चार्ल्स तृतीय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चार्ल्स तृतीय
राष्ट्रमण्डलको प्रमुख
७३ वर्षको उमेरमा चार्ल्स
सन् २०१७ मा चार्ल्स
संयुक्त अधिराज्य र अन्य राष्ट्रमण्डल राष्ट्रहरूको अधिप
शासनकालसन् २०२२ सेप्टेम्बर ८ – वर्तमान
राज्याभिषेकसन् २०२३ मै ३
पूर्वाधिकारीएलिजाबेथ द्वितीय
स्पष्ट उत्तराधिकारीविलियम, वेल्सको राजकुमार
जन्मएडिनबर्गको राजकुमार चार्ल्स
(1948-11-14) १४ नोभेम्बर १९४८ (उमेर ७५)
बकिङ्घम राजदरबार, लन्डन, संयुक्त अधिराज्य
जीवनसाथीहरू
सन्तान
विवरण
  • विलियम, वेल्सको राजकुमार
  • ह्यारी, ससिक्सको ड्युक
नाम
चार्ल्स फिलिप आर्थर जर्ज
घरानाविन्डसर
बाबुराजकुमार फिलिप
आमाएलिजाबेथ द्वितीय
धर्मचर्च अफ इङ्ल्यान्ड
हस्ताक्षरचार्ल्स तृतीयको हस्ताक्षर
शिक्षा
  • गोर्डनस्टाउन
  • क्यामब्रिज विश्वविद्यालय (बिए)
सैन्य कार्यजीवन
निष्ठासंयुक्त अधिराज्य
सेवा/शाखा
  • शाही नौ सेवा
  • शाही वायु सेवा
सक्रिय सेवासन् १९७१–१९७६
सैन्य क्रमविविध
विनियुक्तHMS ब्रोनिङ्टन

चार्ल्स तृतीय (अङ्ग्रेजी: Charles III) (पुरा नाम: चार्ल्स फिलिप आर्थर जर्ज; जन्म: सन् १९४८ नोभेम्बर १४) संयुक्त अधिराज्य तथा १४ अन्य राष्ट्रमण्डल राज्यका राजा हुन्। उनले सन् २०२२ सेप्टेम्बर ८ मा आफ्नी आमा, महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि अधिपको पद प्राप्त गरेका हुन्। सन् १९५२ देखि कर्नवालको ड्युक र रोथसीको ड्युक भएर उनी संयुक्त अधिराज्यको राजाको रूपमा राज्यारोहणसम्म ब्रिटिस शासनकालको इतिहासमा सबैभन्दा पाको व्यक्ति र सबैभन्दा लामो समयसम्म सेवा गर्ने उत्तराधिकारी थिए।[१] यसको साथै उनी सबैभन्दा लामो समयसम्म सेवा गर्ने प्रिन्स अफ वेल्स हुन्।[२] ७३ वर्षको उमेरमा बेलायती सिंहासन ग्रहण गर्ने उनी सबैभन्दा वृद्ध व्यक्ति पनि हुन्।[३] यसअघि यो कीर्तिमान ६४ वर्षको उमेरमा राजा बन्ने विलियम चौथोको नाउँमा रहेको थियो।

चार्ल्सको जन्म बकिङ्घम प्यालेसमा भएको थियो। उनी त्यस समयको एडिनबर्गको राजकुमार र राजकुमारी एलिजाबेथ र फिलिपको पहिलो सन्तान र राजा जर्ज छैठौं र उनकी पत्नी, महारानी एलिजाबेथका पहिलो नाति हुन्। उनले आफ्नो प्रारम्भिक शिक्षा चेम र गोर्डनस्टाउन विद्यालयबाट प्राप्त गरेका थिए र पछि उनले अस्ट्रेलियाको भिक्टोरियामा रहेको जिलङ ग्रामर विद्यालयको टिम्बर्टप क्याम्पसमा एक वर्ष अध्ययन गरेका थिए। उनले क्याम्ब्रिज विश्वविद्यालयबाट कला स्नातक (बिए) विधामा डिग्री प्राप्त गरेपछि सन् १९७१ देखि सन् १९७६ सम्म रोयल एयर फोर्स र रोयल नेभीमा सेवा गरेका थिए। सन् १९८१ मा उनले लेडी डायना स्पेन्सरसँग विवाह गरेका थिए, जसबाट उनका दुई छोराहरू प्रिन्स विलियम र प्रिन्स ह्यारी छन्। सन् १९९६ मा यी दुवै दम्पतीको बाह्य सम्बन्ध प्रचार भएपछि उनीहरूले सम्बन्ध विच्छेद गरेका थिए। सम्बन्ध विच्छेद गरेको एक वर्षपछि पेरिसमा भएको कार दुर्घटनामा डायनाको मृत्यु भएको थियो। सन् २००५ मा चार्ल्सले आफ्नो लामो समयको साथी क्यामिला पार्कर बाउल्ससँग विवाह गरेका थिए।

वेल्सको राजकुमारको रूपमा चार्ल्सले एलिजाबेथ द्वितीयको तर्फबाट आधिकारिक कर्तव्यहरू ग्रहण गरेका थिए। उनले सन् १९७६ मा युवा परोपकारी संस्था द प्रिन्स ट्रस्टको स्थापना गरेका थिए भने उनी द प्रिन्स च्यारिटीलाई प्रायोजन गर्नुका साथै ४०० भन्दा बढी अन्य परोपकारी संस्थाहरूको संरक्षक, अध्यक्ष वा सदस्य हुन्। उनले ऐतिहासिक सम्पदाको संरक्षण र समाजमा वास्तुकलाको महत्वका लागि वकालत गरेका छन्।[४][५][६] आधुनिकतावादी वास्तुकलाको आलोचक, चार्ल्सले पाउन्डबरीको निर्माणमा काम गरेका छन्। उनी विभिन्न पुस्तकहरूको लेखक वा सह-लेखक पनि हुन्।

एक स्व-वर्णित पर्यावरणविद्, चार्ल्सले डची अफ कर्नवाल एस्टेटको प्रबन्धकको रूपमा जलवायु परिवर्तन रोक्न जैविक खेती र कार्यलाई समर्थन गरेका छन्। यस कार्यका कारण उनलाई पर्यावरण समूहहरूबाट पुरस्कार र मान्यता दिइएको छ।[७][८][९][१०] परम्परागत शैलीको विपरीत परिमार्जित खाद्यान्न ऊब्जाउने खाद्यवस्तुको उनी एक प्रमुख आलोचक पनि हुन्।[११][१२] होमियोप्याथी सहित वैकल्पिक चिकित्साको लागि चार्ल्स तृतीयको समर्थन भने आलोचनाको विषय रहेको छ।[१३][१४]

प्रारम्भिक जीवन, परिवार र शिक्षा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Prince Charles becomes longest-serving heir apparent", BBC News, २० अप्रिल २०११, मूलबाट १८ जुलाई २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० नोभेम्बर २०११ 
  2. Bryan, Nicola, "Prince Charles is longest-serving Prince of Wales", BBC News, मूलबाट ९ सेप्टेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ सेप्टेम्बर २०१७ 
  3. [१]
  4. "Profession reacts to Prince Charles' 10 design principles", architectsjournal.co.uk, २२ डिसेम्बर २०१४, मूलबाट ३ डिसेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ डिसेम्बर २०१८ 
  5. Forgey, Benjamin (२२ फेब्रुअरी १९९०), "Prince Charles, Architecture's Royal pain", The Washington Post, मूलबाट २९ अप्रिल २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ डिसेम्बर २०१८ 
  6. "How the Poundbury project became a model for innovation", Financial Times, मूलबाट २९ अप्रिल २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जुलाई २०१८ 
  7. Rourke, Matt (२८ जनवरी २००७), "Prince Charles to receive environmental award in NYC", USA Today, मूलबाट २५ सेप्टेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ अप्रिल २०१३ 
  8. Alderson, Andrew (१४ मार्च २००९), "Prince Charles given 'friend of the forest' award", The Daily Telegraph, मूलबाट १ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ मे २०१३ 
  9. Lange, Stefan (२९ अप्रिल २००९), "Prince Charles collects award in Germany", The Guardian, मूलबाट २२ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ मे २०१३ 
  10. "2012 Lifetime Achievement Award Winner – HRH The Prince of Wales", greenawards.com, मूलबाट ३ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ अगस्ट २०१३  वेब्याक मेसिन अभिलेखिकरण ३ अक्टोबर २०१३ मिति
  11. Open For Debate: Genetic Engineering 
  12. Carrington, Damian (२२ मार्च २०१७), "Princess Anne backs GM crops and livestock – unlike Prince Charles", The Guardian, अन्तिम पहुँच १० मे २०२२ 
  13. Homeopathy: Holmes, Hogwarts, and the Prince of Wales, सेप्टेम्बर २००६। 
  14. Brady, Brian (२१ जुलाई २०१३), "He's at it again: Prince Charles accused of lobbying Health Secretary over homeopathy", The Independent, मूलबाट ८ डिसेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ नोभेम्बर २०१५