बेबिलोनिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हम्मुराबीको बेबिलोनिया, ईसापूर्व १७९२-१७५० (मध्य वंशावली)

बेबिलोनिया (अक्कादी भाषा: मात अक्कादी[१]) प्राचिन अक्कादी भाषा बोलिने दक्षिण मेसोपोटामियाको एक साँस्कृतिक क्षेत्र थियो । यसको राजधानी बेबिलोन हो जसको अर्थ भगवानको द्वार हो । अक्कादी साम्राज्य (ई.पू.२३३५-२१५४) मा बेबिलोन एक सानो शहर थियो । ईसापूर्व १८९४ मा अमोरी वंश (अमोराइट)को शासनमा बेबिलोन एउटा प्रशासकीय शहर बन्यो । त्यस्तै हम्मुराबीको शासनमा ईसापूर्वको १८ औँ शताब्दीमा यो शहर मुख्य राजधानी घोषित भयो । अन्य राज्य अस्सिरिया उत्तरमा र ईलम दक्षिणपूर्वमा अवस्थित थियो । यही ईसापूर्वको दोस्रो सहस्राब्दीमा यस क्षेत्रमा मानव सभ्यताको विकास भयो । कृषि, लेखन, आदिको स्थापना भएको थियो ।

स्रोतहरू[सम्पादन गर्नुहोस्]