सामग्रीमा जानुहोस्

नेपालको पञ्चवर्षीय योजना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालमा राजा महेन्द्रको समयमा वि.सं. २०१३ सालदेखि योजनाबद्ध विकासको सुरुवात भएको हो। १० अक्टोबर सन् १९५५ को शाही घोषणा अनुसार प्रथम पञ्चवर्षीय योजनाको तर्जुमा गर्न सुरु भएको हो। सन् १९५६ मा प्रथम पञ्च वर्षीय योजनाको दोश्रो स्वीकृत मस्यौदा प्रकाशित भयो।

यसभन्दा अघि मोहन शमशेरले पञ्चवर्षीय योजनाको सुरुवात गरेका भएपनि निरन्तरता पाएको थिएन।

नेपालमा हालसम्म लागू भएका पञ्चवर्षीय योजनाहरू:

सि नंHeader textअवधी
प्रथम पञ्च वर्षीय योजना२०१३-२०१८
दोस्रो त्रि-वर्षीय योजना२०१९-२०२२
तेस्रो पञ्चवर्षीय योजना२०२२-२०२७
चौथो पञ्चवर्षीय योजना२०२७-२०३२
पाँचौ पञ्चवर्षीय योजना२०३२-२०३७
छैठौं पञ्चवर्षीय योजना२०३७-२०४२
सातौँ पञ्चवर्षीय योजना२०४२-२०४७
आठौँ पञ्चवर्षीय योजना२०४९-२०५४
नवौँ पञ्चवर्षीय योजना२०५४-२०५९
१०दशौँ पञ्चवर्षीय योजना२०५९-२०६४
११एघारौँ त्रिवर्षीय योजना२०६४/६५-२०६६/२०६७
१२बार्हौ त्रिवर्षीय योजना२०६७-२०६९
१३ तेह्रौ त्रिवर्षीय योजना २०७०-२०७२
१४ चौधौँ त्रिवर्षीय योजना २०७३-२०७५
१५ पन्ध्रौँ पञ्चवर्षीय योजना २०७६-२०८०
१६सोर्हौ योजना२०८१-२०८६

प्रथम पञ्चवर्षीय योजना (२०१३-१८)

[सम्पादन गर्नुहोस्]

यस योजना अवधिमा ३३ करोड खर्च गर्ने लक्ष्य राखिए तापनी २१ करोड ४४ लाख मात्र (कुल रकमको ६५%) खर्च हुन सकेको देखिन्छ। यस योजनाले भावी योजना तयार गर्न नेपाललाई अनुभव दियो।

उद्देश्यहरू

[सम्पादन गर्नुहोस्]
  1. उत्पादन वृद्धि गर्ने र रोजगारीका अवसरहरू जुटाउने,
  2. सबै जनतालाई उनीहरूको जीवनस्तर बढाउन उचित अवसर प्रदान गर्ने,
  3. विकास कार्यक्रमहरू सफलतापूर्वक कार्यान्वयन गर्नका लागि संस्थाहरू स्थापना गर्ने
  4. भविष्यमा योजनाको निमित्त पूर्वाधार तयार गर्न आवश्यक आर्थिक सर्वेक्षणहरू गर्ने

दोश्रो त्रिवर्षीय योजना २०१९-२०२२

[सम्पादन गर्नुहोस्]

प्रथम पञ्च वर्षीय योजना २०१८ श्रावणमै समाप्त भएपनि योजनाको समीक्षा र भावी योजना तर्जुमा गर्दा गर्दै वि.सं. २०१८ साल योजनाबिहीन वर्षको रूपमा बित्यो।

यस योजनावधिमा ६० करोड खर्च गर्ने लक्ष्य राखिएकोमा ५९ करोड ६८ लाख (झण्डै ९९ प्रतिशत ) खर्च हुन गएको थियो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]