपत्र", हिमाल प्रेस 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]