सामग्रीमा जानुहोस्

कन्याम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कन्याम
कन्याम चियाबारी
कन्याम मा पर्दछ नेपाल
कन्याम
कन्याम
निर्देशाङ्क: २६°५१.३६′उ ८८°४.४८′पू / 26.85600°N 88.07467°E / 26.85600; 88.07467
देश नेपाल
अञ्चलमेची अञ्चल
जिल्लाइलाम
क्षेत्रफल
  जम्मा२९.७ किमी (११.५ वर्ग माइल)
उन्नतांश
१,५६५ मिटर (५१३५ फिट)
जनसङ्ख्या
 (२०६८)
  जम्मा७२९०
  घनत्व२५०/किमी (६४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत०२७

कन्याम नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल, इलाम जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८ मा यहाँको जनसङ्ख्या ७२९० रहेको थियो जसमध्ये ३५९६ पुरुष र ३६९४ महिला रहेका थिए भने यहाँ १७१५ घरधुरी रहेको थियो।[][]यो मनोरम पर्यटकीय केन्द्र समेत हो। यो इलाम जिल्लाको सूर्योदय नगरपालिकामा पर्दछ । मनोरम चियाबारी भएको यो पर्यटकीय स्थलमा आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ। यो पूर्वी नेपालको लोकप्रिय वनभोज स्थल पनि हो। झापा, मोरङ, सुनसरी लगायतका तराईका जिल्ला तथा छिमेकी देश भारतबाट समेत गर्मी छल्न ठूलो सङ्ख्यामा मानिसहरु यहाँ घुम्न र वनभोज गर्न आउँछन् ।[] यसको क्षेत्रफल २९.७ वर्ग किलोमिटर रहेको छ।

यसको साविकका ३-६ नम्बर वडाहरू सूर्योदय नगरपालिकाको वडा नम्बर ६ हो भने ७-९ वडाहरू वडा नम्बर ७ र १-२ वडाहरू वडा नम्बर ८ हो।

पर्यटनकालागि कन्याममा वनभोज स्थल, दृष्यावलोकन, घोडचढी लगायतका सेवाहरू उपलब्ध रहेका छन्।

दृष्यावलोकन

[सम्पादन गर्नुहोस्]

कन्यामबाट श्रीअन्तु, समालबुङ, पशुपतिनगरको हरियाली दृश्य देखिनुकासाथै सगरमाथा, कुम्भकर्ण जस्ता विश्वमै ख्याती प्राप्त हिमालको मनोरम दृश्य देख्न सकिन्छ ।

यहाँ विभिन्न ठाँउबाट दैनिक जसो धेरै पर्यटकहरु वनभोजको मनोरन्जन लिन आउछन । त्यसका लागि वनभोज स्थलको समेत व्यवस्था रहेको छ ।

कन्याम घुम्न आउने मानिसहरूले घोडा चढेर मनोरञ्जन लिन सक्छन्। दिनहुँ आउने आन्तरिक पर्यटकले घोडा चढेर मनोरञ्जन लिन सक्छन् । कन्याममा वनभोज र शैक्षिक भ्रमणमा आउने आन्तरिक पर्यटकले घोडा चढ्ने गरेका छन् ।

चित्र दीर्घा

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग
  2. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ अभिलेखिकरण २०१६-०३-०४ वेब्याक मेसिन
  3. OS Nepal"कन्याममा सुरु भो पिकनिकको रौनक (फोटोफिचर सहित)", अन्तिम पहुँच जुन २८, २०१५[स्थायी मृत कडी]