अविश्वास प्रस्ताव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अविश्वास प्रस्ताव (वैकल्पिक रूपमा अविश्वासको मत) संसदीय प्रक्रियामा पारम्परिक रूपमा विपक्षीद्वारा (कुनै अवस्थामा सरकारलाई समर्थन दिएको दलबाट नै) संसदमा सरकारलाई गिराउने वा कमजोर गर्ने उद्देश्यले पेश गरिने एक संसदीय प्रस्ताव हो। यस प्रस्तावलाई एक नयाँ संसदीय मतदानद्वारा पारित वा अस्वीकृत गरिन्छ।[१]

इतिहास[सम्पादन गर्नुहोस्]

पहिलो अविश्वास प्रस्ताव सन् १७८२ मार्चमा पेश गरिएको थियो जब अमेरिकी क्रान्तिकारी युद्धमा योर्कटाउनमा बेलायतको हारको खबर प्राप्त थियो भने बेलायतको संसदले वर्तमान मन्त्रीहरूलाई अब विश्वास गरिँदैन भनेर मत दिएका थिए। १९औँ शताब्दीको प्रारम्भमा रोबर्ट पिल जस्ता प्रधानमन्त्रीहरूलाई संसदीय बहुमत बिना शासन गर्ने प्रयास असफल साबित भएपछि १९औँ शताब्दीको मध्यसम्म बेलायतमा अविश्वासको प्रस्तावबाट सरकार ढाल्ने क्षमता दृढतापूर्वक स्थापित भएको थियो।

संयुक्त अधिराज्यमा ११ जना प्रधानमन्त्रीहरू अविश्वासको प्रस्ताव मार्फत पदमुक्त भएका थिए। सन् १९२५ पश्चात् अविश्वास प्रस्तावबाट प्रधानमन्त्रीबाट पदमुक्त भएको व्यक्ति जेम्स क्यालेघान हुन्।

आधुनिक समयमा दुई दलीय प्रजातान्त्रिक देशमा कुनै पनि अविश्वास प्रस्ताव पारित हुनु एक अपेक्षाकृत दुर्लभ घटना मानिन्छ। लगभग सबै मामिलामा एक बहुसङ्ख्यक दलको लागि अविश्वास प्रस्ताव पराजित गर्न अनुशासन नै पर्याप्त हुन्छ। जुन मामिलामा अविश्वास प्रस्ताव पारित हुन्छ, त्यसमा सामान्यतया त्यो मामिलामा सत्तारुढ दलको सामान्य बहुमत हुन्छ र उप-चुनाव वा दलबदलद्वारा सरकार ढल्न सक्छ, जस्तो सन् १९७९ मा बेलायतमा क्यालेघान सरकार एक मत नपुगेर ढलेको थियो जसबाट ब्रिटेनमा आम चुनाव सम्पन्न भएपछि मार्गरेट थ्याचरको सरकार चुनिएकोो थियो।

अविश्वास प्रस्ताव बहुदलीय प्रणा‍लीहरूमा सामान्य हुन्छ जसमा एक अल्पसङेख्यक दललाई गठबन्धन सरकार बनाउन पर्छ। यो एक यस्तो स्थितिमा पैदा हुन सक्छ जसमा कयौँ अल्पकालिक सरकारहरू बन्छन्, किनकी दलीय ढाँचा साना दलको सरकार बनाउने साधनको बिना एक सरकार ढाल्ने क्षमता दिन्छ। फ्रान्सको चौँथो गणतन्त्र र जर्मनीको वेमर गणतन्त्रको अस्थिरताको लागि यस्तो स्थितिलाई नै कारण मानिन्छ। यसै स्थिति हालको दिनमा सन् १९५० को दशक देखि सन् १९९० को दशकको बीचमा इटाली, इजरायल र जापानमा देखिएको थियो।

यस स्थितिसँग सामना गर्न फ्रान्सका जनताले फ्रान्समा राष्ट्रपतिलाई भारी कार्यकारी शक्ति दिएपछि राष्ट्रपतिलाई अविश्वास प्रस्तावबाट प्रतिरक्षा हासिल हुन सकेेेेको थियो। सन् २००८ मा क्यानडामा निर्वाचित अल्पमत सरकारको प्रधानमन्त्री स्टिफन हार्पले क्यानडाका गभर्नर जनरल माइकल जिनसँग संसद स्थगित गर्ने अनुरोध गरेका थिए। अनुरोध स्वीकार गरिएपछि यसबाट क्यानडाका प्रधानमन्त्रीलाई विपक्षद्वारा प्रस्तुत हुने अविश्वास प्रस्तावमाथिको संभावित मतदानमा ढिलाई गर्ने सुविधा प्राप्त भएको थियो।

सङ्क्षिप्त विवरण[सम्पादन गर्नुहोस्]

सामान्यरूपमा जब संसदमा अविश्वास प्रस्ताव पारित हुन्छ वा विश्वास मत लिन प्रधानमन्त्री असफल हुन्छन्, तब सरकारले दुई तरिकाबाट प्रतिक्रिया व्यक्त गर्न सक्छ:

  • राजीनामा दिने
  • संसद भङ्ग गर्ने र नयाँ निर्वाचनको घोषणा गर्ने

राष्ट्रपति प्रणाली[सम्पादन गर्नुहोस्]

राष्ट्रपति प्रणाली अन्तर्गत व्यवस्थापिकामा कहिले काँही अविश्वास प्रस्ताव पेश गरिन्छ। सन् १९५० मा संयुक्त राज्य अमेरिकाको विदेश सचिव डिन एचेसन विरुद्ध अविश्वासको प्रस्ताव गरिएको थियो भने अमेरिकी महान्याधिवक्ता अल्बर्टो गोन्जालिस विरुद्ध पनि प्रस्ताव पेश गर्ने प्रयास भएको थियो तर यी प्रस्तावहरूको प्रतीकात्मक प्रभाव मात्र रहेको थियो। राष्ट्रपती शासन प्रणालीमा पनि सामान्यतया महाभियोगको प्रक्रिया हुन्छ जसद्वारा कुनै पनि कार्यकारी या न्यायिक अधिकारीलाई बर्खास्त गर्न सकिन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "माइक्रोसफ्ट वर्ड - M07 - Parliamentary Elections.doc", मूलबाट २५ मार्च २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ फेब्रुअरी २०२१