नयाँबजार
नयाँबजार | |
|---|---|
पूर्व गाविस | |
नयाँबजारको एक दृष्य | |
| निर्देशाङ्क: २६°२८′N ८७°५०′E / 26.47°N 87.84°E | |
| देश | |
| प्रदेश | कोशी प्रदेश |
| जिल्ला | इलाम जिल्ला |
| क्षेत्रफल | |
| • जम्मा | २१.७ किमी२ (८.४ वर्ग माइल) |
| जनसङ्ख्या | |
| • जम्मा | ४,७४३ |
| • घनत्व | २२०/किमी२ (५७०/वर्ग माइल) |
| समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
नयाँबजार नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल, इलाम जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४७४३ रहेको थियो जसमध्ये २३५५ पुरुष र २३८८ महिला रहेका थिए भने यहाँ १०९० घरधुरी रहेको थियो।[१][२] यो हाल माईजोगमाई गाउँपालिकामा पर्दछ।
यसको साविकका १-४,६-९ नम्बर वडाहरू माईजोगमाई गाउँपालिकाको वडा नम्बर १ हो भने ५ नम्बर वडा वडा नम्बर ३ हो।
नयाँबजार जान फिक्कल बजारबाट करिव २० कि.मी. कच्ची बाटोबाट पुग्न सकिन्छ। यहाँबाट भारतीय सीमावर्ती बजार जौवारी सम्म जीप चल्ने बाटो छ । नयाँबजारबाटै सोयाङ, प्याङ, जोगमाई, सिरिसे, नाम्सालिङ आदि ठाउँ तर्फ जाने जीप चल्ने बाटाहरू छुट्टिन्छन् । हाल नयाँबजारमा एक उप-स्वास्थ्य चौकी एक उच्च माध्यमिक विद्यालय, एक माध्यमिक विद्यालय, एक सुस्त मनस्थितिका बालबालिकाका लागि कक्षा, दुइवटा निजी विद्यालय, इलाका प्रहरी कार्यालय, २ वटा मन्दिर, इलाका हुलाक कार्यालय र एक पर्यटकीय स्थल उत्तरे पोखरी रहेका छन् । नयाँबजारको स्थापना बालागुरूले २०११ सालमा गरेका हुन्।[३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)। राष्ट्रिय योजना आयोग सचिवालय। नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। अभिलेखिकरण २०१६-०३-०४ वेब्याक मेसिन
- ↑ हरियाली दर्पण इलामः रण बहादुर कार्की, २०५९