सामग्रीमा जानुहोस्

पासाङ ल्हामु शेर्पा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(पासाङ ह्लामु शेर्पाबाट अनुप्रेषित)
པ་སངས་ལྷ་མོ།
पासाङ ल्हामु शेर्पा
व्यक्तिगत विवरण
प्रमुख क्षेत्रपर्वतारोही
जन्मवि. सं. २०१७ मङ्सिर २५
लुक्ला, सोलुखुम्बु, नेपाल
मृत्युवि. सं. २०५० बैशाख १० (३२ वर्ष)
सगरमाथा, नेपाल
नागरिकतानेपाली
करियर
सुरुको उमेर१५ वर्ष
सुरुको क्षेत्रपर्वतारोही, पथप्रदर्शक
उल्लेखनिय आरोहणपहिलो नेपाली महिला सगरमाथा आरोही −२०५०
परिवार
जीवन साथीसोनाम छिरिङ शेर्पा []
सन्तान२ छोरीहरू(दावा फुटी र डिक्की) र १ छोरा(नाम्गेल)

पासाङ ल्हामु शेर्पा वा पासाङ ल्हमो शरपा ( शेर्पा: པ་སངས་ལྷ་མོ་ཤར་པ། ), सर्वोच्च शिखर सगरमाथा चढ्ने प्रथम नेपाली महिला हुन्। उनले २०५० साल बैशाख १० गते सगरमाथाको सफल आरोहण गरेकी थिईन्। त्यो भन्दा पहिले उनको सगरमाथा चढ्ने प्रयास तीन पटक सम्मको असफल भएको थियो। उनले सगरमाथाको दक्षिणी मोहडाबाट आरोहण गरेकी थिईन्। सगरमाथाको शिखरबाट श्रीमान् सोनाम छिरिङसँग फर्कदै गर्दा उनको मृत्यु भयो।

सगरमाथा चढ्नु भन्दा पहिले उनले मोन्ट ब्लाङ्क, चो यू तथा अन्य हिमालहरू चढिसकेकी थिईन्। उनको जन्म सोलुखुम्बु जिल्लाको चौरीखर्क, लुक्ला सुर्के-४मा २०१७ साल मंसिरमा भएको थियो। पिता फूर्वा कितार शेर्पासग १४ वर्षको कलिलो उमेरदेखि नै सानो कुम्लो बोकेर हिँड्न थालेकी थिइन्। दुई दाजु, दुई भाइकी एकमात्र चेली पासाङ सन् १९७९मा पूर्णरूपमा ट्रेकिङ पेशामा लागेकि हुन्। सन् १९९० र त्यसपछि लगातार दुई वर्ष सगरमाथा आरोहण गर्ने जमर्को असफल भइन।

पासाङ ल्हामुको सहासको सम्मान गर्दै नेपाल सरकारले उनलाई नेपालको राष्ट्रिय बिभूती घोषित गरेको छ। सरकारले २०५९ साल वैशाख १० गते शेर्पालाई राष्ट्रिय विभूति घोषणा गरेको हो। उनको मृत्युपछि नेपाल सरकारले नेपाल तारा अलंकारले पुरष्कृत गर्‍यो। यसका साथै उनको पूर्ण कदको शालिक र उनको फोटो सहितको हुलाक टिकट पनि प्रकाशित भएको छ। उनको नाममा पासाङ ल्हामु पर्वतारोहण फाउण्डेसन पनि सञ्चालित छ।

२०५० साल वैशाख १० गते दिउँसो २.१५ बजे सगरमाथाको चुचुरोमा नेपालको झण्डा गाडी सगरमाथा आरोहण गर्ने विश्वकी सत्रौँ र नेपालकी प्रथम महिला हुन पुगिन। आरोहणपछि फर्कने क्रममा पासाङको निधन भयो। मृत्यु पश्चात् पासाङलाई 'सुप्रदिप्त मान्यवर नेपाल तारा'को विभूषण मिल्यो। उनको तस्वीर अङ्कित हुलाक टिकट प्रचलनमा ल्याइयो। पूर्वी नेपालको नाम्चे गाउँ विकास समिति अन्तर्गत रहेको ७ हजार ३ सय ५१ मिटर अग्लो 'जासम्बा' नामको चुचुरोलाई 'पासाङ ल्हामु चुली' नामकरण पनि गरियो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]