सामग्रीमा जानुहोस्

पूर्वाञ्चल विकास क्षेत्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पूर्वाञ्चल विकास क्षेत्र
पूर्वाञ्चल विकास क्षेत्रको अवस्थितिको अवस्थिति
पूर्वाञ्चल विकास क्षेत्रको अवस्थिति
पूर्वाञ्चल विकास क्षेत्रको अवस्थिति
देश नेपाल
स्थापितवि.सं २०१८
विघटितवि.सं २०७२
संस्थापकराजा महेन्द्र
सदरमुकामधनकुटा, कोशी अञ्चल
सबैभन्दा ठुलो सहरविराटनगर
अञ्चलहरू
सरकार
  प्रकारक्षेत्रीय प्रशासन
  अङ्गपूर्वाञ्चल विकास क्षेत्र प्रशासन
क्षेत्रफल
  जम्मा२८४५६ किमी (१०९८७ वर्ग माइल)
उच्चतम उचाई
८८४८ मिटर (२९०२९ फिट)
न्यूनतम उचाई
५० मिटर (१६० फिट)
जनसङ्ख्या
 (वि.सं २०६८ को जनगणना)
  जम्मा५,८११,५५५
 जनसङ्ख्या टिप्पणी
वासिन्दापूर्वेली
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
आधिकारिक भाषानेपाली

पूर्वाञ्चल विकास क्षेत्र नेपालको पाँच विकास क्षेत्रहरू मध्य एउटा विकास क्षेत्र हो। यो नेपालको सबैभन्दा पूर्वमा स्थित छ। यसको पूर्वमा भारतको सिक्किम तथा पश्चिम बङ्गालको दार्जीलिङ तथा पश्चिममा नेपालको मध्यमाञ्चल तथा उत्तरमा चीनको तिब्बत तथा दक्षिणमा भारतको बिहार स्थित छ। पूर्वाञ्चलको सदरमुकाम धनकुटामा स्थित छ। पूर्वाञ्चलमा ३ वटा अञ्चल तथा १६ वटा जिल्लाहरू छन्।

यो क्षेत्र नेपालको तेस्रो सबैभन्दा ठुलो विकास क्षेत्र हो तर जनसङ्ख्याको हिसाबले नेपालको दोस्रो सबभन्दा ठुलो जनसङ्ख्या भएको विकास क्षेत्र हो। यस क्षेत्रको क्षेत्रफल २८,४५६ किमी (१०,९८७ वर्ग माइल) छ र जनसङ्ख्या ५८११५५५ जना छ। यस क्षेत्रको जनसङ्ख्या घनत्व २०४.२ व्यक्ति/किमा छ।

२०१८ वैशाख १ का दिन नेपालका राजा महेन्द्रले विद्यमान ३५ जिल्लालाई ७५ जिल्लामा विभाजन गरी १४ प्रशासनिक क्षेत्रमा विभाजन गरेका थिए।

२०१९ मा राजाले १४ अञ्चललाई कुल ५ विकास क्षेत्रमा विभाजन गरेकाले पूर्वाञ्चल विकास क्षेत्र अस्तित्वमा आएको थियो।[]

२०७२ असोज ३ मा नेपालको नयाँ संविधान २०७२ घोषणा भएपछि पूर्वाञ्चल लगायत नेपालका अन्य सबै विकास क्षेत्र खारेज गरिएको थियो। यस क्षेत्रको कुल क्षेत्रफल २८,४५६ वर्ग किलोमिटर रहेको छ।

प्रशासनिक विभाजनहरू

[सम्पादन गर्नुहोस्]

यो विकास क्षेत्र ३ अञ्चल र १६ जिल्लाहरूमा विभाजित थियो। जिल्लाहरूलाई क्रमशः नगरपालिका र गाविसमा पुनः विभाजित गरिएको थियो।

यस विकास क्षेत्रमा तीन अञ्चल समावेश थिए।

यस विकास क्षेत्रमा कुल १६ जिल्ला रहेका थिए। मेची अञ्चलमा ४ जिल्ला र कोशीसगरमाथामा ६-६ वटा जिल्लाहरू रहेका थिए।

नगरपालिकाहरू

[सम्पादन गर्नुहोस्]

वि.सं २०७१ अगाडि, नेपालमा जम्मा ५८ वटा नगरपालिकाहरू रहेका थिए जसमध्ये यस विकास क्षेत्रमा १४ वटा नगरपालिकाहरू रहेका थिए।[]

# नगरपालिका जिल्ला अञ्चल
इलामइलाममेची अञ्चल
भद्रपुरझापा जिल्लामेची अञ्चल
दमकझापा जिल्लामेची अञ्चल
मेचीनगरझापा जिल्लामेची अञ्चल
विराटनगर उपमहानगरपालिकामोरङ जिल्लाकोशी अञ्चल
धरानसुनसरी जिल्लाकोशी अञ्चल
धनकुटाधनकुटा जिल्लाकोशी अञ्चल
8इनरूवासुनसरी जिल्लाकोशी अञ्चल
इटहरीसुनसरी जिल्लाकोशी अञ्चल
१०खाँदबारीसङ्खुवासभा जिल्लाकोशी अञ्चल
११राजविराजसप्तरी जिल्लासगरमाथा अञ्चल
१२लहानसिराहा जिल्लासगरमाथा अञ्चल
१३सिराहासिराहा जिल्लासगरमाथा अञ्चल
१४त्रियुगाउदयपुर जिल्लासगरमाथा अञ्चल

प्रकृति र भूगोल

[सम्पादन गर्नुहोस्]

पारिस्थितीक रूपले यो क्षेत्र तीन क्षेत्रमा बाँडियेको छ: पर्वत, पहाड र तराई। यस क्षेत्रको तथा सम्पुर्ण विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा हो। यो सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लामा पर्दछ।

पूर्वाञ्चल क्षेत्रमा सबभन्दा प्रमुख नदीहरूमा कोशी नदी हो जुन कि गङ्गाको सहायक नदी हो र मेची नदी भने महानन्दा नदीको सहायक नदी हो। नेपालको ठुलै नदी प्रणाली हो कोशी नदी र यसको अग्लो झरना प्रपात ह्यात्रुंग झरना तेह्रथुम जिल्लामा अवस्थित छ।[] ह्यात्रुंग झरना प्रपात (२७°१४′१७″उ ८७°३३′४६″पू / 27.23806°N 87.56278°E / 27.23806; 87.56278) ३६५ मी (१,१९८ फिट) अग्लो छ।

यो क्षेत्र जैविक विविधतामा धनी मानिन्छ, उदाहरणस्वरुप नेपालमा ३१ जातिका गुराँस पाइन्छन् जसमा २८ जातिका गुराँस तीनजुरे-मिल्के-जल्जले क्षेत्रमा मात्र पाइन्छ।[]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "2.3 Spatial Distribution of Population", cbs.gov.np, मूलबाट २ सेप्टेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ फेब्रुअरी २०१८ अभिलेखिकरण २ सेप्टेम्बर २०१८ वेब्याक मेसिन
  2. "Municipalities and VDCs", www.geocities.ws/, अन्तिम पहुँच ५ मे २०१८
  3. 1 2 "An overview of the Eastern Region of Nepal" (pdf), Biratnagar, Nepal: United Nations Nepal Information Platform, १४ मार्च २०१३, अन्तिम पहुँच २६ अक्टोबर २०१३

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]