सूर्योदय नगरपालिका
सूर्योदय नगरपालिका | |
---|---|
![]() कञ्चनजङ्घा हिमालको मनोरम दृश्य सँगै रहेको चिया बगान | |
उपनाम: Suryodaya Municipality | |
देश | ![]() |
अञ्चल | मेची |
जिल्ला | इलाम |
सरकार | |
• मेयर | रण बहादुर राई |
• उप मेयर | दुर्गादेवी भट्टराई |
उन्नतांश | १५६५ मिटर (५१३५ फिट) |
जनसङ्ख्या (बि.स. २०६८) | |
• जम्मा | १७२४० |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | ०२७ |
वेबसाइट | www.suryodayamun.gov.np |
सूर्योदय नगरपालिका (English: Suryodaya Municipality)
इलाममा अवस्थित एउटा नगरपालिका हो । फिक्कल, पञ्चकन्या र कन्याम गाविस मिलाएर २०७१ सालमा सूर्योदय नगरपालिका बनाइयो । तर नयाँ संविधानले स्थानीय तहको व्यवस्था गरेपछि स्थानीय तह पुनर्संरचना आयोगले २०७३ सालमा गाविसहरु गोर्खे, पशुपतिनगर, श्रीअन्तु र समालबुङ तथा लक्ष्मीपुर गाविसको वडा नं ५ वाहेकको क्षेत्र र जोगमाईको वडा नं. ८ र ९ मिलाएर नयाँ सूर्योदय नगरपालिका बनाइएको हो । यो नगरपालिका २५२.५२ वर्ग कि. मी मा पैmलिएको छ । मेची राजमार्ग यही नगरपालिका भएर पार गर्दछ ।
पश्चिममा इलाम नगरपालिका, उत्तरमा माईजोगमाई गाविस, दक्षिणमा रोङ गाउँपालिका र पूर्वमा भारतको पश्चिम बङ्गाल राज्य अन्तरगत दार्जिलिङ्ग जिल्लाले छेकेको सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजार तोकिएको छ । यो इलामका पुराना बजारमध्ये एक हो र हालमा पनि पूर्वी इलामको मुख्य व्यापारिक केन्द्र रहेको छ । यहीँबाट पशुपतिनगरतर्पmको सडक छुटिन्छ । यो नगरपालिका चिया, अलैंची, दूध, आलु लगायतका नगदे बालिका लागि चर्चित छ । देशको एक मात्र अलैंची विकास केन्द्र पनि यही नगरमा पर्दछ । साबिक फिक्कल गाबिसको कार्यालय रहेको ठाँउलाई को केन्द्र बनाइएको छ । [१]
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
जिल्ला समन्वय समिति इलामले २०७४ मा प्रकाशन गरेको प्रतिवेदनअनुसार सुर्योदय नगरपालिकामा घरसंख्या १३,२११ रहेको छ । यहाँ महिलाको जनसङ्ख्या २८,७३० र पुरुषहरूको जनसङ्ख्या २७,८६१ गरी कुल जनसङ्ख्या ५६,६९१ रहेको छ ।
यस जिल्ला समन्वय समिति इलामले २०७४ मा प्रकाशन गरेको प्रतिवेदनअनुसार सुर्योदय नगरपालिकामा घरसंख्या १३,२११ रहेको छ । यहाँ महिलाको जनसङ्ख्या २८,७३० र पुरुषहरूको जनसङ्ख्या २७,८६१ गरी कुल जनसङ्ख्या ५६,६९१ रहेको छ ।
त्यस्तै मतदाताहरूमा २०,३८९ जना पुरुष र १९,०७८ जना महिला गरी ३९,४६८ कुल मतदाता संख्या रहेको छ ।
बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर १७,२४० रहेको छ ।[२]
व्यापारिक केन्द्रहरू[सम्पादन गर्नुहोस्]
चित्र दीर्घा[सम्पादन गर्नुहोस्]
-
सुर्योदय नगरपालिकाको आकर्षणको केन्द्र - अन्तु पोखरी
-
अन्तु पोखरी
-
अन्तु पोखरी
-
अन्तु पोखरी
-
अन्तु पोखरी
-
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४।
- ↑ "नेपाल जनगणना बि.स.२०६८", अन्तिम पहुँच नोभेम्बर २०१२।