संयुक्त अधिराज्यको सरकार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महामहिमको सरकार
वेल्स: Llywodraeth y Deyrnas Unedig
आइरिस: Rialtas na Ríochta Aontaithe
स्कट्स: Govrenment o the Unitit Kinrick
अवलोकन
स्थापनासन् १७०७ (1707)
राज्यसंयुक्त अधिराज्य
शीर्ष नेताप्रधानमन्त्री (लिज ट्रस)
नियुक्तिकर्तासंयुक्त अधिराज्यको राजशाही (चार्ल्स तृतीय)
मुख्य अङ्गसंयुक्त अधिराज्यको मन्त्रिपरिषद्
मन्त्री२५ मन्त्रालय विभाग, २० गैर मन्त्रालय विभाग
जिम्मेवारसंयुक्त अधिराज्यको संसद
वार्षिक बजेट£८८२ बिलियन
प्रधान कार्यालयटेन डाउनिङ स्ट्रिट, लन्डन
वेबसाइटgov.uk Edit this at Wikidata

संयुक्त अधिराज्यको सरकार, आधिकारिक रूपमा हर म्याजेस्टी गभर्मेन्ट अर्थात महामहिमको सरकार, ग्रेट ब्रिटेन र उत्तरी आयरल्यान्डको संयुक्त अधिराज्यको केन्द्रीय सरकार हो।[१][२]

ब्रिटिस सरकारको नेतृत्व प्रधानमन्त्रीले गर्छन्। प्रधानमन्त्रीलाई संयुक्त अधिराज्यको सम्राटद्वारा नियुक्त गरिन्छ, त्यसपछि प्रधानमन्त्रीले अन्य मन्त्रीहरू नियुक्त गर्छन्। प्रधानमन्त्री र अन्य मन्त्रीहरूले मिलेर सर्वोच्च निर्णय गर्ने र नीति बनाउने निकाय गठन गर्छन्, जसलाई मन्त्रिपरिषद् भनिन्छ। सरकारमा रहेका सबै मन्त्रीहरू संसदको सदस्य हुन्छन् र आफ्नो मन्त्रालयको कामकाज र कामको सन्दर्भमा संसदप्रति उत्तरदायी हुन्छन्। प्राथमिक कानून पारित गर्न सरकार संसदमा निर्भर छ[३] र निश्चित समय संसद ऐन, २०११ पारित भएदेखि, नयाँ हाउस अफ कमन्स चयन गर्न प्रत्येक पाँच वर्षको अवधिमा निर्वाचन हुने गरेको छ। प्रारम्भिक कानूनहरू संसदीय बहुमतबाट पारित हुन्छन् तर, यस अवधिको मध्यमा हाउस अफ कमन्समा अविश्वासको मत सफल भएमा निर्वाचन अझ अगाडि हुनसक्छ। प्रत्येक निर्वाचनपछि सत्तारुढ दलको नेतालाई प्रधानमन्त्री बन्न आमन्त्रण गर्छ।[४]

बेलायतमा यो शासन प्रणालीलाई प्राय: संसदीय प्रणाली वा वेस्टमिन्स्टर प्रणाली भनिन्छ। यो व्यवस्था संविधान वा संसदीय कानुनले एकै दिनमा स्थापित भएको होइन तर सयौँ वर्षको अवधिमा क्रमशः विकसित भएको छ। तसर्थ, संयुक्त अधिराज्यको संसदलाई प्राय 'संसदको जननी' भनेर पनि चिनिन्छ।

वैचारिक रूपमा, संयुक्त अधिराज्यको अलिखित, असंहितावद्ध संविधान अनुसार सबै कार्यकारी शक्तिहरू राजाको हातमा राखिएको छ तर व्यवहारमा आजकल राजाले यी सबै संवैधानिक शक्तिहरू प्रधानमन्त्री र अन्य मन्त्रीहरूको सल्लाह र परामर्शमा प्रयोग गर्छन्।[५] मन्त्रिपरिषद्का सदस्यहरू राजाको सबैभन्दा सम्मानित गोप्य परिषदको सदस्य भएर राजालाई सल्लाह दिन्छन् साथै विभिन्न सरकारी विभागको प्रमुख भएकाले एक व्यक्तिले धेरै कार्यकारी अधिकारहरू आफैले प्रयोग गर्न सक्षम छ जबकि अन्य कार्यहरू जुन शासकको हातमा छन्, मन्त्रीहरूको सल्लाहमा शासकको अख्तियारले सञ्चालन गर्दछ।

संयुक्त अधिराज्य एकात्मक राज्य हो र उनको शाही शासकको सरकार सम्पूर्ण देशको प्रशासनको लागि जिम्मेवार छ। यद्यपि वेल्स, उत्तरी आयरल्यान्डस्कटल्यान्डले पनि सम्बन्धित स्थानीय सांसदहरूप्रति जवाफदेही सरकारहरू हस्तान्तरण गरेका छन्, यसलाई कुनै पनि हिसाबले सङ्घीय, सङ्घ वा सङ्घीय संरचनाको रूपमा हेर्नु हुँदैन, किनकि यी सरकारहरू सम्बन्धित क्षेत्रहरूको नियन्त्रणको लागि जिम्मेवार छन्। यसको साथै प्रधानमन्त्रीलाई प्रशासनसँग सीमित अधिकारहरू मात्र हुन्छ र महामहिम सरकारले जुनसुकै बेला राजाद्वारा पारित कानूनहरू उल्ट्याउन सक्छ।

बेलायतका वर्तमान प्रधानमन्त्री लिज ट्रस हुन् जसले सन् २०२२ सेप्टेम्बर ६ मा पदभार ग्रहण गरेकी थिइन्। उनी कन्जरभेटिभ पार्टीका नेता हुन्, जसले बोरिस जोनसनको स्थानमा पदभार ग्रहण गरेकी थिइन्।

इतिहास[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Her Majesty's Government वेब्याक मेसिन अभिलेखिकरण २०१९-११-१७ मिति Retrieved 28 June 2010
  2. Overview of the UK system of government : Directgov – Government, citizens and rights. Archived direct.gov.uk webpage. Retrieved on 29 August 2014.
  3. "Legislation", UK Parliament, २०१३, मूलबाट ४ फ़रवरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ जनवरी २०१३ 
  4. House of Commons – Justice Committee – Written Evidence वेब्याक मेसिन अभिलेखिकरण २०१६-०६-०९ मिति. Publications.parliament.uk. Retrieved on 19 October 2010.
  5. The monarchy : Directgov – Government, citizens and rights. Archived direct.gov.uk webpage. Retrieved on 29 August 2014.

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]