बलभद्र कुँवर
श्री कप्तान बलभद्र कुँवर | |
---|---|
![]() बलभद्र कुँवरको तस्बिर | |
व्यक्तिगत विवरण | |
जन्म | भँवरकोट, काभ्रे जिल्ला |
मृत्यु | सन् १८२२ नौशेरा, पेशावर, पञ्जाब, वर्तमान् पाकिस्तान |
नाता | मामा रणजोर थापा |
सैनिक सेवा | |
Nickname(s) | बलबडर (Balbudder) अङ्ग्रेजी उपनाम |
Allegiance | ![]() |
Rank | कप्तान |
Battles/wars | नेपाल अंग्रेज युद्ध, नालापानीको युद्ध |
बलभद्र कुँवर (१७?? - १८२२) एक बहादुर नेपाली स्वतन्त्रता सेनानी एवम् नेपाली सेनाका कप्तान थिए । १८१४ से १८१६ को बीचमा चलेको गोरखा युद्ध को पछि उनी प्रसिद्ध हुन पुगेका थिए । उनी नेपालका एक राष्ट्रिय विभूति हुन् ।
परिवार[सम्पादन गर्ने]
उनको जन्म सुब्बा चन्द्रवीर कुँवर र अम्बिका देवीका कान्छा छोराको रुपमा भयो । उनको बुवापट्टिका हजुरबुवा सरदार जयकृष्ण कुँवर हुन् र मावली हजुरबुवा अमरसिंह थापा हुन् । त्यसैले काजी रणजोर थापा उनका मामा हुन् । [१]
जीवन[सम्पादन गर्ने]
उनी रोयल नेपाली सेना (गोरखाली सेना) का एक क्याप्टेन थिए र १८१४ मा देहेरादुन को बाहिर नालापानीको युद्ध मा गोरखाली सेनाका नेतृत्व गर्दै लडेका थिए।[२] यिनले नेपाल ब्रिटिस युद्धमा नालापानीमा नालापानीको रक्षाको निमित्त नेपालको तर्फबाट करिब ६०० जनाको नेतृत्व गर्दै वीर बलभद्र खटिएका थिए । नेपाली फौजको तुलनामा लगभग ८ गुणा शक्तिशाली सैनिकको नेतृत्व गरेर आएका अंग्रेज सेनापती जिलेस्पी तथा अन्य धेरै सिपाहिहरु नेपालिको हातबाट मारिए । यस युद्धमा अङ्ग्रेज फौजको ठूलो क्षति भएको थियो। यस युद्धमा नेपालीहरूको हार भएपनि नेपाली विरताको कदर गर्दै हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोरखालिहरुको स्मृतिमा सम्मानोपहार भन्ने शिलालेख स्थापित गरि प्रत्येक शवलाई दोसल्ला ओढाई सम्मान गरे ।
मृत्यु[सम्पादन गर्ने]
यिनको मृत्यु पञ्जाबी राजा रणजीत सिंहको लागि पेशावर, पञ्जाबमा लड्दा अफ्गानी फौजको तोपले भएको थियो। बलभद्र कुँवर नेपालका राष्ट्रिय विभूति हुन्।[२]
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
|