गठबन्धन सरकार
![]() |
गठबन्धन सरकार भनेको एक भन्दा धेरै राजनैतिक दलहरूको मिलनबाट बनेको एक संसदीय सरकार हो। यसमा गठबन्धनमा कुनै पनि दलको एकल प्रभुत्व हुँदैन। संसदमा कुनै दलले बहुमत प्राप्त गर्न नसकेको अबस्थामा यस्तो सरकार बन्नु सामन्य कुरा हो। एक गठबन्धन सरकार राष्ट्रिय संकटको समयमा पनि बन्न सक्छ (उदाहरणको लागि, युद्ध वा आर्थिक संकटको दौरान), जुन सरकारलाई उच्च स्तरको राजनीतिक औचित्यपूर्णता वा सामूहिक पहिचान दिन सक्छ।
केहि देशहरूको अभ्यास[सम्पादन गर्नुहोस्]
नेपाल[सम्पादन गर्नुहोस्]
बि.सं २०५६ को आम निर्वाचन पछी नेपालमा कुनै पनि दलले संसदमा बहुमत हासिल गर्न सकेका छैनन्। र संसदमा गठबन्धन सरकार बन्नु सामान्य भएको छ।
बर्ष (बि.सं) | पार्टीहरू | मन्त्रिपरिषद् | प्रधानमन्त्री |
---|---|---|---|
२०६५ | नेकपा माओवादी , नेकपा एमाले | प्रचण्ड | |
२०६६ | नेपाली कांग्रेस,नेकपा एमाले | माधवकुमार नेपाल | |
२०६७ | नेकपा माओवादी, नेकपा एमाले | झलनाथ खनाल | |
२०६८ | नेकपा माओवादी, नेकपा एमाले | बाबुराम भट्टराई | |
२०७० | कांग्रेस , नेकपा (एमाले) | सुशील कोइराला | |
२०७२ | नेकपा (एमाले),नेकपा माओवादी केन्द्र | केपी ओली | |
२०७३ | कांग्रेस, नेकपा माओवादी केन्द्र | प्रचण्ड मन्त्रिपरिषद्, २०७३ | प्रचण्ड |
२०७४ | कांग्रेस, नेकपा माओवादी केन्द्र | देउवा मन्त्रिपरिषद्, २०७४ | शेर ब. देउवा |
२०७५ | एमाले, माओवादी, जनमोर्चा
(बाम गठबन्धन) |
दोस्रो ओली मन्त्रिपरिषद् | केपी ओली |
२०७८ | नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी , | पाँचौँ देउवा मन्त्रिपरिषद्, २०७८ | शेर ब. देउवा |
अवगुण[सम्पादन गर्नुहोस्]
गठबन्धन सरकारको प्रमुख दोष निम्नअनुसार छन्:
- राष्टियताको भावनामा कमी तथा क्षेत्रियता भावना वृद्धि।
- भ्रष्टाचारमा वृद्धी।