सामग्रीमा जानुहोस्

नेपालमा मृत्युदण्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालमा मृत्युदण्ड सजाय अन्त्य भएको छ ।[]

हिन्दु धर्ममा आधारित नेपालको परम्परामा ब्राह्मण र महिलालाई मृत्युदण्ड बर्जित थियो। .सं. १९१० मा जारी भएको मुलुकी ऐनमा गैर ब्राह्मणलाई मृत्युदण्डको सजायको प्रावधान थियो भने ब्राह्मण जातिलाई जातिच्युतको सजाय हुन्थ्यो। देशको साझा कानूनअन्तर्गतका अपराधहरूका, १९८८ श्रावण ४ मा भीम शमशेरद्वारा जारी भएको सनदमा राजकाज मुद्दा बाहेक अन्य मुद्दामा मृत्युदण्ड नदिइने व्यवस्था गरियो ।[] यो सनद जारी भएर पनि सो बमोजिम जाहेर गर्नु पर्ने अदालत जमानीहरू मा परेका मुद्धाहरुको ५ वर्षको विवरण धेरै अड्डाअदालतले नपठाएको र अपूर्ण विवरण पठाएकाले निश्चित र तथ्यपूर्ण तथ्यांक नआएकाले र सनद जारी भएपछी अपराधको घटबढ भएकाले पहिलेको सनद बमोजिम ५ वर्षको परीक्षनात्मक अध्ययन गरेर १९९३ मा अर्को सनद जारी गरियो.[][]

यसलाई पछि सन् १९८५ मा हत्या र आतङ्कवादको विरुद्धको लागि पुनर्स्थापित गरियो।[] २०४७ कार्तिकमा नेपाल अधिराज्यको संविधान २०४७ लागु भएपछि पूर्ण उन्मूलन लागु भयो।

नेपाल अधिराज्यको संविधान २०४७ को धारा १२ मा भनिएको छः " कानूनबमोजिम बाहेक कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रताको अपहरण हुने छैन र मृत्युदण्डको सजाय हुने गरी कुनै कानून बनाइने छैन । "[][] २०७२ संविधानमा पनि संविधानको भाग ३ को मौलिक हक र कर्तव्य धाराअन्तर्गत ‘सम्मानपूर्वक बाँच्न पाउने हक’ को दोस्रो बुँदामा ‘कसैलाई पनि मृत्युदण्डको सजाय दिने गरी कानुन बनाइने छैन’ भनेर लेखिएको छ ।

नेपालमा अन्तिम मृत्युदण्ड सन् १९७९ मा भएको थियो।[]

मृत्युदण्डको माग

[सम्पादन गर्नुहोस्]

नेपालको संविधानमा मृत्युदण्डको प्रावधान छैन । तर, संघीय सांसदहरुले नै बलात्कारीलाई मृत्युदण्ड दिने कानुनको माग गर्न थालेका छन् । संसदीय समितिमा बलात्कारीको लिंग छेदन गर्ने कि मृत्युदण्ड दिने बहस हुन थालेको छ ।

सुनुवाईद्वारा मृत्युदण्ड प्राप्त व्यक्तिहरू

[सम्पादन गर्नुहोस्]
आरोपी फैसला सुनाइएको मृत्युदण्ड दण्डको विधि दण्डको विधि
शुक्रराज शास्त्री १९९७ माघ ६ १९९७ माघ १०    फाँसी
धर्मभक्त माथेमा १९९७ माघ ६ १९९७ माघ १२    फाँसी
दशरथ चन्द १९९७ माघ ६ १९९७ माघ १३    गोली
गङ्गालाल श्रेष्ठ १९९७ माघ १९९७ माघ १३    गोली
दुर्गानन्द झा २०१९ भदौ १९ २०२० माघ १५    फाँसी
भीमनारायण श्रेष्ठ २०३३ फागुन ६ [] २०३५ माघ २६    गोली

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Death Penalty | Amnesty International", Amnesty.org, २०१४-०३-१५, अन्तिम पहुँच २०१५-०३-२९
  2. 1 2 कानुन आयोग, नेपाल, "यसरी निरुत्साहित गरियो मृत्युदण्ड कार्यान्वयनलाई भीमशमशेर (१९८८ साल)", नेपाल कानुन आयोग अभिलेखिकरण २०२४-०६-०६ वेब्याक मेसिन
  3. सिवाकोटी, शेषराज, "नेपालमा मृत्युदण्ड उन्मूलन गर्ने सम्बन्धी वि. सं. १९९३ सालको अप्रकाशित सनद", प्राचीन नेपाल अभिलेखिकरण २०२४-०८-०८ वेब्याक मेसिन
  4. "Down with the death penalty"
  5. कानुन आयोग, नेपाल, "नेपाल अधिराज्यको संविधान, २०४७" अभिलेखिकरण २०२४-०६-०६ वेब्याक मेसिन
  6. 1 2 "HANDS OFF CAIN against death penalty in the world", Handsoffcain.info, अन्तिम पहुँच २०१५-०३-२९
  7. अधिकारी, रमेशचन्द्र (भाद्र ११, २०८०), "४७ वर्षअघि भीमनारायणलाई दिइएको मृत्युदण्डको त्यो फैसला", कान्तिपुर