सप्तकोशी नदी
कोशी | |
सप्तकोशी (Saptakoshi) | |
River | |
नेपालमा सुख्खा याममा भोटेकोशी नदीको दृश्य
| |
देशहरू | चीन, नेपाल, भारत |
---|---|
राज्यहरू | सिगात्से, जनकपुर, |
क्षेत्रहरू | तिब्बत, पुर्वाञ्चल (नेपाल), उत्तर-केन्द्रीय (भारत) |
सहायक नदीहरू | |
- वायाँ | अरूण, तमोर |
- दायाँ | दुधकोशी, तामाकोशी, लिखू, इन्द्रावती, सुनकोशी |
सहरहरू | बिराटनगर,इटहरी, पूर्णिया, कटिहार |
श्रोत | सुनकोशी, अरुण र तमोरबाट सप्तकोशी |
- स्थान | त्रिबेणीघाट, नेपाल |
- निर्देशांक | २६°५४′४७″उ॰ ८७°०९′२५″पू॰ / २६.९१३०६°N ८७.१५६९४°E |
मुख | गङ्गा |
- स्थान | कुर्सेला नजिक, बिहार, भारत |
- निर्देशांक | २५°२४′४३″उ॰ ८७°१५′३२″पू॰ / २५.४११९४°N ८७.२५८८९°E |
लम्बाई | ७२० किमी (४४७ मी) |
सिँचित क्षेत्र | ६१,००० किमी२ (२३,५५२ वर्ग मिटर) |
निर्वहन | |
- औषत | ६,९८१ मी३/से (२४६,५३२ क्यु फिट/से) |
सप्तकोशी नदी चीनको हृवाङहो नदी पछि तिब्र गतिमा बग्ने बिश्वको दोस्रो ठूलो नदी हो । कोशी नदी नेपालको सबैभन्दा ठूलो नदी हो। यसका सहायक नदीहरूमा अरूण, तमोर, सुनकोशी, भोटेकोशी, लिखु, तामाकोशी, इन्द्रावती पर्दछन।
सात वटा मुख्य सहायक नदी मिलेर बनेको हुनाले यसलाई सप्तकोशी पनि भनिन्छ। हिमालयबाट उत्पत्ति भएका यी सहायक नदीहरू महाभारत पर्वत श्रेणीको तल्लो भागमा सम्मिश्रित भई सप्तकोशीको रूपमा सुनसरी जिल्लाको चतरा गल्छीबाट तराईको समथर क्षेत्रमा प्रवेश गर्दछ। नेपालको लौकही र हनुमाननगर गाविसको बीचमा बनेको कोशी बाँध पार गरेर यो नदी भारत प्रवेश गर्दछ र भारतको विहार राज्यको कर्सेला घाटमा गंगा नदीमा मिल्दछ। वर्षायाममा बाढी आउँदा आसपासका क्षेत्रमा डुबान पार्ने भएकाले यसलाई "विहारको दुःख" पनि भन्ने गरिन्छ।
नदीको प्रभाव[सम्पादन गर्ने]
आफ्नो भौगोलिक स्वरूपमा यो नदीले पछिल्ला २५० वर्षहरूमा १२० किमीको क्षेत्र विस्तार गरिसकेको छ। हिमालयका अग्ला पहाडहरूबाट विभिन्न प्रकारले बालुवा, कंकड-पत्थर आदी बगाएर लैजाने भएकोले नदीको क्षेत्र फैलदै गइरहेको छ। यो नदीले उत्तरी बिहारका मैदानी क्षेत्रहरूलाई सिंचित पारेर उब्जाउ बनाउँछ। नेपाल र भारत दुबै देश मिलेर यो नदीमा कोशी बाँध निर्माण गरिएको छ। त्यसैगरी कोशीको बहाब नियन्त्रण गर्ने विद्यूत उत्पादन गर्ने तथा जल यातायात सञ्चालन गर्ने उद्देश्यले कोशी उच्च बाँध निर्माण गर्ने अध्ययन सुरु भएको छ। पर्यावरणविदहरूका अनुसार यसरी बाँध निर्माण गर्नु चुनौतीपुर्ण हुन सक्छ। यो नदीको बहाव यति तेज छकी र यसको साथमा बगेर आउने पत्थरहरूले बाँधलाई पनि तोड्न सक्छ र यसले झनै ठुलो जोखिम निम्त्याउन सक्छ।
सहायक नदीहरू[सम्पादन गर्ने]
पूलहरू[सम्पादन गर्ने]
बाँधहरू[सम्पादन गर्ने]
विद्यूत आयोजना हरू[सम्पादन गर्ने]
सन्दर्भ सामग्री[सम्पादन गर्ने]