होमियोप्याथी चिकित्सा पद्धती

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
Samuel Hahnemann
डा. क्रिश्चियन फ्रेडरिक श्यामुएल हनिम्यान


होमियोप्याथी एक छद्म-वैज्ञानिक चिकित्सा पद्धति हो।[१][२][३][४] होम्‍योपैथी चिकित्‍सा छद्म-विज्ञानको जन्‍मदाता जर्मनीका डा. क्रिश्चियन फ्रेडरिक श्यामुएल हनिम्यान हुन्। यो चिकित्सा कथित रूपमा 'समरूपताको सिंद्धात' माथि आधारित छ जसअनुसार औषधिहरू ती रोग संग मिल्दो जुल्दो रोगलाई हटाउन सक्छन्, जसले तीनलाई उत्पन्न गर्छ।[स्रोत नखुलेको]

सन् १७९६ मा जर्मनीका डा. क्रिश्चियन फ्रेडरिक श्यामुएल हनिम्यानले प्रतिपादन गरेपछि होमियोप्याथिक उपचार पद्धती संसारभर प्रचलनमा आएको हो । डा. हनिम्यानको जन्म जयन्ती १० अप्रिललाई विशेष उत्सवको रूपमा विश्व होमियोप्याथिक दिवस मनाइने गरिएको छ ।

विशेषगरी दीर्घ रोगको उपचारमा यो पद्धती लाभदायक हुने चिकित्सकहरु बताउँछन् । होमियोप्याथिक उपचार जर्मनीबाट सुरु भई ब्रिटेन, फ्रान्स हुँदै भारतमा आएको थियो । त्यसपछि भारत हुँदै पाकिस्तान, बङ्गलादेश, श्रीलका र नेपाल भित्रिएको हो । नेपालमा यो पद्धती राणाकाल मै भित्रिए पनि सरकारी स्तरमा वि स. २०१० मा मात्र सुरुवात भएको हो । होमियोप्याथिक उपचार पद्धती अनुसार छाला, ग्यास्ट्रिक, दम, एलर्जी, पाइल्स पत्थरी, पिनास, बाथ र हातखुट्टा पोल्ने र झमझमाउने जस्ता रोगको प्रभावकारी उपचार हुने एकमात्र सरकारी स्वामित्वको पशुपति होमियोप्याथिक चिकित्सालयका डा. प्रेमनारायण श्रीवास्तबले बताए । होमियोप्याथिक चिकित्सामा आकस्मिक सेवाभन्दा पूरानो अर्थात दीर्घ रोगको उपचार हुने गर्छ ।[५]

शब्द युत्पत्ति[सम्पादन गर्ने]

होमियोप्याथी शब्द युनानि भाषाको दुई शब्दहरु (Homois) यानि सदृश्य (similar) र पैथोज (pathos) अर्थात रोग (suffering) मिलेर बनेको हो । यसको अर्थ हो सदृश रोग चिकित्सा । जस अनुसार जुन औषधीय पदार्थ एउटा स्वस्थ्य मानिसमा प्रयोग गर्नले जुन प्रकारको रोगका लक्षणहरु उत्पन्न हुन्छ । उही औषधिले त्यस्तै प्रकारका लक्षण युक्त भएका रोगीलाई सुक्ष्म रूपमा सेवन गराउनले आरोग्य प्रदान गर्दछ । यस चिकित्सा विज्ञानको जन्मदाता डा. हैनिमैन एम.डी. (१७५५-१८४३) हुन् । सन १८०५ मा हैनिमैनले यस सिद्धान्तको खोज गरे र १८९० तिर यसलाई प्रतिपादित गरे । यो प्रकृतिक सिद्धान्त “समानताले समानताको उपचार” मा आधारित छ । चिकित्सा विज्ञानको रूपमा आज संसारको प्रत्येक मुलुकमा पुगिसकेको छ। विश्व स्वास्थ्य सगंठन (डब्लु.एच.ओ.) को एक सर्बेक्षण अनुसार एलोप्याथी पछि को दोश्रो चिकित्सा पद्धति होमियोप्याथी हो ।

[६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Tuomela, R (१९८७), "Chapter 4: Science, Protoscience, and Pseudoscience", Rational Changes in Science: Essays on Scientific Reasoning, Boston Studies in the Philosophy of Science 98, Springer, पृ: 83–101, आइएसबिएन 978-94-010-8181-8, डिओआई:10.1007/978-94-009-3779-6_4 
  2. Smith K (२०१२), "Homeopathy is Unscientific and Unethical", Bioethics 26 (9): 508–12, डिओआई:10.1111/j.1467-8519.2011.01956.x 
  3. Ladyman J (२०१३), "Chapter 3: Towards a Demarcation of Science from Pseudoscience", Philosophy of Pseudoscience: Reconsidering the Demarcation Problem, University of Chicago Press, पृ: 48–49, आइएसबिएन 978-0-226-05196-3, "Yet homeopathy is a paradigmatic example of pseudoscience. It is neither simply bad science nor science fraud, but rather profoundly departs from scientific method and theories while being described as scientific by some of its adherents (often sincerely)." 
  4. Science, Pseudoscience, and Not Science: How Do They Differ?, "Chapter 2: Science, Pseudoscience, and Not Science: How Do They Differ?", Healthcare and Biomedical Technology in the 21st Century (Springer), २०१४, पृ: 19–57, आइएसबिएन 978-1-4614-8540-7, डिओआई:10.1007/978-1-4614-8541-4_2, "within the traditional medical community it is considered to be quackery" 
  5. https://www.hamrodoctornews.com/detail/392
  6. https://www.kantipurdaily.com/health/2017/02/28/20170228165814.html