सामग्रीमा जानुहोस्

खाँदबारी नगरपालिका

खाँदबारी
खाँदबारी नगरपालिकाको बजारको दृश्य
खाँदबारी नगरपालिकाको बजारको दृश्य
खाँदबारी सङ्खुवासभा जिल्ला-को अवस्थिति
खाँदबारी
खाँदबारी
खाँदबारी कोशी प्रदेश-को अवस्थिति
खाँदबारी
खाँदबारी
खाँदबारी नेपाल-को अवस्थिति
खाँदबारी
खाँदबारी
निर्देशाङ्क: २७°२२′ उत्तर ८७°१३′ पूर्व / २७.३६७° उत्तर ८७.२१७° पूर्व / 27.367; 87.217
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लासङ्खुवासभा
स्थापनावि.सं. २०५३ माघ ११[]
समावेश (गाविस)मनकामना, पाङ्मा र मालटा
सम्मिलित (मिति)वि.सं. २०५३ माघ ११
समावेश (गाविस)सितलपाटी
सम्मिलित (मिति)वि.सं. २०७३ फाल्गुन २२[]
सरकार
  नगरप्रमुखमहेश थपलिया (नेपाली काङ्ग्रेस)
  उपप्रमुखमहेश्वरा श्रेष्ठ बज्राचार्य (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा१२२.७८ किमी (४७.४१ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३५,५६५
  घनत्व२९०/किमी (७५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
वेबसाइटआधिकारिक वेबसाइट

खाँदबारी नगरपालिका (खाँदवारी) नेपालको कोशी प्रदेश मा पर्ने सङ्खुवासभा जिल्लाको सदरमुकाम तथा एक नगरपालिका हो। सङ्खुवासभा जिल्लाको ऐतिहासिक बजार चैनपुरमा पहिले यस जिल्लाको सदरमुकाम रहेकोमा वि.सं. २०२४ जेठ ८ गतेको सरकारी निर्णयबाट तत्कालिन खाँदबारी बजारमा सदरमुकाम सारिएको थियो।[][] सङ्खुवासभा जिल्लाका तत्कालिन मनकामना, पाङ्मा र मालटा गाउँ विकास समितिहरूलाई वि.सं. २०५३ माघ ११ गते मिलाएर खाँदबारी नगरपालिका घोषणा गरिएको थियो। वि.सं. २०७३ फाल्गुन २२ मा नेपाल सरकारको निर्णय अनुसार सित्तलपाटी गाविस समेत यसमा गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो।[][][] यो नगरपालिका ११ वडामा विभाजित छ।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार खाँदबारी नगरपालिकाको कुल जनसङ्ख्या ३५,५६५ रहेको छ भने यहाँ ९,३०९ घरधुरी रहेका छन्।[]

खाँदबारी नगरपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
खाँदबारी (१)५,६७५३.९३१,४४३.७७
खाँदबारी (२)१,८१०१०.६५१७०.००
खाँदबारी (३)४,०२४४.८३८३३.१३
खाँदबारी (४-५)३,३५०१२.६२६५.८७
खाँदबारी (६-७)१,४९६९.२८१६१.२०
खाँदबारी (८-९)२,०९४१७.०८१२२.६०
खाँदबारी (१०)३,८५१६.०२६३९.७०
खाँदबारी (११)३,३४९९.७७३४२.७८
खाँदबारी (१२-१३)५,४८८१७.१३२०.९४
१०सित्तलपाटी (१-५, ९)२,६३५१७.२८१५२.४९
११सित्तलपाटी (६-८)१,७९३१४.२४१२५.९१
कुल३५,५६५१२२.७८२८९.६६

ऐतिहासिक, धार्मिक तथा पर्यटकिय स्थलहरू

[सम्पादन]
  • मनकामना मन्दिर
  • चारधाम मन्दिर
  • सतीढुङ्गा
  • फेक्मालुङ (ठूलो ढुङ्गा)
  • पोखरी पार्क
  • शान्ति वाल उद्यान
  • तुम्लिङ्टार एयरपोर्ट
  • लहरीखर्क बनभोज स्थल
  • चेवा स्थीत भ्यू टावर
  • कोकले बजार (खोरण्डे)

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "चार किल्ला खोली नगरपालिका क्षेत्र तोकी बिभाजन गरेको", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच जनवरी २०२२
  2. "गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको क्षेत्र तोकी केन्द्र कायम गरेको", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच फेब्रुअरी २०२२
  3. "गृह पंचायत मन्त्रालयको सूचना चईनपूरको सट्टा खाँदबारी तोकेको" (pdf), नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच जनवरी २०२२
  4. "पूर्वको करिब २५० बर्ष पुरानो ब्यापारिक केन्द्र चैनपुर बजारलाई सुर्यबहादुर थापाले यसरी बनाए स्याल कराउने पाखो", पूर्वेली न्युज (नेपालीमा), २०१८-०८-११, अन्तिम पहुँच २०२२-०१-२९ अभिलेखिकरण २०२२-०१-२९ वेब्याक मेसिन
  5. "गाउँ र नगरपालिका कुन जिल्लामा कति ?", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४
  6. काफ्ले, प्रतिक्षा (३० फाल्गुन २०७३), "जिविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर, अन्तिम पहुँच ३० फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०५-०६ वेब्याक मेसिन
  7. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३ अभिलेखिकरण २०१७-०५-१८ वेब्याक मेसिन
  8. "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१

बाह्य कडीहरू

[सम्पादन]