उदयपुर सिमेन्ट उद्योग लिमिटेड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उदयपुर सिमेन्ट उद्योग लिमिटेड
मौलिक नाम
उदयपुर सिमेन्ट उद्योग लिमिटेड
व्यवसाय प्रकार
सरकारी
उद्योगसिमेन्ट
स्थापित२०४४ जेठ ३१
केन्द्रीय कार्यालय,
उत्पादनहरूगैँडा सिमेन्ट
वेबसाइटudayapurcement.org.np

उदयपुर सिमेन्ट उद्योग लिमिटेड नेपालको एक सिमेन्ट उद्योग कम्पनी हो। कम्पनी आर्थिक वर्ष २०७३/७४ मा, नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग कम्पनी बनेको थियो।[१] २०४४ सालमा जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित यस उद्योग उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ११ जलजलेको बनक्षेत्रमा अबस्थित छ भने आवश्यक चुन ढुङ्गा जिल्लाकै उत्तरी भेग को सुकौराबाट रोपवे मार्फत ढुवानी गर्न पुर्वाधारहरू बनाईएको छ। एसियाकै ठूलो मध्येको एक भनिएको यस सिमेन्ट उद्योग चरम राजनीतिक हस्तक्षेप र भ्रस्ट व्यवस्थापनले अधोगतिको यात्रा तय गर्दै गरेको उद्योग हो।[२] उद्योगका लागि आवश्यक चुन ढुङ्गा जिल्लाकै उत्तरी भेग को सुकौराबाट रोपवे मार्फत ढुवानी गरिदै आएकोमा सञ्चालन असक्षमताका कारण उक्त रोपवे बिग्री रहने र समयमा मर्मत नगर्ने परिपाटिका कारण प्राय:भाडाका ट्रक मर्फट खानिबाट ढुङ्गा ढुवानी हुँदै आएको छ। यस उद्योगको उत्पादन गैँडा छाप सिमेन्ट हो। [३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "उदयपुर सिमेन्ट उद्योग लिमिटेडले १० वर्षयताकै बढी सिमेन्ट उत्पादन"कान्तिपथ (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ सेप्टेम्बर २०२१ 
  2. "उदयपुर सिमेन्टमा २५ करोडको अनियमित खरिद" (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ सेप्टेम्बर २०२१ 
  3. "उदयपुर सिमेन्टको टर्नओभर बढ्यो, तीन महिनामै ५० करोडको कारोबार, गैंडाको माग धान्नै गाह्रो" (नेपाली) भाषा)। बिजमाडौँ। सङ्ग्रह मिति २५ सेप्टेम्बर २०२१ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]