खण्डमानसिंह बस्न्यात
खण्डमानसिंह बस्न्यात नेपालको पहिलो राजनीतिक सङ्गठन प्रचण्ड गोरखाका संस्थापक थिए । उनी अभिमान सिंह बस्न्यातका वंशज थिए।[१]
सैनिक जीवन
[सम्पादन गर्नुहोस्]खण्डमानसिंह पहिलो विश्वयुद्धमा बृटिश भारतीय सेनामा भर्ती भएका थिए । उनी अफगानिस्तानको युद्ध लडि , बाँचेर फर्केका सिपाहीमध्ये सोझै ठूलो कप्तानी दर्जा आर्जन गर्ने व्यक्ती थिए । श्री ३ चन्द्रले भर्ती गरेका उनलाई भीम शमशेरले रिकुटे तालिमी कप्तानलाई तराई सिकारीफाँटमा सरुवा गरी नागार्जुनमा पनि लैजान्थे । लामो हिमचिम पछि दु:ख , सेवाचाकरी पनि गरेका हुनाले दर्जा बढ्ने आशाले एक दिन खण्डमानले भीम शमशेरसँग पदोन्नतिको आशाले अनुरोध गरे । त्यो सुनेर भीम शमशेरले भएभरका तुच्छ गालीगलौज तथा अपशब्द बोले । त्यहीँ झोकमा खण्डमानले जागिर त्यागी ढाक्रे भई बसे ।
प्रचण्ड गोरखा
[सम्पादन गर्नुहोस्]उनले राणाशासनको विरुद्ध सङ्गठन गर्ने निर्णय गरे । तदनुसार उनले वि सं १९२५ को जापानका मेइजीलाई शक्तिशाली बनाई शोगुनहरू अपदस्थ भएको घटना नेपालमा पनि घटाउन चाहन्थे। नेपालमा संसदीय प्रणाली, संसदीय राजतन्त्र, बहुदलीय प्रजातन्त्रक्आ आधारमा सरकार स्थापना गर्न भए भरका राणाहरू एकै ठाउँमा भेला भएको मौका पारी बम विस्फोट गराउने योजना कप्तान खण्डमानसिंह बस्न्यातले तयार पारे ।
बि.सं १९८८ मा खण्डमानसिंह, खड्गमान सिंह, मैनाबहादुर, रङ्गनाथ शर्मा, उमेशविक्रम शाह आदि सँग मिलेर प्रचण्ड गोर्खा नामक गोप्य संगठन स्थापना गरे, जुन नेपालको सत्ताबाट राणा वंशलाई हटाउन सुरु गरिएको थियो।[२] तर लक्ष्मण विक्रमले त्यो कुराको भण्डाफोर गर्दा उमेशविक्रमलाई पाल्पा, अन्यलाई सर्वस्यसहित कारावास भयो। खण्डमानसिंह र मैनाबहादुर जेलमै मरे। २००७ सालमा खड्गमानसिंह छुटे र २० वर्षमा गलफन्दी र नेलबाट मुक्ति पाए।[३] उनको मृत्यु क्षयरोग भएको थियो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Democratic Movement in Nepal and the Indian Left, २००१, अन्तिम पहुँच १३ नोभेम्बर २०२१।
- ↑ The History of Constitutional Development of Nepal, 1948-1980, १९८१, अन्तिम पहुँच १३ नोभेम्बर २०२१।
- ↑ सुवेदी, राजाराम (२०५०), "प्रचण्ड व्यक्तित्व", जनमत ५३: ७–१०।