सिंहदेवी देविस्थान
Jump to navigation
Jump to search
सिंहदेवी देविस्थान नेपालको पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल, इलाम जिल्लाको लुम्दे गाविस वडा नम्बर ९ माल्टेनी गाउँमा रहेको धार्मिक पर्यटकीय स्थल हो। यो देवीस्थलमा ठूला ठूला चेप्टो चट्टानहरूले घेरिएर बनेको मनमोहक गुफा पर्दछ। गुफा भित्र प्रबेश गर्ने २ वटा प्राकृतिक प्रवेश द्वारहरू छन्। देवीको मूलथान गुफा भित्र केही उच्च धरातलमा अवस्थित छ। गुफा भित्र रहेको इन्द्रायणी देवस्थल देखि प्रारम्भ भई जलकन्या देवीथान सम्म जाने आश्चर्य ढङ्गले निर्मित करिब ४० मिटर लम्बाईको भएको चट्टानबाट बनेको छ। सुरूङ्ग मार्ग नै यस देवस्थलको आकर्षणको केन्द्र बिन्दु हो।