रत्नेचौर
रत्नेचौर | |
---|---|
![]() रत्नेचौरमा गरिएको धान खेति | |
देश | ![]() |
अञ्चल | धौलागिरी अञ्चल |
जिल्ला | म्याग्दी जिल्ला |
जनसङ्ख्या (1991) | |
• जम्मा | २,३६९ |
समय क्षेत्र | युटिसी+5:45 (नेपालको प्रमाणिक समय) |
रत्नेचौर नेपालको पश्चिमाञ्चल विकास क्षेत्र धवलागिरी अञ्चलको म्याग्दी जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। समुद्र सतहदेखि करिब ९५० मी. उचाईमा अवस्थित यो गा.वि.स. आकारमा अङ्ग्रेजी अक्षर V जस्तै देखिन्छ । यस गा.वि.स.को वार्ड नं १, २, ३, ४ र ५ समथर भू–भागमा पर्दछन् जसलाई समग्रमा रत्नेचौर भनिन्छ भने अन्य ६, ७, ८ र ९ वडाहरू केही भिरालो स्थानमा रहेका छन् जसलाई अर्जम भन्ने गरिन्छ । यस पावन भूमिको पूर्वमा पवित्र कालीगण्डकी नदीले पर्वत जिल्लासँग जोडेको छ भने, पश्चिम र उत्तरतर्फ ज्यामरुककोट गाविस तथा दक्षिणमा बागलुङ जिल्ला पर्दछ । म्याग्दी जिल्लाको सदरमुकाम बेनी र बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारको बीचमा पर्ने यो गा.वि.स. अन्न उतपादनका हिसाबले अन्न भण्डारको रूपमा पनि चिनिन्छ । अधिकांश जमीन, समथर र सिचाईंको राम्रो सुविधा भएकाले यहाँ धान, गहुँ र मकै जस्ता अन्नबाली पर्याप्त उत्पादन हुने तथा भिरालो जमीनमा कोदो र मकैको राम्रै उत्पादन हुने गर्दछ । यहाँ उत्पादन हुने भुजाले बागलुङ, मुस्ताङ, पोखरा र काठमाडौँ लगायतका शहर बजारहरूमा विक्रि हुने गरेको पाइन्छ ।
ऐतिहासिक पृष्ठभूमी[सम्पादन गर्नुहोस्]
यो गाउँमा बसोबास कहिलेबाट भयो भन्ने सम्बन्धमा आधिकारिक प्रमाण नभेटियता पनि सिंचाई तथा पिउनेपानीको निमित्त वि.सं. १९८५मा खनिएको कुलो तथा यहाँ भएका चौपारी र ठूलो पोखरी सितका अति पुराना वर, पिपल, आँप तथा चापका वृक्षहरूबाट पनि यस गाउँमा मानिसको बसोबास धेरै पहिलेदेखि नै भएको बुझिन्छ । इतिहासलाई कोट्याएर हेर्दा पर्वत राज्य अन्तरगत भुरे राजाहरूले शासन गर्दै गरेको बखतमा नेपालको एकिकरण अभियानमा बहादुर शाहले यसलाई पनि विशाल नेपाल राज्यमा गाभेको जनश्रुती पाइन्छ । वि.सं. २०१८ सालमा नेपाल अधिराज्यलाई ७५ जिल्लामा विभाजित गरी प्रशासनिक सहजतका लागि विभिन्न गाउँहरूको विभाजन गरिदाका समयमा पनि यो गाउँ ज्यामरुककोट गाउँ पञ्चायत अन्तरगत रहेको र पछि वि.सं. २०३६ साल पश्चात ज्यामरुककोट गाउँ पञ्चायतबाट छुट्टिएर रत्नेचौर गाउँ पञ्चायत हुन गएको हो ।