सुसाङ्ख्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(कम्प्युटरबाट अनुप्रेषित)

कम्प्युटर

कॉम्प्युटर एउटा प्रोग्रॅमेबल यन्त्र हो । कॉम्प्युटर शब्द लॅटिन शब्द Computareबाट आएको हो । जसको अर्थ गणना गर्नु हो ।कम्प्युटरलाई नेपालीमा "सुसाङ्ख्य" भनिन्छ। यन्त्रको बनावट लगातार र स्वचालित भई गणितिय अथवा तार्किक क्रमाङ्कहरूको कार्य पुरा गर्ने हुन्छ । निश्चित निर्देशनअनुसार कार्य सम्पादन गरी नतिजा प्रस्तुत गर्ने मानव निर्मित यन्त्रलाई कॉम्प्युटर भनिन्छ । जुन एउटा विधुतीय साधन हो । आज भन्दा करिब ६०/७० वर्ष पहिले हिसाब गर्ने यन्त्रलाई कॉम्प्युटर भन्न थालिएको थियो । सुरु सुरुमा कॉम्प्युटर भन्नाले एउटा साधारण हिसाब गर्ने विधुतीय यन्त्र भन्ने बुझिन्थ्यो । तर आज कम्प्युटर जुनसुकै पनि कार्य गर्न सक्ने शक्तिशाली साधन बन्न् पुगेको छ । विकासको लागि हरेक क्षेत्रमा कॉम्प्युटरको प्रयोग हुन थालेको छ । कुनै पनि क्रमाङ्कको कार्यलाई चाहे जति परिवर्तन गरेर कॉम्प्युटरलाई एक भन्दा धेरै समस्याहरू समाधान गर्न प्रयोग गर्न सकिन्छ। कम्प्युटरलाई (Common Operating Machine Purposely used for Technological and Educational research)व्याख्या गरेको पाइन्छ यो कम्प्युटरको पूरा रूप होइन कम्प्यूटर (Computer)आफैमा पूरा शब्द हो। विशेष गरी कॉम्प्युटर दुई वटा तत्वहरू मिलेर बनेको हुन्छ । ती हुन् कॉम्प्युटर हार्डवेयर र कॉम्प्युटर सॉफ्टवेर । यी दुई बिच निकै घनिष्ठ सम्बन्ध रहेको हुन्छ । हार्डवेयर विना सॉफ्टवेरले केही काम गर्न सक्दैन र सॉफ्टवेर विना पनि हार्डवेयरले केही कार्य सञ्चालन गर्न सक्दैन । यी दुवै हार्डवेयर र सॉफ्टवेरको पुर्ण मिलन भएपछि मात्र कम्प्युटरले कार्य सञ्चालन गर्न सक्छ । त्यसैले यी दुई तत्वहरूलाई एकै सिक्काको दुई पाटोको रूपमा वर्णण गर्न सकिन्छ ।

सामान्यत: कॉम्प्युटरमा हुने एक प्रकारको मेमरीमा तथ्याङ्क भन्डारण गरिन्छ, कुनै एक वस्तुले गणितिय तथा तार्क्रिक कार्य गर्दछ भने अर्को क्रमाङ्क तथा नियन्त्रण वस्तुले कार्यहरूको श्रेणी जानकारीको भन्डारणको आधारमा परिवर्तन गर्दछ । यसमा हुने पेरिफेरल साधनहरूले जानकारीलाई बाह्य स्रोतबाट भित्र्याउनुका साथै परिणामलाई बाहिर श्रोता समक्ष पुगाउने गर्दछ ।

कम्प्युटरको प्रोसेसिङ विभागले जानकारीहरूको पङ्क्ति सम्पादन गरेर तथ्याङ्क पठ्ने, निर्वाहित गर्ने तथा भन्डारण गर्ने गर्दछ । निर्णायक जानकारीले क्रमाङ्किक जानकारीलाई यन्त्रको अथवा वातावरणको हालको अवस्थाको कार्यका आधारमा परिवर्तन गर्छ।

पहिलो विध्युतिय कॉम्प्युटरहरू २०औं शताब्दिको मध्य(सन् १९४०-१९४५)मा विकसित भएका हुन्। मौलिक रूपमा, तिनिहरू ठुला कोठाको जत्रो नाप भएका र विध्युतिय खपत हजारौं आधुनिक कॉम्प्युटरहरूले जति गर्ने खालका थिए।[१]

आधुनिक कॉम्प्युटरहरू ईन्टिग्रेटेड सर्किट्स प्रविधिका आधारमा बन्ने भएकाले यिनिहरू पहिलेका यन्त्रभन्दा लाखौं-करोणौं गुना बडि क्षमतावान् र नाप मात्र केही अंशका हुन्छन्।[२] सामान्य कम्प्युटरहरू प्रशस्तै सानो हुने हुँदा यिनिहरू मोबाइल साधनमा सजिलै अटाउँछन्, मोबाइल कॉम्प्युटरलाई विध्युतिय पावर साना बॅटरी(battery)बाट सजिलै उपलब्ध गराउन सकिन्छ। पर्सनल् कॉम्प्युटरहरू आफ्नो अनेकौँ रूपमा इन्फॉर्मेशन युगका मर्ति हुनुका साथै धेरै मानिसले सोच्ने गरेका ' कम्प्युटर्स्' हुन्। अन्तत: इम्बेडेड कॉम्प्युटरहरू धेरै खाले उपकरणहरू mp3 प्लेयर्स देखि आधुनिक युध्द विमानखेलौना देखि उध्योग यन्त्रमानव सम्म प्रचुर मात्रामा प्रयोग गरिन्छ।

इतिहास[सम्पादन गर्नुहोस्]

ज्याक्वार्ड लुम्, विग्यान तथा उध्योगको सङ्ग्ग्रालय म्यान्चेस्टर, ईङ्ल्यान्ड,मा राखिएको, एक पहिलो प्रोग्रामेबल साधन हो।

कम्प्युटरभन्ने शब्दको पहिलो उच्चारण सन् १६१३मा भएको तथ्याङ्क छ, जुन शब्दले हिसाब र गणना गर्ने ब्यक्तिलाई २०औँ शताब्दिको मध्य सम्म पनि जनाईन्थ्यो। १९औँ शताब्दिको अन्त्यदेखि चाहिँ, सो शब्द आफ्नो वास्तविक अर्थमा प्रयोग गर्न थालियो, जसले गणना गर्ने यन्त्र भनेर जनाउथ्यो।[३]

सन् १६१४ मा जोन नेपियर्सले नेपियर बोनको अविष्कार गरे । त्यसैगरी १६२० विलियम आउटर्डले स्लाईड रूलको अविष्कार गरे । जुन जोड घटाउ गर्न सक्थ्यो । १६४२ मा ब्लेज पास्कलले पास्कलाईन को अविष्कार गरे । सन १८२२ मा चालर्स बेवेजले डिफरेन्स इन्जीनको निमार्ण गरे । त्यस्तै १८३३ मा एनालाईटिकल इन्जीन पनि बनाए । उनको यो इन्जीनमा स्टोर को सिद्दान्त प्रयोग भएकाले चार्ल्स ब्याबेजलाई कम्प्युटरको पिता पनि भनिन्छ । पहीलो इलेक्ट्र्रोनिक कम्प्युटर जेड् वान (Z1)हो । जसको निमार्ण कोनर्ड जुस हुन ।

कम्प्युटरका अविष्कारक[सम्पादन गर्नुहोस्]

चालर्स बेबेजलाईर कम्प्युटरका पिता भनिन्छ । नयाँ इलेक्ट्रोनिक डिजिटल कम्प्युटरका अविष्कारक अलान मेथिजन ट्युरीङ(Alan methison turing)हुन । उनी इङल्यान्डका बैज्ञानिक थिए । उनले नै अटोमेटिक कम्प्युटिङ इन्जीन को अविष्कार गर्न सहयोग पुर्याए ।

सिमित-क्रितिय पुरातात्विक कम्प्युटर[सम्पादन गर्नुहोस्]

नेपालमा सर्बप्रथम कम्प्युटर कहिले भित्रिएको थियो ?- बि.स.२०२८ बढी प्रचलनमा रहेको अपरेटिङ सिस्टम कुन हो ? - माइक्रोसफ्ट पहिलोपटक इन्टरनेट शब्दको प्रयोग कहिले भएको थियो ? सन् १९३२ मा विश्वमा सबैभन्दा बढी कम्प्युटर भएको देश कुन हो ? संयुक्त राज्य अमेरिका कम्प्युटरका पिता भनेर कसलाइ चिनिन्छ ? - चाल्र्स ब्याबेज विश्वको सबभन्दा पहिलो सुपर कम्प्युटरको नाम के हो ? क्रे के १ एस नेपाली भाषामा कम्प्युटरलाई के भनिन्छ ? सुसाङ्ख्य नेपालमा पर्सनल कम्प्युटर बनाउने पहिलो व्यक्ति को हुन् ?

मुनिबहादुर शाक्य

विश्वमा पर्सनल कम्प्युटरको सुरुवात कहिलेदेखि भयो ? सन् १९८१ देखि 'इन्टरनेटका पिता' कसलाई भनिन्छ ? डा. लियोनार्ड क्लिनराक सबभन्दा पहिले कम्प्युटर माउसको आविष्कार कसले गरेका थिए ?

डगलस एजलबार्ट

नेपालको पहिलो साइबर क्याफे कुन हो ? सगरमाथा साइबर क्याफे

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. सन् १९४६, ENIAC लाई १७४ kW पॉवर लाग्थ्यो। येसको तुलनामा हेर्दा, एउटा आधुनिक लॅपटॉप कॉम्प्युटरले लगभग ३० W; पॉवर खपत् गर्छ, झन्डै ६ हजार गुणा कम। "Approximate Desktop & Notebook Power Usage", University of Pennsylvania, अन्तिम पहुँच २००९-०६-२० 
  2. पुरातात्विक कॉम्प्युटरहरू जस्तै: कॉलिस कॉम्प्युटरENIACले ५ देखि १०० बिचका कार्यको एक सेकेन्डमा रिति पुरा गर्थे। एक आधुनिक "सामाग्रि" माईक्रोप्रोसेसर (सन् २००७ सम्ममा)ले करोडौँ कार्यको एक सेकेन्डमा रिति पुरा गर्छ, र धेरै जसा कार्यहरू पुरतात्विक कार्यभन्दा अप्ठ्यारा र फाईदाजनक छन्। "Intel Core2 Duo Mobile Processor: Features", Intel Corporation, अन्तिम पहुँच २००९-०६-२० 
  3. कम्प्युटर, ना., Oxford English Dictionary (२ संस्करण), Oxford University Press, १९८९, अन्तिम पहुँच २००९-०४-१०  वेब्याक मेसिन अभिलेखिकरण २००६-०६-२५ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]