पञ्चकन्या देवीस्थान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पञ्चकन्या देवीस्थान नेपालको पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल, इलाम जिल्लामा रहेको धार्मिक पर्यटकीय स्थल हो। सदरमुकाम इलाम बजार देखि करिब ६.५ कोष पूर्व सूर्योदय नगरपालिका मा पर्ने यस धार्मिक स्थलमा बैशाख शुक्ल पूर्णिमाको दिन झ्याम्टे मेला लाग्दछ। यहाँ प्रत्येक वर्ष महानवमीका दिन मारहान्ने चलन छ। पञ्चकन्या गाविसमा पर्ने यस ठाउँको पुरानो नाम आइतबारे हो। इलामको प्रसिद्ध करफोक उच्चमाबी नजिकै रहेको छ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]