नेपालमा कृषि

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
धान रोप्दै नेपाली महिलाहरू

नेपालमा अर्थतन्त्रमा कृषिको प्रभुत्व रहेको छ। १९८० को आखिरी सम्म, ९०% भन्दा बढी जनसंख्याको जीविकाको माध्ययम थियो।, यद्यपी कुल जमिनको २०% क्षेत्र मात्र खेति योग्य थियो । यसबाट जीडीपी को ६०% र कुल निर्यात को करिब ७५% हिस्सा ओगटेको थियो । [१] पाँचौं पञ्चवर्षीय योजना (२०३२-२०३७) को तर्जुमा भएदेखि नै कृषि सबैभन्दा बढी प्राथमिकतामा रहेको छ किनभने आर्थिक वृद्धि विद्यमान बालीको उत्पादकत्व बृद्धि गर्ने र औद्योगिक कच्चा पदार्थको रूपमा प्रयोगका लागि कृषि आधारलाई विविधीकरण गर्ने दुवैमा निर्भर थियो।

विश्व बैङ्कका अनुसार नेपालमा बहुसंख्यकका लागि खाना, आय र रोजगारी को मुख्य स्रोत कृषि हो। [२] कुल गृहस्थ उत्पादन (GDP) मा कृषिको करिब ३३% योगदान रहेको छ। [३]

ईतिहास[सम्पादन गर्ने]

कृषि बालीहरूको उत्पादन मौसमी कारण तथा अन्य कारणहरूले व्यापक रूपमा उतार-चढाव आउने गरेको छ। २०३२ देखि २०४६ सम्म कृषि उत्पादन औसत वार्षिक २.४ प्रतिशतको दरले बढेको छ, तर यो जनसंख्या वृद्धिसँग तालमेल राख्दैन, जुन अवधिमा जनसंख्या वार्षिक रूपमा २.६% ले बढेको छ । यसबाहेक, खाद्यान्न उत्पादनको वार्षिक औसत वृद्धि दर समान अवधिमा १.२ प्रतिशत मात्र रह्यो।

धान/ चामल सबैभन्दा महत्त्वपूर्ण अन्न बाली हो। २०२५ सम्म कुल धान उत्पादन १० लाख टन को हाराहारी थियो; भने २०४५ मा ३० लाख भन्दा बढी उत्पादन भयो । वर्षामा हुने परिवर्तनको कारण, धानको उत्पादनमा उतारचढाव धेरै नै सामान्य थियो; यद्यपि नयाँ खेति प्रविधि र खेती गरिने जमिनमा बृद्धि भएपछि धानको उत्पादन बढेको छ। २०४५ सम्ममा झन्डै ३९ लाख हेक्टर जमिनमा धान खेती हुन्थ्यो। नेपालका धेरै व्यक्ति बाँच्नको लागि धानको खेतीमा आफ्नो निर्भर थिए। २०२५ मा लगभग ५ लाख टन मकै, दोस्रो प्रमुख खाद्यान्न बाली को उत्पादन भयो। २०४५ सम्ममा सम्ममा मकैको उत्पादन बढेर १० लाख टन भयो।

सिंचाई[सम्पादन गर्ने]

नेपालको २७ लाख हेक्टर जमिनमध्ये १३ लाख हेक्टर मा मात्र सिंचाई सुविधा छ। अधिकांश सिंचाई प्रणालीहरू साना र मध्यम-स्तरका छन् । [४]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

  • नेपालको अर्थव्यवस्था
  • नेपालमा माहुरीपालन यो मुख्य परम्परागत काम हो
  • नेपालमा फ्लेक्स उत्पादन
  • नेपालमा ओखर उत्पादन
  • नेपालमा चना

सन्दर्भ[सम्पादन गर्ने]

ढाँचा:Loc

  1. Savada, Andrea Matles (१९९१), "Nepal: A Country Study:Agriculture", Washington GPO for the Library of Congress, अन्तिम पहुँच सेप्टेम्बर ४, २००८ 
  2. "Nepal: Priorities for Agriculture and Rural Development", World Bank। 
  3. Framework for effectiveness and resilience of small and medium-scale irrigation systems in Nepal, Climate & Development Knowledge Network, 31 July 2017
  4. Framework for effectiveness and resilience of small and medium-scale irrigation systems in Nepal, Climate & Development Knowledge Network, 31 July 2017

बाह्य लिंकहरू[सम्पादन गर्ने]