त्रियुगा नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
त्रियुगा
गाईघाट बजार
गाईघाट बजार
त्रियुगा is located in प्रदेश नं. १
त्रियुगा
त्रियुगा
नक्सामा त्रियुगा नगरपालिका
त्रियुगा is located in नेपाल
त्रियुगा
त्रियुगा
त्रियुगा (नेपाल)
निर्देशाङ्क: २६°४७′३१″उ॰ ८६°४१′५६″पू॰ / २६.७९१९४°N ८६.६९८८९°E / 26.79194; 86.69889निर्देशाङ्कहरू: २६°४७′३१″उ॰ ८६°४१′५६″पू॰ / २६.७९१९४°N ८६.६९८८९°E / 26.79194; 86.69889
देश नेपाल
प्रदेशप्रदेश नं. १
जिल्लाउदयपुर जिल्ला
नगरपालिकावि.सं. २०५३ चैत्र १४[१]
समावेश (गाविस)गाईघाट, देउरी र भुमरसुवा
सम्मिलित (मिति)वि.सं. २०५३ चैत्र १४
समावेश (गाविस)जोगीदह, साउने, खाँबुजाल्पाचिलाउने
सम्मिलित (मिति)वि.सं. २०७३ फाल्गुन २२
सरकार
 • मेयरबलदेव चौधरी (नेकपा एस)
 • उप मेयरदेबी कुमारी चौधरी (नेका)
क्षेत्रफल
 • जम्मा५४७.४३ किमी (२११.३६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा८७,५५७
 • घनत्व१६०/किमी (४१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
हुलाक कोड
५६३००
क्षेत्रीय सङ्केत(हरू)०३५
वेबसाइटआधिकारिक वेबसाइट

त्रियुगा नेपालको प्रदेश नं. १मा रहेको उदयपुर जिल्लाको एक नगरपालिका हो। उदयपुर जिल्लाको सदरमुकाम गाईघाट यस नगरपालिका भित्रको एक केन्द्रीय स्थल हो। उदयपुर जिल्लामा रहेका तत्कालिन गाईघाट, देउरी र भुमरसुवा गाउँ विकास समिति मिलाएर वि.सं. २०५३ चैत्र १४ गते यो नगरपालिकाको गठन गरिएको थियो। पूर्वी नेपालको उदयपुर उपत्यकाको उदयपुर जिल्लामा रहेको त्रियुगा नगर द्रुततर गतिमा विकास भइरहेको नगर हो। यस नगरपालिकाभित्र सबै जिल्ला स्तरीय कार्यलयहरूका साथै क्याम्पस, विद्यालय तथा अस्पतालहरू समेत रहेका छन्। कुल १६ वडामा विभाजित यो नगरपालिकाको जनसङ्ख्या वि.सं. २०६८ सालको जनगणना अनुसार ८७,५५७ रहेको छ।[२]त्रियुगा नगरपालिकाको पूर्वमा चौदण्डीगढी नगरपालिका, पश्चिममा उदयपुरगढी गाउँपालिकासप्तरी जिल्ला, उतरमा रौतामाई गाउँपालिकाखोटाङ जिल्ला तथा दक्षिणमा सप्तरी जिल्ला रहेका छन्।

नामकरण[सम्पादन गर्ने]

यो सहर त्रियुगा नदीको किनारमा अवस्थित रहेको हुनाले यसकै नाउँमा त्रियुगा नगरपालिका राखिएको हो।

क्षेत्रगत फैलावट[सम्पादन गर्ने]

नेपाल राजपत्रमा वि.सं. २०५३ चैत्र १४ गते प्रकाशित सूचना अनुसार तत्कालिन गाईघाट, देउरी र भुमरसुवा गाविसहरूलाई मिलाएर यो नगरपालिकाको स्थापना भएको हो। वि.सं. २०७३ फाल्गुन २२ गते नेपाल सरकारको मन्त्रिपरिषदको निर्णय बमोजिम यस नगरपालिकामा १६ वडा रहेका छन्।[३][४][५] क्षेत्रफलको आधारमा यो नेपालको तेस्रो सबैभन्दा ठूलो नगरपालिका हो।

स्थानीय तह पुनर्संरचना आयोगले वि.सं. २०७३ फाल्गुन २२ गते गरेको सिफारिसलाई नेपाल सरकारले अनुमोदन गरि नेपाल राजपत्रमा वि.सं. २०७३ फाल्गुन २७ गते प्रकाशित गरेपछि यस नगरपालिकामा उदयपुर जिल्लाका तत्कालिन जोगीदह, साउने, खाँबुजाल्पाचिलाउने गाउँ विकास समितिलाई सम्मिलित गरिएको थियो। वर्तमान समयमा यो नगरपालिकाको कुल क्षेत्रफल ५४७.४३ वर्ग किलोमिटर भएको छ।[६]

इतिहास[सम्पादन गर्ने]

यो सहर प्रसिद्ध तथा ऐतिहासिक उदयपुर उपत्यकामा छ। सेन वंशको सत्ता केन्द्र र वि.सं. २०२७ को अन्त्यसम्म उदयपुर जिल्लाको सदरमुकाम उदयपुरगढी[७] रहेकोमा[८] नेपाल सरकारको निर्णयपछि जिल्लाको सदरमुकाम गाईघाट सारिएको थियो।[९]

भूगोल तथा वन्य जीवन[सम्पादन गर्ने]

यस उपत्यकाको पूर्व तिर कोशी नदी बग्छ जुन नेपालको सबैभन्दा ठुलो नदी हो। कोशी नदीमा ८० प्रजातिका माछाहरू लगायत साथै दुर्लभ घडियाल, गोही तथा सोँस पनि पाइन्छन्। कोशी नदीको मध्यमा एउटा टप्पु छ जुन वन्यजन्तुहरूको लगि सुरक्षित गरिएको छ। यो टप्पु एक प्रकारको पानी भैसी (अर्ना) को घर पनि हो। कोशी टप्पु वन्यजन्तु आरक्ष अन्तर्राष्ट्रिय महत्त्व राख्ने भूमि हो। मुख्यत: लोपोन्मुख अवस्थामा रहेका अर्ना (जङ्गली भैँसी)हरू पाइने यो आरक्षमा अन्य २० प्रकारका साना ठूला जनावरहरू जस्तै: हरिण, रतुवा, निलगाई, बँदेल, बाँदर, अजिङ्गर आदि जनावरहरू पाइन्छन्। यसलाई सन् १९८७ मा रामसार क्षेत्र घोषित गरिएको थियो। यो टप्पु क्षेत्र २८० प्रजातिका चराचुरङ्गीहरूको घर पनि हो।[१०]

धार्मिक तीर्थस्थल[सम्पादन गर्ने]

यस नगरपालिकाले हरेक जातजाति र भाषाभाषीहरूको आस्था अनुरूप विभिन्न मठमन्दिर र थानहरूको सुरक्षा गर्दै आइरहेको छ जसले ऐतिहासिक, धार्मिक एवं दर्शनीय स्थलको रूपमा पर्यटकीय सम्भावना बोकेका छन्।[११] यी पवित्र सम्पदाहरूलाई निम्नानुसार वर्गीकरण गर्न सकिन्छ।

प्राकृतिक तीर्थस्थल[सम्पादन गर्ने]

  • ककनी महादेव, कालीखोला
  • खाटमन्दिर, बागचौरी
  • मूढगढा, मोतिगडा
  • शिवालय, असारी
  • सलेश, चुरिया माई
  • रौता पोखरी, रौता

मानव निर्मित तीर्थस्थल[सम्पादन गर्ने]

  • इन्द्रेश्वर महादेव, बरुवा
  • गणेश र भगवती मन्दिर, गाईघाट
  • गीता मन्दिर, खाटथान
  • राधाकृष्ण मन्दिर, गाईघाट
  • राम मन्दिर, कालीखोला
  • शिव मन्दिर, जलजले
  • शिवालय, बगाहा
  • सीताराम मन्दिर, मोतिगडा
  • सिद्देश्वर महादेव, चुहाडे
  • राधाकृष्ण मन्दिर, नमुना चोक, चुहाडे

बैङ्क तथा वित्तीय संस्था[सम्पादन गर्ने]

यो सहरमा स्थानीय स्तरका विभिन्न वित्तीय संस्था खुलेका छन्। राष्ट्रिय स्तरका बैङ्कहरूले पनि आफ्नो शाखा कार्यालय खोलेर सेवा प्रदान गर्दै आइरहेका छन्। नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, ग्लोबल आईएमई बैंक, एन आई सी एसिया बैंक लिमिटेड, नेपाल इन्भेष्टमेण्ट बैंक, सिभिल बैंक आदि बैङ्कहरूको शाखा कार्यालय गाईघाटमा छन्।

यातायात[सम्पादन गर्ने]

गाईघाट बस पार्क

सगरमाथा राजमार्गले (जुन लहानभन्दा केही किमी पूर्व कदमाहा देखि सुरु हुन्छ) त्रियुगा नगरलाई पूर्व-पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) को कदमाहामा जोड्छ। त्रियुगालाई देशका मुख्य मुख्य सहरहरूमा यातायात सञ्जाल मार्फत जोड्ने मार्ग पनि यहि हो। सगरमाथा राजमार्गले गाईघाटलाई उत्तर तर्फका पहाडी जिल्लाहरू खोटाङ, ओखलढुङ्गा र  सोलुखुम्बसँग जोड्छ। बेल्टारहुँदै पूर्वमा धरानकटारीहुँदै पश्चिममा सिन्धुली पुगिने गरि पूर्व-पश्चिम राजमार्गको वैकल्पिक खण्डको रूपमा विकास भएको सडक पूर्वाधार पनि त्रियुगा नगर हुँदै जान्छ।

नगरभित्र आवत जावत गर्न निजी सवारीसाधनको रूपमा साइकलमोटरसाइकल अत्याधिक प्रयोग हुन्छन्। नगर भित्र टेम्पो, ट्याक्सी, अटो, रिक्सा, मिनि बस जस्ता भाडाका सवारीसाधन सञ्चालित छन्। छोटो तथा लामो दुरीका सार्वजनिक सवारीसाधन दैनिक रूपमा सञ्चालन हुनाले देशका प्रमुख सहरहरूबाट सजिलै यात्रा गर्न सकिन्छ।

‍‍‍‍‍मिडिया तथा सञ्चार साधन[सम्पादन गर्ने]

राष्ट्रिय समाचार पत्रहरू जस्तै कान्तिपुर, द काठमान्डू पोस्ट, अन्नपूर्ण पोस्ट, द हिमालयन टाइम्स, नागरिक, रिपब्लिका, गोरखापत्र आदि बिहान बिहानै उपलब्ध हुन्छन्। क्षेत्रीय टेलिभिजन जसको नाम जी-म्युजिक हो यहाँबाट केबलको माध्यमले प्रसारित गरिन्छ। यहाँ केबल टेलिभिजन सेवाहरू पनि उपलब्ध छन्। यहाँबाट कयौं क्षेत्रीय समाचार पत्रहरू दैनिक, साप्ताहिक या मासिक आधारमा प्रकाशित हुन्छन्। माझखड्का, त्रियुगा पोस्ट, बरुआ टाइम्स, उदयपुर पोस्ट आदि यहाँबाट प्रकाशित हुने समाचार पत्रपत्रिका हुन्। यहाँ एफएम स्टेसनहरू पनि छन् जहाँबाट मनोरञ्जनका साथै समाचारहरू पनि प्रसारित भइरहेका रहन्छन्। यहाँबाट प्रसारण भइरहेका एफएमहरू यस प्रकार छन्:

  • रेडियो त्रियुगा १०४ मेगाहर्ज (सामुदायिक)
  • रेडियो उदयपुर १०२ मेगाहर्ज (सामुदायिक)
  • रेडियो अमूर्त ९१.६ मेगाहर्ज (व्यवसायिक)

यस बाहेक कान्तिपुर एफएम, इमेज एफएम तथा सप्तकोशी एफएम प्रष्टसँग सुन्न सकिन्छ।

यो सहरमा नेपाल टेलिकमको तार तथा तार-रहित टेलिफोन र फ्याक्स सेवा उपलब्ध छ भने एनसेलले तार-रहित टेलिफोन सेवा दिंदै आएको छ। नेपाल टेलिकमएनसेलको फोर जी इन्टरनेट नेटवर्क रहेको सहरमा ब्रोडलिङ्क, वर्ल्डलिङ्क, सुविसु आदिको इन्टरनेटको सुविधा पनि उपलब्ध छ।

उद्योग[सम्पादन गर्ने]

यस नगरमा रहेको उदयपुर सिमेन्ट उद्योग लिमिटेड नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग हो। वि.सं. २०४५ सालमा जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित यस उद्योग नगरपालिकाको वडा नं. ११ जलजलेको वनक्षेत्रमा अवस्थित छ। आवश्यक चुनढुङ्गा भने नगर क्षेत्र बाहिर उदयपुर जिल्लाकै उत्तरी भेगको सुकौराबाट रोपवे मार्फत ढुवानी गर्न पुर्वाधारहरू बनाइएको छ।

बाह्य कडीहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "नगरपालिका क्षेत्र तोकी बिभाजन गरेको", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच जनवरी २०२२ 
  2. "नेपाल जनगणना वि.सं. २०६८", अन्तिम पहुँच फेब्रुअरी २०२२ 
  3. "गाउँ र नगरपालिका कुन जिल्लामा कति ?", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  4. काफ्ले, प्रतिक्षा (३० फाल्गुन २०७३), "जिविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर, अन्तिम पहुँच ३० फाल्गुन २०७३ 
  5. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३ 
  6. "उदयपुर डायरी", सोलुसन खबर (नेपालीमा), २०२०-०९-२८, अन्तिम पहुँच २०२२-०२-०३ 
  7. "ऐतिहासिक पर्यटकीय गन्तब्य उदयपुरगढी", मसालापाटी (नेपालीमा), २०२०-०९-२१, अन्तिम पहुँच २०२२-०२-०३ 
  8. "उदयपुर जिल्लाको ऐतिहासिक पर्यटकीय गन्तब्य उदयपुरगढी", नेपालपत्र (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-०३ 
  9. "उदयपुरका प्रमुख पर्यटकीय गन्तव्यहरु", प्रदेश दैनिक (नेपालीमा), २०२०-०३-०६, अन्तिम पहुँच २०२२-०२-०३ 
  10. "चराहरुको स्वर्ग कोशी टप्पु वन्यजन्तु आरक्ष", न्युज अफ नेपाल (नेपालीमा), अन्तिम पहुँच २०२२-०२-०३ 
  11. "त्रियुगा नगर सन्देश २०५८ असोज" मा श्री गिरिराज खतिवडाको लेखबाट

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]