सिद्धिथुम्का

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Siddhithumka

सिद्धिथुम्का
Village Development Committee
Siddhithumka is located in नेपाल
Siddhithumka
Siddhithumka
Location in Nepal
निर्देशाङ्क: २६°५१′N ८७°५०′E / २६.८५°N ८७.८४°E / 26.85; 87.84निर्देशाङ्कहरू: २६°५१′N ८७°५०′E / २६.८५°N ८७.८४°E / 26.85; 87.84
देश Nepal
राज्यMechi Zone
जिल्लाIlam District
जनसङ्ख्या
 (1991)
 • जम्मा२,९३७
समय क्षेत्रयुटिसी+5:45 (Nepal Time)

सिद्धिथुम्का (स्पष्टता)

  • इलाम जिल्लाको मध्यभागमा अवस्थित एक गाविस इलाम जिल्लाको सदरमुकम देखि १५ कि.मि.मा अवस्थित रहेको छ
  • इलाम सदरमुकामबाट पश्चिमपट्टि अग्लो डाँडा -त्यही डाँडा हो - सिद्धिथुम्का सूर्‍योदय र सूर्यास्तका दृश्य, विभिन्न मनोरम हिमशृफ्ला तथा तराईका फाँटहरू हेर्नका लागि अति नै मनमोहक स्थल यो डाँडा उपेक्षित अवस्थामा रहेको छ। इलाम बजारबाट ६ कोष पश्चिम पट्ट िसिद्धिथुम्का गा.वि.स.मा १८०० मी.को उचाइमा रहेको यो ठाउँ सूर्योदयको दृश्यावलोकनको लागि प्रसिद्ध छ । [१]

सदरमुकामबाट तीन/चार घण्टामा पुगिने यो डाँडाबाट कञ्चनजङ्घा, कुम्भकर्ण तथा महाभारत पर्वतजस्ता अति नै सुन्दर पर्वतीय हिमशृङ्खला देख्न सकिन्छ। यहाँबाट इलाम जिल्लाको ४८ गाविसमध्ये ४५ गाविस देखिन्छ। बिहानको झिसमिसे र बेलुकाको समयमा यहाँबाट हेर्दा भारतको सिलिगुडी, विहारको भू-भाग, झापा, सुनसरी, मोरङ,धनकुटा र इलाम बिजुलीको झलमल्लमा रमाएका देखिन्छन्।

स्थानीय बासिन्दाका अनुसार परापूर्वकालमा यहाँ लाप्चाहरूको बसोबास थियो। उनीहरूलाई गोर्खालीहरूले माईपारी खेदेपछि यहाँ [[राई, लिम्बूहरू बस्न थालेको बूढापाकाहरू बताउँछन्। केही वर्ष अघिसम्म यस क्षेत्रका बारी खन्दा या जोत्दा लाप्चाहरूले प्रयोग गर्ने गहनाहरू भेटिन्थ्यो भन्ने बूढापाकाका भनाइ अनुसार यहाँको बोरुङ्ग डाँडामा लाप्चा जातिको चिहान पनि रहेको छ। उनीहरूका अनुसार सिद्धिथुम्काबाट खेदिएका लाप्चाहरू माईपूर्वको श्रीअन्तुलगायतका स्थानमा बसेका छन्। यस गाविसमा पहिलोपटक लाप्चा जातिले नै चिया रोप्ने र खाने चलन ल्याएका थिए।

डाँडामा जीर्ण अवस्थाको 'दर्शनढुङ्गो' छ। यहाँ सिंहदेवीको बासस्थान रहेकाले पूजा गर्नाले मनकामना पूरा हुने विश्वास छ। बेलाबेलामा पुराण, पूजा हुने यस ठाउँमा धार्मिक पर्वका अवसरमा भक्तजनको भीड लाग्छ। सिद्धिथुम्का डँाडामा रहेको सुन्दर वनलाई उपभोक्ताहरूले 'पर्यटन वन समूह' बनाएका छन्।

चियाबारे अध्ययन गरिरहनुभएका स्थानीय युवा विष्णु काˆले यहाँ लोपोन्मुख वनस्पति हिमुवा -जङ्गली चिया) भेटिएको बताउनुहुन्छ। सुनगाभा विकास संस्थाका कार्यक्रम संयोजकसमेत रहनुभएका काˆलेले यसको जात सुधार्न सकियो भने यसलाई नेपाली चियाका रूपमा व्यावसायिकता प्रदान गर्न सकिने बताउनुभयो।

यहाँ बस्नका लागि गर्मी र चिसो ठाउँका चराचुरुङ्गीहरू आउने गर्दछन्। डाँडाबाट आधा घण्टाको दूरीमा रत्न गुफा छ। त्यहाँ ढुङ्गाका विभिन्न आकृति -जाँतो, ढिकी, सर्प आकारको) देख्न पाइन्छ। डाँडानजीकै भिरगाउँको चुलीमा धार्मिकस्थल छ भने डाँडाको छेवैमा रहेको पञ्चमी बजारमा व्यवस्थित होटलहरू छन्।

सिद्धिथुम्कामा राई, लिम्बू, मगर, तामाङब्राहृमण जातिको बसोबास रहेको छ। यहाँ उनीहरूको सांस्कृतिक रहनसहन, भेषभुषा अवलोकन गर्न पाइन्छ। राईको वैशाखे उभौली, मङ्सिरे उधौली, साखेवा नाच, लिम्बूको धान नाच, च्याब्रुङ नाच, तामाङको ल्होसार नाच यहाँको सांस्कृतिक आकर्षणहरू हुन्। यहाँका बासिन्दाको प्रमुख पेशा भने कृषि नै हो।

सिद्धिथुम्का डाँडा इलाम नगरपालिकाको भञ्ज्याङबाट जान सकिन्छ। गाडीबाट जाँदा मङ्गलबारे, जितपुर हुँदै चार घण्टामा पुग्न सकिन्छ। बार्है महिना यातायात साधन चल्ने भएकाले सहजै रूपमा पुग्न सकिन्छ। झापाबाट पनि गाडीमा शनिश्चरे, दानाबारी, सोयाक हुंदै पुग्न सकिन्छ। धार्मिक तथा पर्यटकीय स्थल गजुरमुखीधाम पनि यही स्थान भएर जान सकिन्छ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

थप जानकारीका लागि हेर्नुहोस्[सम्पादन गर्ने]