वीरेन्द्र वीर विक्रम शाह
वीरेन्द्र वीर विक्रम शाह | |
---|---|
![]() राजा वीरेन्द्र | |
नेपालका राजा | |
शासनकाल | ३१ जनवरी १९७२ - १ जुन २००१ |
पुर्वाधिकारी | महेन्द्र वीर विक्रम शाह |
उत्तराधिकारी | दीपेन्द्र वीर विक्रम शाह |
पत्नी | रानी ऐश्वर्य राज्यलक्ष्मी शाह |
सन्तान | दीपेन्द्र वीर विक्रम शाह श्रुती राज्यलक्ष्मी शाह निराजन वीर विक्रम शाह |
वंश | शाह वंश |
पिता | महेन्द्र वीर विक्रम शाह |
माता | इन्द्रराज्यलक्ष्मी देवी शाह |
जन्म | २८ डिसेम्बर १९४५ नारायणहिटी दरवार, नेपाल |
मृत्यु | १ जुन २००१ नारायणहिटी दरवार, नेपाल |
धर्म | हिन्दू |
वीरेन्द्र वीर विक्रम शाह (वि.सं. २००२-२०५८) नेपालका दशौँ शाहवंशीय राजा थिए। यिनले वि.सं. २०२८ देखि वि.सं. २०५८ सम्म नेपालको शासन गरेका थिए। यिनका तीन जना सन्तान युवराज दीपेन्द्र शाह, अधिराजकुमारी श्रुति शाह तथा अधिराजकुमार निराजन शाहको रूपमा जन्मिएका थिए। वीरेन्द्रका दुई भाइ थिए धिरेन्द्र शाह र ज्ञानेन्द्र शाह। धिरेन्द्रको राजदरवार हत्याकाण्डमा मृत्यु भएको थियो।
बाल्यकाल र शिक्षा[सम्पादन गर्ने]
वीरेन्द्रको जन्म वि.सं. २००२ साल पुष १४ (सन् १९४५ डिसेम्बर २८) गते भएको थियो। यिनको प्रारम्भिक शिक्षा दरवारमा नै भयो। माध्यमिक शिक्षा भारत दार्जीलिङको सेन्ट जोसेफ कलेजबाट पूरा गरेपछि यिनी बेलायतको इटन कलेजमा पढेका थिए। पछि जापान तथा अमेरिकामा पनि यिनले थप अध्ययन गरेका थिए। वीरेन्द्रको विवाह वि.सं. २०२२ सालमा ऐश्वर्य शाहका साथ भएको थियो।
शासन काल र उपलब्धि[सम्पादन गर्ने]
पञ्चायत कालको उत्कर्षका बेला वि.सं. २०२८ मा बाबु राजा महेन्द्रको निधनपछि यिनी राजा बनेका थिए।
- राज्याभिषेक २०३१
- शान्तिक्षेत्र प्रस्ताव
- जनमत सग्रह वि.सं. २०३७
- दक्षिण एसियाली क्षेत्रीय सहयोग सगठन (सार्क)को स्थापना वि.सं. २०४२
- बहुदल घोषणा वि.सं. २०४६
- गद्दी आरोहण राहत महोत्सव वि.सं. २०५३
राजा वीरेन्द्रकै समयमा वि.सं. २०३७ सालमा जनमत सङ्ग्रह र जनआन्दोलन २०४६बाट नेपालमा प्रजातन्त्रको पुनर्वहाली भएको थियो। पहिलो पटक वि.सं. २०३६ सालमा पञ्चायत वा बहुदल के रोज्ने भनेर जनतालाई व्यवस्था रोज्न जनमत सङ्ग्रहको घोषणा गरिएको थियो। नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्व सामु राखेर शान्तिवादी राजाको छवी बनाएका उनको मृत्यु भने रहस्यमय ढङ्गले एउटा कहालीलाग्दो शुक्रवारे पारिवारिक जमघटका बेलामा भएको थियो।
तथापि, विभिन्न राजनीतिक दलहरू र बहुसंख्यक सामाजिक समस्याहरूको बीचमा झन्डाहरू नेपाली गृहयुद्धको नेतृत्वमा, माओवादी विद्रोह र सरकारी शक्तिहरू बीचको विवाद, जुन वि.सं. २०५६ देखि वि.सं. २०५१ सम्मसम्म पुग्यो।
शासन संचालनमा जनतालाइ केन्द्रविन्दु मानी जनअपेक्षा वमोजिम शासन सञ्चालन गर्न निरंकुशतालाइ त्यागी प्रजातन्त्र लाई अंगालेका थिए नेपालको राजनीतिक अस्थिरताका कारण आफ्नो विरासत गुमाउन पुगे ।
हत्या[सम्पादन गर्ने]
वि.सं. २०५८ साल जेठ १९ गतेको शुक्रवार नारायणहिटी दरवारभित्र हत्या गरिएको थियो। आफ्नो पहिलो शटको दुई मिनेटपछि आफ्नो छोरा दीपेन्द्रको हातमा [१] जसलाई नारायणहिटी दरवार हत्याकाण्डको रूपमा चिनिन्छ।
तस्बिरहरू[सम्पादन गर्ने]
पूर्ण नेपाली राजा विरेन्द्र बाट दशैंको टीका ग्रहण गर्दै
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
बाह्य कडीहरू[सम्पादन गर्ने]
पूर्वाधिकारी महेन्द्र वीर विक्रम शाह |
नेपालको राजा २०२८-२०५८ |
उत्तराधिकारी दीपेन्द्र वीर विक्रम शाह |
![]() |
विकिमिडिया कमन्समा वीरेन्द्र वीर विक्रम शाह सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |