सामग्रीमा जानुहोस्

धवलागिरि अञ्चल

धवलागिरि अञ्चल
धवलागिरि अञ्चल धौलागिरी अञ्चल-को अवस्थिति
धवलागिरि अञ्चल
निर्देशाङ्कमा धवलागिरि अञ्चलको सदरमुकाम देखाइएको
धवलागिरि अञ्चल पश्चिमाञ्चल विकास क्षेत्र-को अवस्थिति
धवलागिरि अञ्चल
निर्देशाङ्कमा धवलागिरि अञ्चलको सदरमुकाम देखाइएको
धवलागिरि अञ्चल नेपाल-को अवस्थिति
धवलागिरि अञ्चल
निर्देशाङ्कमा धवलागिरि अञ्चलको सदरमुकाम देखाइएको
निर्देशाङ्क: २८°१६′ उत्तर ८३°३६′ पूर्व / २८.२६७° उत्तर ८३.६००° पूर्व / 28.267; 83.600
देश नेपाल
क्षेत्रफल
 • जम्मा८,१४८ किमी२ (३१४६ वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

धवलागिरि अञ्चल नेपालको चौध अञ्चलहरू मध्ये एक थियो। बागलुङ, मुस्ताङ, म्याग्दी र पर्वत गरी चार जिल्लाहरू मिलेर बनेको थियो। धौलागिरी हिमालको नामबाट यसको नामकरण गरिएको थियो। यसको सदरमुकाम बागलुङ हो। यो नेपालको पश्चिमाञ्चल विकास क्षेत्रमा पर्दछ। धार्मिक तथा पर्यटकिय स्थानहरू प्रशस्त भएर पनि प्रचार-प्रसारको कमीले गर्दा पर्यटनको राम्रो विकास हुन सकेको छैन। प्रसिध्द तिर्थ स्थल मुक्तिनाथ,बाग्लुङ कालिका भगवति मन्दिर लगायत का प्रशस्त धार्मिक तिर्थ स्थलहरू रहेका छन् भने पर्यटकिय क्षेत्रमा कालिगण्डकि नदिमा गरिने राफ्टीङ, मुस्ताङ पद यात्रा,म्याग्दिको तातो पानी क्षेत्र ,ढोरपाटन निकुन्ज लगायतका ठाउ छन्। साथै प्रचार-प्रसारको कमीले गर्दा पछाडि परेको पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारको छेउमा रहेको गुप्तेश्वर गुफा ( २ कि.मि. लामो)पनि पर्यटकीय तथा धार्मिक रूपले महत्त्वपूर्ण मानिन्छ। यी चार जिल्लाहरू मध्ये मुस्ताङ सबैभन्दा विकट जिल्ला हो। मुस्ताङलाई हिमाल पारिको जिल्लाको नामले पनि चिन्ने गरिन्छ।

प्रशासनिक उपविभाजन

[सम्पादन]

लुम्बिनी अञ्चललाई छ जिल्लामा विभाजन गरिएको थियो। यसका सबै जिल्लाहरू हाल गण्डकी प्रदेशमा पर्दछ।

जिल्ला प्रकार सदरमुकाम हालको भाग
बागलुङ पहाड बागलुङ गण्डकी प्रदेश
मुस्ताङ हिमाल जोमसोम
म्याग्दी पहाड बेनी
पर्वत पहाड कुश्मा

यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]