सामग्रीमा जानुहोस्

इलाम नगरपालिका

इलाम
चारखोला[][]
इलामको सदाबहार चियाबारी
इलामको सदाबहार चियाबारी
इलाम इलाम जिल्ला-को अवस्थिति
इलाम
इलाम
इलाम कोशी प्रदेश-को अवस्थिति
इलाम
इलाम
इलाम नेपाल-को अवस्थिति
इलाम
इलाम
निर्देशाङ्क: २६°५४′३०″ उत्तर ८७°५५′३५″ पूर्व / २६.९०८३३° उत्तर ८७.९२६३९° पूर्व / 26.90833; 87.92639
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाइलाम जिल्ला
नगरपालिकावि.सं. २०१७ बैशाख १[]
समावेश क्षेत्रइलाम बजार
सम्मिलित (गाविस)बरबोटे, साँखेजुङ, सुम्बेक, पुवामझुवा, सोयाक, गोदक, साङरुम्बा (१-६), माईपोखरी (१-३) र सिद्धिथुम्का (७)
सम्मिलित मितिवि.सं. २०७३ फाल्गुण २७[]
सरकार
  नगरप्रमुखकेदार थापा (नेपाली काङ्ग्रेस)
  उपप्रमुखविष्णुकुमारी लिम्बु (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा१७३.३२ किमी (६६.९२ वर्ग माइल)
उच्चतम उचाई
३,६३६ मिटर (११९२९ फिट)
न्यूनतम उचाई
१४० मिटर (४६० फिट)
जनसङ्ख्या
  जम्मा५०,०८५
  घनत्व२९०/किमी (७५०/वर्ग माइल)
जातीयता
  मुख्य जातीयतालिम्बु, क्षेत्री, राई, गुरुङ, नेवार, लेप्चा
भाषा
  मुख्य भाषाहरूनेपाली, लिम्बु
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२७
वेबसाइटilammun.gov.np

इलाम नेपालको पूर्वी भागमा रहेको कोशी प्रदेश मा पर्ने इलाम जिल्लाको सदरमुकाम[] तथा जिल्लाकै पहिलो नगरपालिका हो।[] यो नगरपालिका महाभारत पर्वत शृङ्खलामा अवस्थित छ। नेपाली चियाको सबैभन्दा ठूलो उत्पादक क्षेत्र भएकोले, यहाँका चियाबारी आन्तरिक तथा बाह्य पर्यटकहरू माझ मुख्य आकर्षणका केन्द्र हुन्। यहाँको प्राकृतिक क्षेत्र र परिदृश्यहरूका साथै बागवानी बाली उत्पादनमा विशेषज्ञता राख्ने विविध कृषि अर्थतन्त्रका लागि पनि प्रसिद्ध छन्।[]

नेपाल राज्य नगरपालिका ऐन, २००९ लाई आधार बनाएर तत्कालीन सरकारले वि.सं. २०१७ बैशाख १ गतेदेखि लागु हुने गरि गरेको निर्णय र वि.सं. २०१७ जेष्ठ ३१ गते नेपाल गजेटमा प्रकाशित सूचना अनुसार इलाम जिल्लाको तत्कालीन इलामका छिमेकी इलाकाहरूलाई समेटेर यसलाई नगरपालिका घोषणा गरेको थियो।[] सङ्घीय शासन व्यवस्था लागू भएपछि देशमा स्थानीय तहको गठन भएसँगै वि.सं. २०७३ फागुन २२ गते नेपाल सरकारको निर्णय तथा वि.सं. २०७३ फागुन २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार तत्कालिन बरबोटे, साँखेजुङ, सुम्बेक, पुवामझुवा, सोयाक, गोदक, साङरुम्बाको वडा नं. १ देखि ६, माईपोखरीको वडा नं. १ देखि ३ तथा सिद्धिथुम्काको वडा नं. ७ र यस नगरपालिकाको सम्पूर्ण क्षेत्र गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो[][][][१०]

नगरपालिकाको कुल क्षेत्रफल १७३.३२ वर्ग किलोमिटर (६६.९२ वर्ग माइल) छ र नेपालको वि.सं. २०६८ को जनगणना अनुसार यहाँको कुल जनसङ्ख्या ४८,५३६ रहेको छ। यो नगरपालिकालाई १२ वटा वडामा विभाजन गरिएको छ। मेची राजमार्गको ७४ किलोमिटर खण्डले इलामलाई पूर्व–पश्चिम राजमार्ग र त्यसपछि प्रदेश राजधानी विराटनगरसँग जोडेको छ। इलाम नगरपालिका नेपालको पर्यटकीय नगरको रूपमा विकसित भइरहेको छ।

शाब्दिक अर्थ

[सम्पादन]

इलाम नगरपालिकाभित्र लिम्बु जातिको बाहुल्यता रहेको छ जसकारण यस नगरपालिकाको नामकरण समेत लिम्बु भाषाबाट भएको मानिन्छ। इलाम शब्द लिम्बु भाषाको दुई शब्दहरूको संयोजन भएर बनेको छ। इलामको 'इ' शब्दको अर्थ घुमाउरो र ‘लाम’ शब्दको अर्थ बाटो हुन्छ। यी दुवै शब्दको अर्थ जोड्दा घुमाउरो बाटो भन्ने हुन्छ।[११][१२]

वडागत विवरण

[सम्पादन]
इलाम नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका क्षेत्रहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
साँखेजुङ४,५६९२०.६१२२१.६९
सुम्बेक२,४५३१५.३१६०.३३
पुवामझुवा३,१२५२१.३५१४६.३७
बरबोटे (४-५) र माईपोखरी (१–३)३,०३४९.२७३२७.२९
बरबोटे (१–३, ६–९)५,१८७१४.३८३६०.७१
इलाम (८-९)४,५११४.५५९९१.४३
इलाम (१-२)५,००९१.०३४८६३.११
इलाम (६-७)४,५६६९.८२४६४.९७
इलाम (३–५)६,४२४११.३७५६५.००
१०गोदक४,६११२१.९१२१०.४५
११सोयाकसिद्धिथुम्का (७)३,५३५२५.९३१३६.३३
१२साङरुम्बा (१–६)३,०६११७.८३१७१.६८
जम्मा५०,०८५१७३.३५२८८.९२

पृष्ठभूमि

[सम्पादन]

दुई सय वर्षदेखि जिल्लाको सदरमुकाम रहेको इलाम नगरपालिकाले जिल्लासँग नाम मिल्नाले अन्यत्रका मानिसका लागि जिल्लाकै प्रतिनिधित्व गर्दै आइरहेको छ।[१३] इलाम (इलाम बजार; प्रमुख क्षेत्र) इलाम गौडाको सदरमुकामको रूपमा वि.सं. १८७५ मा स्थापना भएको थियो।[१४] यसलाई तत्कालीन सरकारले वि.सं. २०१७ बैशाख १ गतेदेखि लागु हुने गरि इलाम नगरपालिका भनि घोषणा गरेको थियो। यो नगरपालिका देशका पुराना नगरपालिकाहरू मध्येको एक हो। तत्कालिन राजा महेन्द्र शाहले वि.सं. २०१७ पुष २२ गते[१५] नेपालमा पञ्चायती व्यवस्था लागु गरेपछि इलाम नगरपालिकाको नाम स्वतः परिवर्तन भई 'इलाम नगर पञ्चायत' भएको थियो।[१६][१७]

पञ्चायती व्यवस्थाको अन्त्य भएपछि तत्कालिन श्री ५ को सरकारद्वारा वि.सं. २०४७ साल जेठ २८ गते[१८] नगरपालिका ऐन, २०४७ घोषणा गरि लागु गरे पछि नगरपालिका बन्नको लागि चाहिने आवश्यक पूर्वाधार तथा जनशक्ति भएको कारणले इलाम स्वतः आधिकारिक रूपमा नगरपालिका बन्न पुगेको थियो।[१९] जिल्लाको सदरमुकाम तथा प्रशासनिक केन्द्र रहेकाले यस नगरपालिकामा पूर्वाधारको विकास पनि तुलनात्मक रूपमा स्तरीय रहेको छ।[२०]

भूगोल

[सम्पादन]

यस नगरपालिको पूर्वी सिमाना माईजोगमाई गाउँपालिका तथा सूर्योदय नगरपालिकासँग जोडिन पुगेको छ भने उत्तरमा सन्दकपुर गाउँपालिकापाँचथर जिल्ला, पश्चिममा देउमाई नगरपालिका र दक्षिणमा माईजोगमाई र सूर्योदय नगरपालिका पर्दछन्। भौगोलिक विविधता, जातीय तथा सामाजिक सद्भाव कायम रहेको यस नगरपालिकामा ऐतिहासिक एवम् सांस्कृतिक सम्पदाहरू रहेका छन्। जिल्लाका ठूला खोलाहरूमध्ये माई, जोगमाई र पुवामाईका बेसीहरू पर्ने भएकाले अन्नवाली उत्पादनका अव्वल क्षेत्रहरू यस नगरपालिकामा पर्दछन्।

जनसङ्ख्या

[सम्पादन]

कोशी प्रदेश स्थित इलाम जिल्लाका साविक बरबोटे, साँखेजुङ, सुम्बेक, पुवामझुवा, सोयाक, गोदक, साङरुम्बाको वडा नं. १ देखि ६, माईपोखरीको वडा नं. १ देखि ३ तथा सिद्धिथुम्काको वडा नं. ७ गाउँ विकास समितिहरूलाई मिलाएर वि.सं. २०७३ फागुन २७ सालमा इलाम नगरपालिकाको क्षेत्र विस्तार गरिएको हो। राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार इलाम नगरपालिकाको कुल जनसङ्ख्या ५०,०८५ रहेको छ भने यहाँ १२,९५२ घरधुरी रहेका छन्।[]

चित्र दीर्घा

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. शर्मा, जनकलाल (सन् २००७), मेरो निबन्ध अधुरै रह्यो (नेपालीमा), रत्न पुस्तक भण्डार, पृ: ५७, आइएसबिएन 978-99933-0-633-7, "गजराज थापालाई खुवाबिर्ता दिएका थिए चारखोलाको इलाम इलाका"
  2. क्यापलन, लियोनेल (२०१३-०९-१३), ल्यान्ड एन्ड सोसल चेन्ज इन इस्ट नेपाल: अ स्टडी अफ हिन्दू-ट्राइबल रिलेसन्स (अङ्ग्रेजीमा), रुटलेज, पृ: १३, आइएसबिएन 978-1-136-54501-6, "Ilam is often referred to as Char Khola (Four Rivers)."
  3. 1 2 3 "राजविराज र इलाम नगरपालिकामा चार किल्ला निर्धारण" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०१७ जेष्ठ ३१, अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन ९
  4. 1 2 "गाउँपालिका नगरपालिका उपमहानगरपालिका र महानगरपालिकाको क्षेत्र तोकी केन्द्र कायम गरेको" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०७३ फाल्गुण २७, अन्तिम पहुँच वि.सं. २०७८ माघ २९
  5. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  6. "नेपाल अधिराज्यलाई १४ अंचल, ७५ जिल्लामा विभाजित" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०१९ पौष २, पृ: , अन्तिम पहुँच वि.सं. २०७८ माघ २९
  7. नगरपालिका, इलाम (सन् २०१३), स्ट्रेटेजिक प्लान फर ग्रीन इनिसिएटिभ (अङ्ग्रेजीमा), नाम्सालिङ सामुदायिक विकास केन्द्र, पृ: १०, आइएसबिएन 978-9937-2-7410-4 अभिलेखिकरण २०१८-११-२३ वेब्याक मेसिन
  8. "गाउँ र नगरपालिका कुन जिल्लामा कति ?", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन ०७ अभिलेखिकरण २०२२-०२-१९ वेब्याक मेसिन
  9. काफ्ले, प्रतिक्षा (वि.सं. २०७३ फाल्गुन ३०), "जिविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर, अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन ०७ अभिलेखिकरण २०१७-०५-०६ वेब्याक मेसिन
  10. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, वि.सं. २०७३ फाल्गुन ३०, अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन ०७ अभिलेखिकरण २०१७-०५-१८ वेब्याक मेसिन
  11. "इलामका घुम्नै पर्ने केहि ठाउँ (हेर्नुहोस तस्विरमा )", थाहा अनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-२२ अभिलेखिकरण २०२२-०२-२२ वेब्याक मेसिन
  12. "इलामको प्राकृतिक सौन्दर्य र पर्यटन", प्रदेश टुडे (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-२२ अभिलेखिकरण २०२२-०२-२२ वेब्याक मेसिन
  13. "इलाम नगरपालिकाको छोटो परिचय", इलाम नगरपालिका, नगर कार्यपालिकाको कार्यालय (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-२२
  14. बाँसतोला, नरेन्द्रनाथ (सन् १९९६), पूर्वाञ्‍चलमा सात सालको क्रान्ति (नेपालीमा), शेखर र सन्दीप, पृ: ६७।
  15. "पञ्‍चायतले छोडेको लिगेसी", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-१०
  16. सामाजिक शिक्षा पञ्चायत, कक्षा ८ (pdf) (नेपालीमा), जनक शिक्षा सामग्री केन्द्र, पृ: १५, अन्तिम पहुँच २०२२-०२-१०
  17. प्रधान, पुष्कर (२००३), Manual for Urban Rural Linkage and Rural Development Analysis [शहरी ग्रामीण अन्तरसम्बन्ध र ग्रामीण विकास विश्लेषणको लागि पुस्तिका] (अङ्ग्रेजीमा), न्यु हिरा बुक इन्टरप्राइजेज, पृ: २२२, आइएसबिएन 978-99933-685-2-6
  18. "नगरपालिका ऐन, २०४७" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०४७ जेठ २८, अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन १०
  19. "ईलाम समेतका क्षेत्रलाई नगर क्षेत्र घोषणा गरेको" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०४७ जेठ ३०, अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन १०
  20. "मेचीदेखि महाकाली" (नेपालीमा), श्री ५ सरकार सूचना मन्त्रालय, सन् १९७५, अन्तिम पहुँच २०२२-०२-१५

बाह्य कडीहरू

[सम्पादन]