सामग्रीमा जानुहोस्

सूर्योदय नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सूर्योदय नगरपालिका
कञ्चनजङ्घा हिमालको मनोरम दृश्य सँगै रहेको चिया बगान
कञ्चनजङ्घा हिमालको मनोरम दृश्य सँगै रहेको चिया बगान
सूर्योदय नगरपालिका मा पर्दछ कोशी प्रदेश
सूर्योदय नगरपालिका
कोशी प्रदेशको नक्सामा सूर्योदय नगरपालिकाको अवस्थिति
सूर्योदय नगरपालिका मा पर्दछ नेपाल
सूर्योदय नगरपालिका
सूर्योदय नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°५३.४५′उ ८८°३.९०′पू / 26.89083°N 88.06500°E / 26.89083; 88.06500
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाइलाम
स्थापित२०७१ वैशाख २५
सरकार
  प्रमुखरनबहादुर राई (नेकपा (एकीकृत समाजवादी))
  उपप्रमुखदुर्गाकुमार बराल (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा२५२.५२ किमी (९७.५० वर्ग माइल)
जनसङ्ख्या
  जम्मा५४,७२४
  घनत्व२२०/किमी (५६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०२७
केन्द्रसाविक फिक्कल बजार गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

सूर्योदय नगरपालिका इलामका ४ नगरपालिकाहरू मध्ये एक हो।[] फिक्कल बजार, पञ्चकन्याकन्याम गाविस मिलाएर २०७१ सालमा सूर्योदय नगरपालिका बनाइएको थियो तर नयाँ संविधानले स्थानीय तहको व्यवस्था गरेपछि स्थानीय तह पुनर्संरचना आयोगले २०७३ सालमा गाविसहरु गोर्खे, पशुपतिनगर, श्रीअन्तुसमालबुङ तथा लक्ष्मीपुर गाविसको वडा नं ५ वाहेकको क्षेत्र र जोगमाईको वडा नं. ८ र ९ मिलाएर नयाँ सूर्योदय नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो।[] यो नगरपालिका २५२.५२ वर्ग कि.मी मा पैलिएको छ। मेची राजमार्ग यही नगरपालिका भएर पार गर्दछ।

पश्चिममा इलाम नगरपालिका, उत्तरमा माईजोगमाई गाविस, दक्षिणमा रोङ गाउँपालिका र पूर्वमा भारतको पश्चिम बङ्गाल राज्य अन्तरगत दार्जिलिङ्ग जिल्लाले छेकेको सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजार तोकिएको छ । यो इलामका पुराना बजारमध्ये एक हो र हालमा पनि पूर्वी इलामको मुख्य व्यापारिक केन्द्र रहेको छ । यहीँबाट पशुपतिनगरतर्पmको सडक छुटिन्छ । यो नगरपालिका चिया, अलैंची, दूध, आलु लगायतका नगदे बालिका लागि चर्चित छ । देशको एक मात्र अलैंची विकास केन्द्र पनि यही नगरमा पर्दछ । साबिक फिक्कल गाबिसको कार्यालय रहेको ठाँउलाई को केन्द्र बनाइएको छ । []

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार मिक्लाजुङ गाउँपालिकाको कुल जनसङ्ख्या ५४,७२७ रहेको छ भने यहाँ १४,०३२ घरधुरी रहेका छन्।[]

सूर्योदय नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका क्षेत्रहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
गोर्खेजोगमाई (८, ९)४,९०९२५.२७१९४.२६
पशुपतिनगर (३–५, ७)३,५२२१३.४४२६२.०५
पशुपतिनगर (१, २, ६, ८, ९)३,९०३१५.०८२५८.८२
श्रीअन्तुसमालबुङ (९)५,१२७२४.०८२१२.९२
समालबुङ (१–८)४,२९७२१.१७२०२.९८
कन्याम (३-६)२,८४३१३.११२१६.८६
कन्याम (७-९)२,१७७८.९६२४२.९७
फिक्कल बजार (१-२) र कन्याम (१-२)४,२५८१३.४३३१७.०५
फिक्कल बजार (३-५)४,७६४११.५५४१२.४७
१०फिक्कल बजार (६-९)४,९६११०.३७४७८.४०
११पञ्चकन्या (२-६,८)४,१५३१५.४१२६९.५०
१२पञ्चकन्या (१,७,९)३,९३०१३.०७३००.६९
१३लक्ष्मीपुर (३, ६, ७, ९)२,५१५१५.५३१६१.९४
१४लक्ष्मीपुर (१, २, ४, ८)३,३६८२५.०६१३४.४०
जम्मा५४,७२७२२५.५३२४२.६६

व्यापारिक केन्द्रहरू

[सम्पादन गर्नुहोस्]

चित्र दीर्घा

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३
  5. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४[स्थायी मृत कडी]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]