सामग्रीमा जानुहोस्

अङ्क गणित

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पुणेमा राखिएको आर्यभटको प्रतिमा ४७६-५५०

अङ्क गणित (अङ्ग्रेजीमा Arithmetic) गणित का तीन ठूला शाखाहरू मध्य एउटा हो। अङ्कहरू तथा सङ्ख्याहरूको गणनासित सम्बन्धित गणितको शाखालाई अङ्कगणित भनिन्छ। यो गणितको मौलिक शाखा हो तथा यसैबाट गणितको प्रारम्भिक शिक्षा सुरु हुन्छ। प्रत्येक मनुष्यले आफ्नो दैनिक जीवनमा प्रायः अङ्कगणितको उपयोग गर्दछ। अङ्कगणित अन्तर्गत जोड, घटाउ, गुणा, भाग, भिन्न, दशमलव आदि प्रक्रियाहरू आउँछन्।

मनुष्य आरम्भ कालदेखि नै सामाजिक प्राणीको रूपमा रहि आएकोले र आफ्नो प्रारम्भिक कालमा कबीला बनाएर बस्दै आएको हो। जब कबीलाका सद्स्यहरूमा वृद्धि हुँदा उनीहरूको गन्ती गर्न अङ्कहरूको आवश्यकत पर्‍यो। अङ्क बनाउन मनुष्यका औंलाहरूलाई आधार बनाइयो। अङ्कहरूको इतिहासको विषयमा धेरै नै कम जानकारी प्राप्त छ। भनिन्छ कि कि ईसा पूर्व १८५०मा बेबीलोनका निवासी गणितको प्रारम्भिक प्रक्रियाहरूसित राम्रोसित परिचित थिए। भारतमा अङ्कगणितको ज्ञान अत्यन्त प्राचीनकालदेखि नै रही आएको हो तथा वेदहरूमा गणितीय प्रक्रियाहरू उल्लेख छ। शून्य पनि भारतको नै देन हो।

शून्यदेखि लिएर बनेका नौसम्मलाई बुझाउने चिह्न(सङ्केत)लाई अङ्क भनिन्छ। अङ्क नै गणितको मूल हो। दैनिक जीवनका अधिकांश कार्यहरूमा अङ्कहरूको प्रयोग हुन्छ।

एकभन्दा अधिक अङ्कहरूलाई एउटाको छेउमा अर्को राख्दा सङ्ख्या बन्छ। अङ्क केवल दसवटा हुछन् तर सङ्ख्याहरू अनन्त बन्छ।

अङ्कगणितका मूल प्रक्रियाहरू

[सम्पादन गर्नुहोस्]

अङ्कगणितका मुख्य चार मूल प्रक्रियाहरू हुन्छन्

  • जोड (योग) चिह्न (+)
  • घटाउ (ऋण) चिह्न (-)
  • गुणा चिह्न (×)
  • भाग चिह्न (÷)

जब कुनै सङ्ख्या या अङ्कमा एक वा एकभन्दा बडि सङ्ख्या वा अङ्कलाई मिलाईन्छ भने त्यसलाई जोड (योग) (Addition) भनिन्छ। जोडलाई + चिह्नले प्रदर्शित गरिन्छ।

उदाहरणः
१४ + ६ = २०

जोडने प्रक्रियाको विरुद्ध प्रक्रियालाई घटाउ वा घटाउने (Subtraction) भनिन्छ। जब कुनै सङ्ख्या या अङ्कबाट एक वा एकभन्दा बडि सङ्ख्या वा अङ्कलाई घटाइन्छ भने त्यसलाई घटाउ (ऋण) भनिन्छ। घटाउने - चिह्नले प्रदर्शित गरिन्छ।

उदाहरणः
१४ - ६ = ८

जब कुनै सङ्ख्या या अङ्कमा एक वा एकभन्दा बडि सङ्ख्या वा अङ्कलाई एक अथवा धेरै पल्ट जोडिन्छ त्यसलाई गुणा (Multiplication) भनिन्छ। गुणालाई x चिह्नले प्रदर्शित गरिन्छ।

उदाहरणः
२ x ४ = ८

गुणा गर्ने प्रक्रियाको विरुद्ध प्रक्रियालाई भाग (Division) भनिन्छ। जब कुनै सङ्ख्या या अङ्कबाट एक वा एकभन्दा बडि सङ्ख्या वा अङ्कलाई एक अथवा धेरै पल्ट घटाइन्छ त्यसलाई भाग भनिन्छ। भागलाई ÷ चिह्नले प्रदर्शित गरिन्छ।

उदाहरणः
४ / २ = २

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]