त्रिभुवन शाह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
त्रिभुवन शाह
नेपालका तत्कालीन राजा
Tribhuvan Bir Bikram Shah.jpg
राजा त्रिभुवन वीर विक्रम शाह
शासनकालवि.सं. १९६८ मङ्सिर ६ - वि.सं. २०११ फाल्गुन ३०
११ डिसेम्बर १९११ – १३ मार्च १९५५ (वि.सं. २००७ कार्तिक २५ देखि फाल्गुन ७ सम्म निर्वासित )
राज्याभिषेक१९६९ फागुन २०
२० फेब्रुअरी १९१३
पुर्वाधिकारीपृथ्वी वीर विक्रम शाह
उत्तराधिकारीमहेन्द्र वीर विक्रम शाह
जीवनसाथीकान्ति राज्यलक्ष्मी देवी शाह
इश्वरी राज्यलक्ष्मी देवी शाह
पुरा नाम
श्री ५ महाराजाधिराज त्रिभुवन वीर विक्रम शाहदेव
दरबारनारायणहिटी दरवार
वंशशाह वंश
पितापृथ्वी वीर विक्रम शाह
मातादिव्यश्वरी लक्ष्मी देवी शाह
जन्म१९६३ अषाढ १७
(१९०६-०६-३०)३० जुन १९०६
काठमाडौँ, नेपाल
मृत्यु२०११ फाल्गुन ३०
१३ मार्च १९५५(१९५५-०३-१३) (४८ वर्ष)
जुरीक, स्विजरल्याण्ड
धर्महिन्दू

त्रिभुवन शाह नेपालका आठौँ शाहवंशीय राजा थिए। नेपालको राणा शासन हटाउनका लागि यिनले भित्री रूपमा राणा विरोधी आन्दोलनलाई सहयोग गरेका थिए। त्यसै क्रममा राजगद्दी छाडेर भारतीय दुतावासमा शरणमा गएका थिए। यिनी २०११ सालसम्म नेपालको राजा रहे।

शासनकाल[सम्पादन गर्ने]

चन्द्र शमशेरको शासन[सम्पादन गर्ने]

  • त्रिचन्द्र कलेजको स्थापना
  • त्रिभुवन चन्द्र सैनिक अस्पतालको निर्माण
  • दास प्रथाको अन्त्य
  • सति प्रथा उन्मुलन
  • प्रथम विश्व युद्धमा बृटिसलाई सहयोगार्थ सहभागी
  • ग्याल्पो काण्ड

भीम शमशेरको शासन[सम्पादन गर्ने]

जुद्ध शमशेर[सम्पादन गर्ने]

पद्म शमशेर र मोहन शमशेर[सम्पादन गर्ने]

२००७ सालको क्रान्ति[सम्पादन गर्ने]

नेपाली काङ्ग्रेसको असोज ११—१२, वि.सं. २००७ सालमा बैरगनियामा भएको सम्मेलनले राणा शासन विरुद्ध सशस्त्र क्रान्ति गर्ने निर्णय गर्‍यो। २१ कार्तिक वि.सं. २००७ मा क्रान्तिको घोषणा भयो। यसै समयमा राजा त्रिभुवनले पनि यस क्रान्तिलाई सहयोग गर्ने गरी कार्तिक २१ गते सपरिवार भारतीय विमानद्वारा दिल्ली प्रस्थान गरे। तात्कालीन राणा प्रधानमन्त्री मोहन शमशेरले त्रिभुवनका चार वर्षीय माहिला नाति ज्ञानेन्द्रलाई गद्दी आरोहण गराए। तर कुनै भारतले ज्ञानेन्द्र वीर बिक्रम शाहलाई राजाको मान्यता नदिने सार्वजनिक घोषणाले राणा सरकार माथी दबाब बढ्यो। मोहन शमशेरले परिस्थिति नियन्त्रण बाहिर गएको देखे। उनले आफ्ना भाइ केशर शमशेर राणा, जो राजाका जेठान पनि थिए, र आफ्ना पुत्र विजय शमशेर राणालाई वार्ताको लागि दिल्ली पठाए। दिल्लीमा राजा त्रिभुवन, नेपाली कांग्रेस र राणा सरकारका प्रतिनिधिहरूको नयाँ परिस्थितिको बारेमा छलफल भयो।

दिल्ली सम्झौता[सम्पादन गर्ने]

देशभर क्रान्तिको दावानल दन्किन थाल्यो। राणाहरूको उपस्थिति काठमाडौँमा मात्र सीमित रहन पुग्यो। स्थिति भयावह र प्रतिकूल भएपछि मोहन शमशेरले भारतलाई मध्यस्थता गर्न अनुरोध गरे। वार्ताका लागि आफ्ना छोरा विजय शमशेरलाई दिल्ली पठाए। तात्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको मध्यस्थतामा राणा, नेपाली काङ्ग्रेस र राजा त्रिभुवनबिच १२ फेब्रुवरी १९५१ (१ फागुन २००७) मा त्रिपक्षीय दिल्ली सम्झौता भयो। त्यसबेला भारतबाट गोविन्द नारायण उनका सल्लाहकार तथा सचिव भएर आए।

दिल्ली सम्झौताका मुख्य सर्तहरू[सम्पादन गर्ने]

(क) जनताद्वारा निर्वाचित विधान सभाले संविधान निर्माण गर्ने

(ख) १० जना (५ नेपाली काङ्ग्रेस र ५ राणाहरू) सदस्य रहेका अन्तरिम मन्त्री मण्डल गठन गर्ने

(ग) श्री ३ मा निहित भएका सबै अधिकार राजालाई सुम्पिने र वैधानिक राजा त्रिभुवन नै हुने

(घ) फौजदारी अभियोग लागेका बाहेक अरू राजबन्दीलाई बिनासर्त रिहा गर्ने

(ङ) आन्दोलनकारीहरूले सरकारलाई आफ्ना हतियारहरू बुझाउनुपर्ने र आन्दोलन रोक्नुपर्ने।

तत्पश्चात् राजा त्रिभुवन फागुन ४ मा नेपाल फर्के र २००७ साल फागुन ७ गतेको शाही घोषणामा प्रजातन्त्र स्थापना भएको घोषणा गरे। यसरी १०४ वर्षे राणा शासनको अन्त्य भयो र प्रजातन्त्र प्राप्त भयो। यद्यपि केही महिना सम्म मोहन शमशेर नै प्रधानमन्त्री बने। वि.सं. २००८ कार्तिकमा महोनशमशेरले राजिनामा दिए।

मातृकाप्रसाद कोइराला प्रधानमन्त्रीकाल[सम्पादन गर्ने]

वि.सं. २००८ सालमा मोहनशमशेरको राजीनामासँगै भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको सल्लाहमा राजा त्रिभुवनले २००७ सालको क्रान्तिको सरगमबाट भर्खरै बाहिर आएको ठूलो दल कांग्रेसका तत्कालीन सभापति मातृकाप्रसाद कोइरालालाई प्रधानमन्त्रीमा नियुक्त गरे । मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि नेपाली कांग्रेसमा घरझगडा सुरु भयो । नेपाली कांग्रेसभित्र प्रधानमन्त्री ठूलो कि पार्टी सभापति ठूलो भन्ने बहसले निकै व्यापकता पायो । कांग्रेसको कलह घरझगडा अन्तत: पार्टी फुटमा नै पुग्यो। [१] २६ साउन २००९ मा मातृकाले प्रधानमन्त्रीबाट राजीनामा दिए। २ असार २०१० मा फेरि मातृकाप्रसादकै प्रधानमन्त्रीत्वमा ५ सदस्यीय मन्त्रिमण्डल गठन भयो।[२] त्यो सरकार राष्ट्रिय प्रजा पार्टीको थियो। १९ फागुन २०११ मा युवराजाधिराजको हैसियतमा तत्कालीन प्रमुख राज-प्रतिनिधि महेन्द्रले मातृकाप्रसादको सरकार विघटन गरे।[३]

डा. के आइ सिंहको सिंहदरबार विद्रोह[सम्पादन गर्ने]

मृत्यु[सम्पादन गर्ने]

राजा त्रिभुवनको मृत्यु वि सं २०११ मा भयो। उनको मृत्यु पछि युवराज महेन्द्र राजा बने।

राजा त्रिभुवनको नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, दाङमा त्रिभुवननगर, पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय, त्रिभुवन च्यालेञ्ज शिल्ड, पहिलो कलेज त्रि-चन्द्र कलेज, पहिलो राजमार्ग त्रिभुवन राजमार्ग, त्रिभुवन पार्क, त्रिभुवन-चन्द्र सैनिक अस्पताल स्थापना भएको छ।

चित्र दिर्घा[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]

पूर्वाधिकारी
पृथ्वी वीर विक्रम शाह
नेपालको राजा
त्रिभुवन शाह
उत्तराधिकारी 
महेन्द्र वीर विक्रम शाह