अलंकार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
  • आभुषण, गहना
  • राग गायन /बजानमा प्रयोग हुने स्वरको विभिन्न संयोजन

शास्त्रीय गायन तथा वादन क्षेत्र मे विद्यार्थी हरूलाई सर्वप्रथम अलंकारको अभ्यास गराईन्छ। संगीत रत्नाकर का अनुसार-" विशिष्ट-वर्ण-सन्दर्भमलंकार प्रचक्षते" अर्थात, नियमित वर्ण समूहलाई अलंकार भनिन्छ । सरल शब्दमा भन्नु पर्दा, स्वरहरूको नियमानुसार 'चलन'लाई अलंकार भनिन्छ। अलंकारलाई कतै कतै " पलटा" पनि भनिन्छ । वाद्य बादन का विद्यार्थी हरूलाई अलंकार अभ्यासले वाद्य बादनमा पकड (विभिन्न प्रकारले औठा चलाउने योग्यता) विकास गर्छ भने गायन क्षेत्र कालाई नियमित अभ्यासले कण्ठ मार्जनमा विशेष सहायता पुर्याउछ।

अलंकारमा धे‍रै 'कडि' हुन्छ जुन एक आपसमा जोडिएका हुन्छन् । अलंकारको ‍रचना मा- प्रत्येक अलंकारमा मध्य सप्तकको { सा} देखि तार सप्तकको {सां } सम्म आरोही वर्ण हुन्छ- "सारेग,रेगम,गमप,मपध,पधनी,धनीसां" |अनि तार सप्तकको {सां} देखि मध्य सप्तकको { सा} सम्म अवरोह वर्ण हुन्छ- "सांनिध,निधप,धपम,पमग,मगरे,गरेसा" ।

चार स्वरको अलंकारमा आरोही व अवरोही वर्ण निम्नानुसार हुन्छ|

आरोह -सारेगम,रेगमप,गमपध,मपधनि,पधनिसां । अवरोह -सांनिधप,निधपम,धपमग,पमगरे,मगरेसा ।