सामग्रीमा जानुहोस्

रत्नेचौर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रत्नेचौर
पूर्व गाविस
रत्नेचौरमा गरिएको धान खेति
रत्नेचौरमा गरिएको धान खेति
रत्नेचौर मा पर्दछ गण्डकी प्रदेश
रत्नेचौर
नेपालको नक्सामा रत्नेचौरको अवस्थिति
रत्नेचौर मा पर्दछ नेपाल
रत्नेचौर
रत्नेचौर (नेपाल)
निर्देशाङ्क: २८°२६′N ८३°१९′E / 28.43°N 83.32°E / 28.43; 83.32
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लाम्याग्दी जिल्ला
क्षेत्रफल
  जम्मा५.३ किमी (२�० वर्ग माइल)
जनसङ्ख्या
  जम्मा२,३३३
  घनत्व४४०/किमी (११००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

रत्नेचौर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको धवलागिरी अञ्चल, म्याग्दी जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २३३३ रहेको थियो जसमध्ये ९८६ पुरुष र १३४७ महिला रहेका थिए भने यहाँ ६२२ घरधुरी रहेको थियो।[] यो हाल बेनी नगरपालिकामा पर्दछ। यो बेनी नगरपालिकाको वडा नम्बर १ हो।


समुद्र सतहदेखि करिब ९५० मी. उचाईमा अवस्थित यो गा.वि.स. आकारमा अङ्ग्रेजी अक्षर V जस्तै देखिन्छ । यस गा.वि.स.को वार्ड नं १, २, ३, ४ र ५ समथर भू–भागमा पर्दछन् जसलाई समग्रमा रत्नेचौर भनिन्छ भने अन्य ६, ७, ८ र ९ वडाहरू केही भिरालो स्थानमा रहेका छन् जसलाई अर्जम भन्ने गरिन्छ । यस पावन भूमिको पूर्वमा पवित्र कालीगण्डकी नदीले पर्वत जिल्लासँग जोडेको छ भने, पश्चिम र उत्तरतर्फ ज्यामरुककोट गाविस तथा दक्षिणमा बागलुङ जिल्ला पर्दछ । म्याग्दी जिल्लाको सदरमुकाम बेनीबागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारको बीचमा पर्ने यो गा.वि.स. अन्न उतपादनका हिसाबले अन्न भण्डारको रूपमा पनि चिनिन्छ । अधिकांश जमीन, समथर र सिचाईंको राम्रो सुविधा भएकाले यहाँ धान, गहुँमकै जस्ता अन्नबाली पर्याप्त उत्पादन हुने तथा भिरालो जमीनमा कोदोमकैको राम्रै उत्पादन हुने गर्दछ । यहाँ उत्पादन हुने भुजाले बागलुङ, मुस्ताङ, पोखराकाठमाडौँ लगायतका शहर बजारहरूमा विक्रि हुने गरेको पाइन्छ ।

ऐतिहासिक पृष्ठभूमी

[सम्पादन गर्नुहोस्]

यो गाउँमा बसोबास कहिलेबाट भयो भन्ने सम्बन्धमा आधिकारिक प्रमाण नभेटियता पनि सिंचाई तथा पिउनेपानीको निमित्त वि.सं. १९८५मा खनिएको कुलो तथा यहाँ भएका चौपारी र ठूलो पोखरी सितका अति पुराना वर, पिपल, आँप तथा चापका वृक्षहरूबाट पनि यस गाउँमा मानिसको बसोबास धेरै पहिलेदेखि नै भएको बुझिन्छ । इतिहासलाई कोट्याएर हेर्दा पर्वत राज्य अन्तरगत भुरे राजाहरूले शासन गर्दै गरेको बखतमा नेपालको एकिकरण अभियानमा बहादुर शाहले यसलाई पनि विशाल नेपाल राज्यमा गाभेको जनश्रुती पाइन्छ । वि.सं. २०१८ सालमा नेपाल अधिराज्यलाई ७५ जिल्लामा विभाजित गरी प्रशासनिक सहजतका लागि विभिन्न गाउँहरूको विभाजन गरिदाका समयमा पनि यो गाउँ ज्यामरुककोट गाउँ पञ्चायत अन्तरगत रहेको र पछि वि.सं. २०३६ साल पश्चात ज्यामरुककोट गाउँ पञ्चायतबाट छुट्टिएर रत्नेचौर गाउँ पञ्चायत हुन गएको हो ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग