खाँदबारी नगरपालिका
खाँदवारी | |
---|---|
— नगरपालिका/सदरमुकाम — | |
निर्देशाङ्क: २७°१३′उत्तर ८७°०८′पूर्व / २७.२२° उत्तर ८७.१३° पूर्वनिर्देशाङ्क: २७°१३′उत्तर ८७°०८′पूर्व / २७.२२° उत्तर ८७.१३° पूर्व | |
देश | ![]() |
अञ्चल | कोशी |
जिल्ला | सङ्खुवासभा |
सरकार | |
- मेयर | मुरारी प्रसाद खतिवडा |
- उप मेयर | डेगेश्वरी श्रेष्ठ |
क्षेत्रफल | |
- जम्मा | ४१ किमी२ (१५.८ वर्ग मी) |
जनसङ्ख्या | |
- जम्मा | २६,३०१ |
- जनघनत्व | ६४१.५/किमी२ (१,६६१.४/वर्ग मी) |
समय क्षेत्र | नेपालको प्रमाणिक समय (युटिसी+५:४५) |
वेबसाइट | khandbarimun.gov.np |
खाँदवारी नगरपालिका सङ्खुवासभा जिल्लाको सदरमुकाम तथा उक्त जिल्लामा रहेको एक मात्र नगरपालिका हो। संखुवासभा जिल्लाको ऐतिहासिक बजार चैनपुरमा पहिले यस जिल्लाको सदरमुकाम रहेको थियो। वि. सं. २०३१ सालमा सदरमुकाम खाँदवारी बजारमा सारिएको हो
हाल सदरमुकाम स्थित पोखरी भनिने खुल्ला स्थानमा आज भन्दा २०-२५ वर्ष अगाडिसम्म पनि एउटा पोखरी रहेको थियो। त्यस पोखरीको वीचमा एक थुम्को रहेको र त्यस थुम्कोमा सिमलीको ठूलो रुख रहेको थियो। गोर्खाली सैनिकहरूले एकिकरणताका भोट प्रदेशको सैर गरि फर्कंदा पोखरीवीचको थुम्कामा पूजाआजा तथा वढाई गरि रगत लागेका तरवार खुँडा आदि धोईपखाली गरेकोले उक्त स्थानलाई खुँडावारी भनिने गरिन्थ्यो। यही शब्दको अपभ्रंश भएर खाँडवारी हुँदै खाँदवारी भएको हो भन्ने जनश्रुति पाइन्छ। त्यस्तै पौराणिक किंवदन्ती अनुसार हालको सदरमुकाम रहेको खाँदबारी बजारमा पहिले एक ठूलो पोखरी थियो। जहाँ अर्ना हाँसहरू बसोबास गर्दथे। पहिले पहिले यस ठाउँमा स-साना राज्यहरू भएको पाइन्थ्यो। यिनीहरू एक आपसमा लडाईं गरी आफ्नो हतियार खाँडो उक्त पोखरीमा पखाल्ने पोखरी खाँड पोखरी हुँदै गयो र हालको नाम खाँदबारी रहन गएको हो। विस्तार-विस्तार जनसङ्ख्या बढ्दै गयो र हाल उक्त पोखरी पुरिईसकेको छ र जसको चारैतिर पसल र घरहरू छन्।
|