ज्यामरुककोट
स्वरूप
ज्यामरुककोट | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: २८°२६′N ८३°१९′E / २८.४३°N ८३.३२°Eनिर्देशाङ्कहरू: २८°२६′N ८३°१९′E / २८.४३°N ८३.३२°E | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | म्याग्दी जिल्ला |
जनसङ्ख्या | |
• जम्मा | ३,५४९ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
ज्यामरुककोट नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको धवलागिरी अञ्चल, म्याग्दी जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३५४९ रहेको थियो जसमध्ये १५६६ पुरुष र १९८३ महिला रहेका थिए भने यहाँ ८८४ घरधुरी रहेको थियो।[१] यो हाल बेनी नगरपालिकामा पर्दछ।
ऐतिहासिक बगाले राज्य
[सम्पादन गर्नुहोस्]बगाले कुलका आत्रेय गोत्रका खस क्षत्रिय राजा कालु थापाका कान्छा छोरा जशोधर (धर्मराज) थापा ज्यामरुककोटका राजा थिए ।[२] त्यस्तै पुलाचौरमा जेठा पूर्णखर (पुन्याकर) थापा, ताकममा माहिँला तारापति थापा र रुकुमकोटमा साहिँला विरू थापाले राज्य गरेका थिए ।[२] चार हजार पर्वत भनि मानिएको यो राज्यमा थापाहरूले ३०० वर्ष सम्म शासन गरेका थिए
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)। राष्ट्रिय योजना आयोग सचिवालय। नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।
- ↑ २.० २.१ नरहरिनाथ १९५५.