ताकम
स्वरूप
ताकम | |
|---|---|
पूर्व गाविस | |
| निर्देशाङ्क: २८°२६′N ८३°१९′E / 28.43°N 83.32°E | |
| देश | |
| प्रदेश | गण्डकी प्रदेश |
| जिल्ला | म्याग्दी जिल्ला |
| क्षेत्रफल | |
| • जम्मा | १९.२७ किमी२ (७.४४ वर्ग माइल) |
| जनसङ्ख्या | |
| • जम्मा | ३,७५४ |
| • घनत्व | १९०/किमी२ (५००/वर्ग माइल) |
| समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
ताकम नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको धवलागिरी अञ्चल, म्याग्दी जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३७५४ रहेको थियो जसमध्ये १६४० पुरुष र २११४ महिला रहेका थिए भने यहाँ ८७८ घरधुरी रहेको थियो।[१] यो हाल धवलागिरी गाउँपालिकामा पर्दछ।
यो धवलागिरी गाउँपालिकाको वडा नम्बर ७ हो।
ऐतिहासिक बगाले राज्य
[सम्पादन गर्नुहोस्]
बगाले कुलका आत्रेय गोत्रका खस क्षत्रिय राजा कालु थापा ताकमका राजा थिए । माहिँला छोरा तारापति थापा पनि यहींका राजा थिए ।[२] त्यस्तै जेठा छोरा पूर्णखर (पुन्याकर) थापा पुलाचौर, रुकुमकोटमा साहिँला विरु थापा र ज्यामरुककोटमा कान्छा जशोधर (धर्मराज) थापाले राज्य गरेका थिए ।[२] चार हजार पर्वत भनि मानिएको यो राज्यमा थापाहरूले ३०० वर्ष सम्म शासन गरेका थिए ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)। राष्ट्रिय योजना आयोग सचिवालय। नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।
- 1 2 नरहरिनाथ १९५५.