द काठमान्डू पोस्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

द काठमान्डू पोष्ट कान्तिपुर पब्लिकेसन्स (प्रा.) लि.बाट प्रकाशित हुने एक अङ्ग्रेजी दैनिक अखबार हो। यो पत्रिकाको मुख्यालय नेपालको राजधानी काठमाडौंमा छ।

कान्तिपुर दैनिक र द काठमान्डू पोष्ट २०४९ साल फागुन ७ गतेबाट प्रकाशनमा आएका हुन्। द काठमान्डू पोष्ट का सुरूका सम्पादक योगेश उपाध्याय नै हुनुहुन्थ्यो। त्यसपछि श्याम के.सी. र युवराज घिमिरे हुनुभयो। हाल् हाल पोस्टको सम्पादक अखिलेश उपाध्याय हुनु हुन्छ। 'कान्तिपुर दैनिक' र 'द काठमान्डू पोष्ट'लाई २०६२ वैशाख २१ देखि अन्तर्राष्ट्रिय आकारको बनाइयो। यो आकार साविकभन्दा सानो हो।