नयाँबजार
नयाँबजार
Naya Bazar | |
---|---|
![]() नयाँबजारको एक दृष्य | |
देश | ![]() |
विकास क्षेत्र | पूर्वाञ्चल |
अञ्चल | मेची |
जिल्ला | इलाम |
जनसङ्ख्या (सन् १९९१) | |
• जम्मा | ४०५८ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
नयाँबजार (English: Naya Bazar) इलाम जिल्लाको पूर्वी भागमा अवस्थित एक गाउँ विकास समिति हो । यस गाविससँग गोर्खेधाप, जोगमाई, प्याङ, सोयाङ, नाम्सालिङ, पञ्चकन्या तथा फिक्कल गाविसका सीमा जोडिएका छन्। यो गाविसमा ९ वटा वडाहरू छन्। जसमध्ये वडा नं १मा जापान गाउँ, ओखरबोटे र खरखरे, वडा नं २ प्रेमेजुङ्ग निगाले र बगाले, वडा नं ३ प्रेमेजुङ्ग, चामेटार, काब्राबोटे, वडा नं४ लप्सीबोटे, वडा नं ५ प्रेमेजुङ्ग,गुप्ती, सेतीखोला गाउँ, ढाँडे र रिटाम, वडा नं ६ शंखाबुङ, गुम्बा, वडा नं ७ गुरुङ गाउँ, वडा नं ८ भण्डारी गाउँ, नयाँबजार, र ९मा मलुमजुवा र जोरखर्क आदि गाउँहरू पर्दछन्।
नयाँबजार जान फिक्कल बजारबाट करिव २० कि.मी. कच्ची बाटोबाट पुग्न सकिन्छ। यहाँबाट भारतीय सीमावर्ती बजार जौवारी सम्म जीप चल्ने बाटो छ । नयाँबजारबाटै सोयाङ, प्याङ, जोगमाई, सिरिसे, नाम्सालिङ आदि ठाउँ तर्फ जाने जीप चल्ने बाटाहरू छुट्टिन्छन् । हाल नयाँबजारमा एक उप-स्वास्थ्य चौकी एक उच्च माध्यमिक विद्यालय, एक माध्यमिक विद्यालय, एक सुस्त मनस्थितिका बालबालिकाका लागि कक्षा, दुइवटा निजी विद्यालय, इलाका प्रहरी कार्यालय, २ वटा मन्दिर, इलाका हुलाक कार्यालय र एक पर्यटकीय स्थल उत्तरे पोखरी रहेका छन् । नयाँबजारको स्थापना बालागुरूले २०११ सालमा गरेका हुन्।[१]
जनसाङ्ख्यिकी[सम्पादन गर्नुहोस्]
वडा नं | घरधुरी | पुरूष | महिला | जम्मा |
---|---|---|---|---|
१ | 78 | 200 | 169 | 369 |
२ | 120 | 302 | 264 | 566 |
३ | 120 | 300 | 269 | 569 |
४ | 173 | 413 | 404 | 817 |
५ | 110 | 288 | 263 | 551 |
६ | 135 | 381 | 308 | 689 |
७ | 91 | 251 | 226 | 477 |
८ | 200 | 412 | 391 | 803 |
९ | 128 | 289 | 271 | 560 |
जम्मा | 1155 | 2836 | 2565 | 5401[२] |
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |