जोगीदह

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
जोगीदह
—  गाउँ विकास समिति  —
जोगीदह is located in Nepal
जोगीदह
जोगीदह
नेपालको नक्शामा जोगीदह
निर्देशाङ्क: २६°४५′उत्तर ८६°४६′पूर्व / २६.७५° उत्तर ८६.७७° पूर्व / 26.75; 86.77निर्देशाङ्क: २६°४५′उत्तर ८६°४६′पूर्व / २६.७५° उत्तर ८६.७७° पूर्व / 26.75; 86.77
देश  नेपाल
अञ्चल सगरमाथा अञ्चल
जिल्ला उदयपुर जिल्ला
जनसङ्ख्या (२०५८)
 - जम्मा ४,६९८
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)

जोगीदह (jogidaha)उदयपुर जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो।जिल्ला सदरमुकाम गाईघाट(gaighat)बाट ६ किमि पुर्बमा रहेको उदयपुर जिल्लाको भित्री मधेसमा अबस्थित समथर भुभाग रहेको गाबिस हो।जसको पश्चिममा त्रियुगा नगरपालिका ६ खैजनपुर दक्षिणमा चुरे पुर्बमा हडिया गाविस र उत्तरमा त्रीयुगा खोला रहेको छ। यस गाबिसमा ९ ओटा वडा रहेका छन। सबभन्दा ठूलो वडा चाहिँ वडा नं ९ मोतियाही गाउँ हो।यस गाबिसमा आदीवासी थारु,ब्राह्मण, क्षेत्री, राई, नेवार, राजधामी, मुस्लीम, मगर, मुसहर र केहि ात्रा लगभग प्रत्यक वडामा सरदर २\४ घर कामी दमाई र केही संख्यामा सार्किको बसोबास रहेको छ । गाविस राजनीतिक आर्थिक शैक्षिक रुपमा पछाडीएकै नै नभने पनि अगडी छ पनि भन्नसक्ने अबस्थाको भैसकेको छैन।शिक्षाको स्तर त्यति राम्रो छैन जबकी पूरा गाउँ विकास समिती भरी २०१६ सालमा स्थापना भएको श्री जनता मावी जोगिदहभर्खरै ४/५ बर्ष अगाडि मात्र श्री जनता उच्च मावि जोगिदह भएको स्थिती छ।प्राबी र निमाबी बिधालय पनि ४\५ ओटा मात्र रहेका छन ।यो गाबिस निर्बाचन क्षेत्र नं १ अन्तर्गत पर्छ।

यातायात[सम्पादन गर्ने]

सडक यातायातको कुरागर्दा गाईघाट फत्तेपुर कच्चि सडक खण्ड यहि जोगिदह गाबिसको ९,६,२र १ भएर जान्छ । यो सडक पुरानो भईकन जिर्ण सानो र कच्ची त छ नै त्यसमा पनि यश सदक खण्डमा पर्ने १०-११ वटा खोला मध्य कुनै खोलामा पनि पक्कि पुल छैन अझ यश सडक खण्डमा पर्ने कुनै खोला पनि आबस्यक मात्रामा नियन्त्रणको प्रयास सम्म गरिएको छैन। यस गाबिसमा दक्षिणतर्फ रहेको चुरेबाट बहने ९ नं वडाको सिमल चौक मोतियाहि(motiyahi)को सुक्नाई खोला सोही वडाको सोही चौकको मध्यभाग हुनेगरी फुटेर आएको सानो सुक्नाई सोही चौक नजिकैको पधेरी खोल्सी,राजधामी टोलको पश्चिम भएर बहने भौडी खोला,बैरागी खोला,कङ खोला जस्ता अनगिन्ती खोला त्यस्तै गाविसको उत्तरतर्फको सिमङकन गर्नेगरी उतर दिशामा अबस्थित पुर्ब पश्चिम बहने त्रीयुगा नदिले सडक बिकाशलाई मात्र हैन हजरौ हेक्टर जमिन बर्सेने बालुवामा परिणत गरिरहेको अबस्था छ । त्यस्तै सोही गाबिसको ९ नं र ६ नं को भुभाग मिलाएर बन्नलागेको जोगिदह मोतियाही(motiyahi)बिमान स्थल प्रस्ताबित रहेको छ ।

धार्मिक तथा ऐतिहासिक स्थलहरू[सम्पादन गर्ने]

त्यस्तै ऐतिहासिक स्थलहरुमा यस गाबिसको ९(नौ) नम्बर वडाको मोतियाही (motiyahi) राजधामी टोलमा अबस्थित रामजानकी मन्दिर वावाजी कुटि मोतियहि(babaji kuti ramjanaki mandir,motiyahi)जसमा पहिले 20** साल सम्म सुनको मुर्ती थियो जुन अहिले छैन चोरि भैसक्यो त्यस्तै सोही मन्दिर परिसरमा रहेको पोखरी।त्यस्तै ९ नं वडाकै भौडी देबि थान र सोही थानपरिसरको पोखरी।९ नं वडाकै गाईघाट फत्तेपुर कच्चिसडक खण्डको छेउमै पर्ने देबि थान ,मोतियाहा माथ्लो टोलको सिरान बृक्षारोपन क्षेत्रमा अवस्थित मोतियाही शिवालय मन्दिर त्यस्तै जोगीदह (jogidaha) पुर्बटोलमा अबस्थित बाबाजी कुटि रामजानकी मन्दिरजस्ता धेरै ऐतिहासिक धरोहर हरु छन तर पनि चेतना,शिक्षा र संरक्षनको कमि र पहुचवालाको लोभलालसाका कारण अतिक्रमणमा परिरहेका छन।


कसरी पुग्ने ??[सम्पादन गर्ने]

पश्चिम नाका बाट सडक मार्ग हुदै जादा पुर्ब पश्चिम महेन्द्र राजमार्गवाट पुर्ब-उत्तर गाईघाट तर्फजाने सगरमाथा राजमार्गको २६ किमि दुरि तय गरेपछी मोतिगडा चौक आउँछ फेरि त्यो मोतिगडा चौक बाट पुर्ब-दक्षिण तर्फ लाग्दै मोतिगडा-फत्तेपुर कच्ची सडक खण्डको बाटो बाट ठाडी खोला,नेपाली सेनाको १८ नं बाहिनी भुल्के,लुहाले खोला,खैजनपुर को मिलन चौक हुँदै बबिया खोला पार गर्दा मोतिगडा चौक बाट ६ किमिको दुरि पार भएपछी जोगीदह गाबिसको ९ नं वडा मोतियाही सिमलचौक पुगिन्छ।मोतियाही सिमल चौक बाट फेरि अगाडि लाग्दा ९ नं कै देबिथान,बाबाजी कुटि टोलको छेउ हुँदै प्रस्ताबित मोतियाही जोगीदह हवाई मैदान छेउ हुँदै गाविसको ६ न वडाको बैरागी खोला पार भएपछी खोरिया टोलको डाडो पारगरेपछी गाबिस भवन,जोगिदह उमावी रहेको ६ नं वडा हुँदै हाटखोला चौक हुँदै कङ खोला पार गरे पछि गाविसको ४ नं वडा को बाबाजिकुटी हुँदै बरगाछी हुँदै गाबिसको पुर्बी वडा रुपनि वडा नं १ पुगेपछी गाबिस पूरा हुन्छ। पुर्बी नाका बाट पुर्ब पश्चिम माहेन्द्र राजमार्गको बेरियर कन्चनपुर बाट प्रबेस गर्दा= बेरियर-फत्तेपुर बाट मोतिगडा फत्तेपुर कच्ची सडक खण्ड बाटो हुदै-उदयपुरको सुन्दरपुर-उदयपुरको को सिबाई-उदयपुरको हडिया पार गरेपछी-जोगीदह गाविसको पुर्बी वडा वडा नं १ रुपनि प्रबेस गरिन्छ।रुपनि-पुर्बटोल२-कङ खोला-हाटखोला चौक-जोगिदह गाबिस भवन-खोरिया टोल डाडो-सानो बैरागी,ठूलो बैरागी-प्रस्ताबित हावाई मैदान- मोतियाहीको बाबाजिकुटी-देबिथान-हुँदै पश्चिमी वडा वडा नं ९ मोतियाही पुगेपछी गाबिसको सडक मार्ग सकिन्छ।त्याहा बाट अझ पश्चिम लाग्ने हो भने सेनाको १८ नं बाहिनी भुल्के हुँदै मोतिगडा,गाईघाट पुगिन्छ।

फत्तेपुर-मोतिगडा कच्ची सडक खन्डको लम्बाई २९ किमि रहेको छ।

कृषि तथा सिचांई[सम्पादन गर्ने]

याहाको कृषिबालिमा प्रमुख रुपमा धान,गहु र मकै हो र केहुमात्रामा तोरि नगन्य रुपमा कोदो लगाईन्छ। सिचाईको माध्यमको कुरागर्दा केही खोलाबाट कुलोपैनी केही मात्रामा भुमिगत जलको स्यालो ट्युववेल हो भने अधिकांसको चाहिँ आकासे पानीकै भर पर्नु पर्ने बाध्यात्मक स्थिती छ।

खानेपानी[सम्पादन गर्ने]

खानेपानी को श्रोतको रुपमा ट्युवेल मार्फत जमिन मुनिको पानी प्रयोग हुन्छ।

बनजंगल तथा प्राकृतिक स्रोत साधनहरु[सम्पादन गर्ने]

खुल्ला आखाले सामान्य मान्छेले समेत सहजै देखिने प्राकृतिक श्रोत साधनमा खहरे खोला,भुमिगत जल र बनजंगलको क्षेत्रमा निकै धनी छ ।अन्य प्रकृतिक श्रोतको संबन्धमा सक्षम आधिकारिक निकायबाट खोजी भएको छैन। गाबिसमा पर्ने संपुर्ण बन क्षेत्र मध्य अधिकांसमा सामुदायिक बन संरक्षण नीति अबलम्बन गरिएको छ। दिनानुदिन यश क्षेत्रको बन क्षेत्र क्रमश बिनास हुँदै गएको अवस्था छ।

उर्जा[सम्पादन गर्ने]

यहाको दैनिक जीवन यापनका निमित्त खानापकाउने उर्जाकोलागी दाउराको प्रयोग हुन्छ।

शैक्षिक अवस्था[सम्पादन गर्ने]

शैक्षिक क्षेत्रमा हालका दिनमा राम्रै प्रगती भएको पाईन्छ। लगभग ८०% नागरिक साक्षर रहे पनि उच्छ शिक्षाको स्तर चाहिँ त्यति सन्तोशजनक रहेको पाईन्दैन ।आर्थिक समस्या र राज्यले उचित आकर्षण गराउन नसक्दा बिचैमा स्कुल छोडने परिपाटी र उच्च शिक्षा पछि पनि रोजगारिका निमित्त खाडिमुलुक मै मजदुरी गर्नुपर्ने स्थितिले नजिरको रुप लिएको बिडम्बना छ। माध्यमिक शिक्षाका लागि मोतियाही सिमल चौकका बिधार्थी त्रीनपा ६ खैजनपुर र १नं वडा रुपनिका बिधार्थी हडिया जानुपर्ने अबस्था छ।त्यस्तै उच्छ शिक्षाका लागि समग्र गाबिसका बिधार्थी त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त श्री त्रियुगा जनता बहुमुखी क्याम्पस,मोतिगडा,राजबिराज,धरान,बिराटनगर तथा काठमाण्डौ जानुपर्ने अवस्था छ ।जुन निम्न आय भयका आम अभिभाबकको लागि कोठाभाडा तथा खानाको ब्यबस्था सहित पढाउन सक्नु उनिहरुको पहुच बाहिरको स्थिती हो।

रोजगारको स्थिती[सम्पादन गर्ने]

याहाको रोजगारिको प्रमुख श्रोतकोरुपमा बैदेसिक रोजगार हो दोस्रो दैनिक ज्यालदारी मजदुरी केही मत्रामा शिक्षक नेपाल प्रहरी नेपाली सेना नगन्य मत्रामा निजामती सेवा,भारतिय सेना र गाँउबाट काठमाण्डौं आई केही निजिक्षेत्रमा नोकरी गर्ने गरेका छन।

स्वाथ्यको क्षेत्रको स्थिती[सम्पादन गर्ने]

यो गाबिसको पुरापुर क्षेत्रमा गाबिस भवन नजिक रहेको एक मात्र उपस्वास्थ्य चौकी हो।गाबिसका पष्चिमी भेग मोतियाहि र मध्य भेगका बासिन्दाले ६ किमिको दुरिमा रहेको जिल्ला सदरमुकामको जिल्ला अस्पताल बाट केही सजिलो सेवा लिन सके पनि पुर्बी भेग बासिन्दाले असहज परिस्थितिको सामना गर्नुपरेको छ। खहरे खोलामा बाढी नआएको बेला फोनमार्फत गैइघाट,पुर्बी छिमेकी गाबिस हडिया,सुन्दरपुरबाट बोलाईने एम्बुलेन्सले सेवा त दिन्छ तर बिपन्न परिवारको पहुछ नपुगिरहिको छ। याहाका नागरिकले विशेष उपचारकालागी २०० \ २५० किमि को दुरिमा रहेको धरान,बिराटनगर र भारतको सिलगुडी अनि काठमाण्डौ धाउनु पर्ने हुन्छ।

बिकाशका पुर्वाधारहरु[सम्पादन गर्ने]

उधोग कलकारखानको स्थापना शून्य छ।यश गाबिस भएर जाने मोतिगडा-फत्तेपुर सडक खण्ड लगभग चार दसक पुग्दासम्म सानो र कच्ची नै रहेको छ।यश गाबिस अन्तर्गत पर्ने लगभग ८ किमि सडकको त कुरै छोडौ पुरै मोतिगडा-फत्तेपुर सडक खण्डमा एउटापनि पक्की पुल छैन। २०६५ साल बाट बिजुली यश गाबिसको प्राय:सबै घरमा पुगिसकेको अवस्था छ। प्रावि र निमाबि गरि जम्मा चार वटा बिधालय रहे पनि उच्चशिक्षा को त कुरै छोडै माध्यमिक शिक्षाको लागि समेत ६ नं मा रहेको श्री जनता उमावी जोगिदह एउटा एक मात्र बिकल्प छ।

राजनैतीक,आर्थिक तथा सामाजिक स्थिती[सम्पादन गर्ने]

यो गाबिसमा बहुसंख्यक दिन्दु,किरात,मुलिम र केही क्रीष्चियन धर्माबलम्बीहरु रहेका छन। ब्रामण क्षेत्री,राई,मगर,थारु (चौधरी),लिम्बू,राजधामी,मुस्लिम,कामी,दमाई,सार्की,मुसहर आदि जातिहरु बसोबास रहेको बडो आदर्समय सामाजिक सद्भाव रहेको बिभेद रहित नागरिकहरुको बसोबास रहेको गाबिस हो। जातिय भेदभाब तथा छुवाछुत लैङ्गिक भेद्भाब जस्ता कुरिती रहदै आए पनि यसमा केही साकारात्मक परिवर्तन भएको पाईन्छ। अझै पनि बिरामी हुदा धामीलागाउने चलन कायमै छ। केही मात्रामा निम्छरो एकल र बृद्दाबस्थाकी बुढिलाई बोक्सीको आरोप लगाई लाल्छना लगाई मानसिक तनाबदिने जस्ता कुरितिले अजै छुटकारा दिएको स्थिती छैन। अधिकांस निम्न मध्यम बर्गिय नागरिकहरु रहेका छन।

      राजनीतिक आधारमा नियाल्दा यस गाविसबाट राष्ट्रीय राजनितिमा कोहि संसदमा समेत पुग्न नसकेको स्थिती र हरेक राजनीतिक आन्दोलनमा समेत पछडिनै रहेको तर २०५२ सालबाट सुरु भएको माओवादी शसस्त्र जनयुद्धका क्रममा चाहिँ बिनोद प्रसाद पोखरेललगायतले साहदत प्रप्त गरेका छन।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]