वीरेन्द्र बहुमुखी क्याम्पस

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

२०२२ सालमा स्थापित भरतपुरको सबैभन्दा पुरानो यो क्याम्पसमा विज्ञान, मानविकी, तथा व्यवस्थापनमा स्नातक तथा स्नातकोतर सम्मको अध्ययन हुने गरेको छ । नारायणगढ बजार बाट भरतपुर उकालो चढिसक्ने बित्तिकै देब्रेपट्टी पर्ने यो क्याम्पस भरतपुर सहरको मुटुमै अवस्थित छ । हाल ९-१० वर्षदेखी क्याम्पसले उसको स्नात्तकोतर तहको कक्षा भने भरतपुर नगरको वार्ड नं.१०,११,र १२ को विचमा मा बाइपास सडक सगै रहेको वीरेन्द्र बहुमुखी क्याम्पसकै जग्गामा भवन बनाइ संचालन गरीएको छ । यो क्याम्पस त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस हो । भरतपुर मात्र नभइ समग्र चितवन र यसको वरपरका जिल्लाको उच्च शिक्षामा समेत वीरेन्द्र बहुमुखी क्याम्पसको अतुलनीय योगदान रहेको छ । यो क्याम्पसका क्याम्पस प्रमुखमा हाल गोबिन्द सापकोटा कार्यरत छन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]