मेमोरी (कम्प्युटर)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

कम्प्युटरको भाषामा, मेमोरी भन्नाले कम्प्युटरको एउटा अंग हो, जसले कम्प्युटरको डेटाप्रोग्रामहरूलाई अस्थायी वा स्थायी रूपमा भण्डारण गर्ने कार्य गर्छ । मेमोरी कम्प्युटरको महत्वपूर्ण अंग हो, जसलाई हामी हेर्न, छुन र महशुस गर्न सक्छौं । मेमोरी कम्प्युटरको केसिङ बक्स भित्र हुन्छ । यसलाई स्टोरेज डिभाईस् पनि भनिन्छ । सबै कम्प्युटरमा डेटाप्रोग्राम भण्डारण गर्नका लागि मेमोरीको प्रयोग गरिएको हुन्छ । ई.स. १९४० तिर पिहलो पुस्ताको कम्प्युटरको विकास भएको थियो । पहिलो पुस्ताको कम्प्युटर ENIAC मा मेन मेमोरी कम्पोनेन्टको रूपमा भ्याकुम ट्युवको प्रयोग गरिन्थ्यो । कम्पुटरको मेमोरी दुई प्रकारको हुन्छ । ती हुन्, प्राईमेरी र सेकेन्डरी ।

१. प्राईमेरी मेमोरी[सम्पादन गर्ने]

(RAM)

जुन मेमोरीले कम्प्युटरको डेटा र प्रोग्रामलाई अस्थयी रूपमा स्टोर गर्छ, त्यस्तो मेमारीलाई प्राईमेरी मेमोरी भनिन्छ । कम्प्युटरका डाटाहरू यसैमालाेड हुन्छ । जस्तै : RAMROM प्राईमेरी मेमोरीको उदाहरण हुन् ।

२. सेकेन्डरी मेमोरी[सम्पादन गर्ने]

जुन मेमोरीले कम्प्युटरको डेटा र प्रोग्रामहरूलाई स्थायी रूपमा स्टोर गर्छ, त्यस्तो मेमोरीलाई सेकेन्डरी मेमोरी भनिन्छ । जस्तै : हार्डडिक्स्, फ्लपी डिक्स्, पेन ड्राईभ आदी सेकेन्डरी मेमोरीका उदाहरणहरू हुन् ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]