बेल्टार बसाहा नगरपालिका
बेल्टार बसाहा | |
---|---|
पूर्व नगरपालिका | |
देश | ![]() |
अञ्चल | सगरमाथा अञ्चल |
जिल्ला | उदयपुर जिल्ला |
स्थापना | २०७१ जेष्ठ ४ |
जनसङ्ख्या (बि.स.२०६८) | |
• जम्मा | २३९१८ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
हुलाक कोड | ५६३०० |
क्षेत्रीय सङ्केत | ०३५ |
वेबसाइट | www.beltarbasaahamun.gov.np |
बेल्टार बसाहा पूर्वी नेपालको उदयपुर जिल्लामा रहेको पूर्व नगरपालिका तथा वर्तमान समयमा चौदण्डीगढी नगरपालिकाको एक टोल हो। यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल जेष्ठ ४,२०७१ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा बेल्टार र बसाहा गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा कटारी पनि नगरपालिका बनेको हो । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन् ।विशेष त यो क्षेत्रको बनोट वरिपरि हरिया डाडा पाखा ले घेरिएको ठाँउ अत्यन्तै मनमोहक र सुन्दर रहेको छ।पूर्वी क्षेत्रमा रामपुर गा.बि.स., दक्षिणमा त्रियुगा नदिको समतल फाँट पश्चिममा आँप खहरे डाडा र उत्तर दिशामा एतिहासिक स्थल चौदन्डी रहेको क्स छ। यस क्षेत्रमा थुप्रै खहरे खोलाहरु वर्षा याममा बग्ने गर्दछ।
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
बेल्टार र बसाहा गाविसहरूलाई मिलाएर बेल्टार बसाहा नगरपालिका बनाइएको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर २३,९१८ रहेको छ ।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "नेपाल जनगणना बि.स.२०६८", अन्तिम पहुँच नोभेम्बर २०१२।